10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

HNN Staff by HNN Staff
July 12, 2022
in Articles
Reading Time: 3 mins read
A A
0
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

660
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

Dr Puneshwar Keshari Ayurveda Physician
✍️ डा. पुनेश्वर केशरी,
आयुर्वेद चिकित्सक (द्रव्यगुणविज्ञ)
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग,
टेकु, काठमाण्डौ

मसला भन्नाले वनस्पति स्रोत बाट प्राप्त हुन्छन् । साना – साना क्षुप देखि ठूला रुखहरु मसलाका स्रोत हुन् । विभिन्न वनस्पतिहरुको सुकेको बीउ, फल, बोक्रा, पात, गानो, निर्यास वा पुष्प वा कोपिला बाट प्राप्त हुने भाग हो, जसको प्रयोग ताजा खाना वा अन्य खाद्यपदार्थमा रंग, वास्ना, स्वाद वा प्रिजरभेटिभको उद्देश्यले मिसाइन्छ । नेपाली भान्साको एक अभिन्न अंग हो मसला । नेपाली खानाको विशिष्टता र स्वादमा यीनै मसलाहरुको ठूलो भूमिका छ । नेपाली भान्सामा मसलाहरुको प्रयोग परापूर्वकालदेखि हुदैँ आएको छ ।

नेपालमा मात्र नभएर दक्षिण एसिया कै भान्साको विशेषताको रुपमा प्रयोग हुने प्रमुख मसलाहरु मध्ये धनियाँ, लसून, अदुवा, बेसार, जीरा, मरिच, पिप्ला, ल्वाँङ्ग, तेजपात, सुकमेल, अलैची, दालचिनी, टिमूर, मेथी, ज्वानो, मंगरैलो, सौफ आदि हुन् । यी मसलाहरु खाद्यपदार्थमा स्वाद बढाउने मात्र होइन यिनीहरुको औषधिय महत्व पनि ठूलो छ । यिनीहरुमध्ये कतिपय मसलाहरु विभिन्न अनुसन्धानहरुमा जीवाणुप्रतिरोधि, विषाणुप्रतिरोधि, परजीवीनाशक सिद्ध भएका छन् ।

यिनीहरुले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुको साथै कतिपय रोगहरुमा प्रभावकारी चिकित्साको रुपमा पनि प्रयोग हुदैँ आएको छ । मसला जन्य यस्ता वनस्पतिहरु आयुर्वेद लगायत अन्य वैकल्पिक तथा परम्परागत चिकित्सामा पनि औषधिको रुपमा प्रयोग हुन्छन् । साथै यी मसलाहरु बाट सारतत्व वा एक्सट्रयाक्ट निकालेर आधुनिक चिकित्सा पद्घतिमा प्रयोग हुनुका साथै यिनीहरुबाट सुगन्धित तेल निकालेर सौन्दर्य प्रसाधनमा पनि प्रयोग गरिन्छ ।

कतिपय मसलाजन्य पदार्थहरुको बढि मात्रामा प्रयोगले दुष्प्रभाव पनि निम्त्याउन सक्दछ् तसर्थ मसलाहरुको औषधिय प्रयोगमा विचार पुर्याउन पर्दछ । यिनीहरुको मात्रा, वातादि दोषको अवस्था, प्रयोग गर्न नहुने अवस्था तथा केहि एलोप्याथिक औषधिहरुसंग यिनीहरुको प्रतिक्रिया भई त्यस्ता औषधिहरुको प्रभावलाई घटाउने वा बढाउने वा कहिलेकाही हुने दुष्प्रभावलाई पनि विचार गरी प्रयोग गर्नुपर्दछ । हामी यहाँ केहि मसला र यिनीहरुको औषधिय महत्व, प्रयोग गर्न नहुने अवस्था, शरीरमा रोग संग लड्ने क्षमता बढाउने अर्थात मसलाहरुको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि क्रिया बारे वर्णन गर्न खोजिएको छ ।

१. बेसार:

