योग र मुटुको सम्बन्ध
प्राचीन भारतीय सभ्यताबाट शुरु भएको योग (Yoga) संस्कृत शब्द हो, यसको मतलब एक आपसमा जोड्नु (To Join Together) हो । यसका विभिन्न विधाहरु मध्ये शारीरिक आसनहरु (Asana), श्वासप्रश्वासको अभ्यास (Pranayana) र ध्यान (Meditation) हाम्रो स्वास्थ्यमा विभिन्न सकरात्मक फाइदाहरु देखाएको छ। जस्तैः मुटुलाई स्वास्थ्य राख्ने, मानसिक सन्तुलन राख्ने, उर्जा पैदा गर्ने, हड्डी र मांशपेशीलाई मजदुत राख्ने र शरिरमा लचकता पैदा गर्ने हुन्छ।
विभिन्न खोज र अनुसन्धानले देखाए अनुसार Mind र Body pactice ले मुटुलाई स्वस्थ बनाउनुको साथै रक्तचाप नियन्त्रण गर्ने, मधुमेह हुनबाट रोक्ने, तनाव कम गर्ने र शारीरिक तौललाई नियन्त्रणमा राखेर मुटु रोगका कारक तत्वलाई कम गर्ने र मुटुलाई स्वस्थ राख्ने प्रमाणित गरेको छ। यसको अतिरिक्त विभिन्न मुटुरोग भएका बिरामीहरूको कार्यक्षमता बढाउने, शरीरलाई सक्रिय राख्ने र मानसिक तनाव कम गर्ने मदत गर्दछ । यद्यपि गम्भीर मुटु रोग लागेका बिरामीले अलि शरीरलाई भार पर्ने (Power Yoga) अभ्यास गर्दा ध्यान पुर्याउनु पर्दछ।
योगले मुटुलाई हुने फाइदाहरु
१. रक्तचाप नियन्त्रण गर्ने ।
२. मुटुको चाललाई नियन्त्रण गर्ने, अनियमित र अनियन्त्रित चाल हुनु बाट रोक्ने जस्तैः अभ्यासले मुटुको समस्या कम हुने।
३. मानसिक तनाव कम गर्ने र मीठो निन्द्रा लगाउने ।
४. हानिकारक कोलेस्टेरोललाई नियन्त्रणमा राख्ने।
५. मुटु रोगको कार्यक्षमता बढाउने र शरीरलाई सक्रिय बनाउने ।
६. रक्त प्रवाह सहज बनाउने र मांसपेशी लाई मजबुत राख्ने।
७. पाचन प्रक्रियामा सहज बनाउने। ८. मधुमेहको समस्या कम गर्ने
[हाल डा. ढुंगाना नोबेल मेडिकल कलेज बिराटनगरमा कार्यरत हुनुहुन्छ।]