बेसार वा हलेदो नेपाली भान्साको एउटा अभिन्न अंग हो । यसले खानेकुरालाई रङ्ग प्रदान गर्दछ । यसको वैज्ञानिक नाम करक्यूमा लौंगा हो । यसमा रहेको मुख्य तत्व करक्यूमिन हो । आयुर्वेदमा यसको प्रयोग वण्र्य (शरीरको वा मुहारको रंग सुन्दर बनाउने) त्वचा रोगमा लाभकारी, मधुमेहनाशक, व्रणहर (घाउ, खटिरा निको पार्ने) विषघ्न, कृमिनाशक, रुचिकारक, शितपित्तहर (antiurticaria) आदिको रुपमा हुन्छ । आधुनिक अध्ययन अनुसन्धान अनुसार यसको प्रयोग Antiallergic, immunostimulant, anticancer, antihyperlipidemic, antioxidant , antimicrobial आदिको रुपमा गर्न सकिने देखाएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गर्दछ । एक अध्ययन अनुसार हलेदोको गानोको उष्ण जलीय सार तत्वमा पाइएको यूकोनान ए.डी. भन्ने पोलिसेकेराइड तत्वले रेटिकुलोइन्डोथेलियल प्रणालीलाई उत्तेजित गरि लिम्फोसाईटहरुको वृद्धि गर्दछ र यसले इम्यूनोग्लोबुलिन जी लाई समेत बढाइएको पाइयो ।

 

बेसारको प्रयोग र मात्रा: अहिले कोरोनाको महामारीको अवस्थामा यसको प्रयोग रोगप्रतिरोधात्मक क्षमता बढाउन तथा एलर्जिक अवस्थाको लागि गर्न सकिन्छ । बेसारको अहिले अवस्थामा नियमित प्रयोग गोल्डेन मिल्कको रुपमा एक ग्लास मनतातो दूधमा २ देखि ४ ग्राम बेसार हालेर बिहान बेलुका प्रयोग गर्न सकिन्छ ।

एलोपैथिक औषधिहरु संग बेसारको अन्तर्क्रिया: एक अध्ययन अनुसार बेसारको प्रयोग Warrafin प्रयोग गरिरहेको विरामीमा लामो समयसम्म गर्दा INR (international normalized ratio) १० भन्दा बढि पाइयो, जसले गर्दा रक्तस्राव हुने सम्भावना बढि हुनेहन्छ । तसर्थ यस्ता किसिमका औषधि खाने व्यक्तिमा बेसारको लामो समयसम्म औषधिय प्रयोग गर्दा विचार पुर्याउनु पर्दछ ।

बेसारको शुद्धता: बेसारको प्रयोग गर्दा यसको शुद्धतामा पनि विचार पुर्याउनु पर्दछ । हलेदोको गानोलाई शुद्ध गरि सुकाई यसको धूलो प्रयोग गर्न सके राम्रो, होइन भने शुद्ध बेसारको पाउडर किनेर प्रयोग गर्दा यसको शुद्धता जाँच गर्नुपर्दछ । बेसारमा प्राय पिठो, चकको धुलो जस्ता पदार्थ मिसाइएको हुनसक्छ । शुद्ध बेसारलाई मनतातो पानीमा घोल्दा राम्ररी घुल्दछ तर यसमा पिठो वा चकको धुलो मिसाइएको छ भने पानीमा घोलेर केहिबेर स्थिर गरी राख्दा भाँडोको पिधँमा थिग्रिन्छ । त्यसै गरि रसायनिक पहेलो रंग मिसाइएको छ भने हाइड्रोक्लोरिक एसिड संग घोल्दा बढी Effervescent देखिन्छ ।

Spices for medicinal uses
Spices for medicinal uses

२. अदुवा:

अदुवाको वैज्ञानिक नाम जिन्जिवर ओफिसिनाली हो । यो ताजा र सुकेको गरी दुवै अवस्थामा प्रयोग हुन्छ । सुकेको अदुवालाई शूँठो भनिन्छ । अदुवा विभिन्न किसिमको परिकारमा राख्ने गरिन्छ साथै चियामा पनि विशिष्ट स्वादकोलागि राखिन्छ । शूँठो लघु, स्न्ग्धि, मधुरपाकी हुन्छ र यसको प्रयोग श्वास, शोथ, ह्रदयरोग, श्लीपद, उदर रोग, शूल, आमवातनाशक, रुचिकारक र अर्श रोगमा लाभकारी हुन्छ भने अदुवा मलभेदक, गुरुपाकी, तीक्ष्ण, उष्ण वीर्य हुन्छ तर रक्तज अर्शमा प्रयोग गर्नु हुदैन ।

भोजन अधि सिधेँ नूनसंग अदुवाको प्रयोगले भोजनमा रुचि बढाउने, अग्निदीपक, जिह्वा र कण्ठ शुद्धि गर्ने हुन्छ । औषधिय प्रयोगमा अदुवा भन्दा शूँठो राम्रो र सौम्य मानिन्छ । अदुवा वा शूँठो विभिन्न किसिमका आयुर्वेद औषधिहरुको मुख्य घटकको रुपमा पनि प्रयोग गरिन्छ । प्रसिद्ध त्रिकटु चूर्णमा पिप्ला, मरिच संगै शूँठो पनि हुन्छ । त्रिकटु चूर्ण रुघा, खोकी, दम आदिको साथै आमपाचनको प्रमुख औषधि हो ।

अदुवाको प्रयोग एण्टिइन्फ्लामेटी्र, एण्टिमाइक्रोबियल (जीवाणुप्रतिरोधि), एण्टिकगुलेन्ट(रगत जम्न नदिने) आदिको रुपमा प्रयोग हुन्छ, साथै एण्टिट्यूमर अर्थात अर्बुदनाशक औषधिको रुपमा पनि सिद्ध भएको छ । अदुवा एण्टिअक्सिडेण्ट र इम्यूनोमोडुलेटर र इम्यूनो इन्ह्यान्सरको रुपमा कार्य गर्दछ । मूसामा गरिएको एक अध्ययन अनुसार यसको अल्कोहोलिक एक्सट्रेक्टले म्याक्रोफेजको क्रियालाई बढाउँछ साथै ह्यूमोरल इम्यूनिटि पनि बढाइएको पाइयो । एक अर्को अध्ययन अनुसार चियामा अश्वगन्धा, जेठीमधु, तुलसी र सुकमेल संगै अदुवा मिसाएर प्रयोग गर्दा यसले नेचुरल किलर सेलहरु बढाइएको पाइयो । तसर्थ कोरोना कालमा यसको चियाको सेवन राम्रो हुन्छ तर कुनै पनि औषधिय प्रयोग गर्दा यसको उचित मात्रामा प्रयोग गर्नु पर्दछ ।

ताजा अदुवा प्रयोग गर्न नहुने अवस्थाहरु: आयुर्वेद मतानुसार ताजा अदुवा कुष्ठ (त्वचा रोगहरु), पाण्डु (रक्त अल्पता), मूत्रकृच्छ (पिसाब पोल्ने वा पिसाब फेर्दा दुख्ने जस्ता पिसाब सम्बन्धि रोगहरु), रक्तपित्त (bleeding disorders), व्रण (घाउ वा अल्सर), ज्वर, दाह (burning sensation)   रोगमा ताजा अदुवाको प्रयोग गर्नु हुदैन । त्यसै गरि ग्रीष्म र शरद् ऋतुमा ताजा अदुवाको प्रयोग गर्नु हुदैन । यसको तीक्ष्ण र उष्ण गुण, कटु रसको कारणले यस्तो हुनसक्छ ।

अदुवाको एलोपैथि औषधिहरुसंगको अन्तक्रिया: अदुवाको औषधिय प्रयोग गर्दा केहि एलोप्याथि औषधि जस्तै Warafin, Aspirin, आदि औषधिहरु प्रयोग गरिेरहेको व्यक्तिमा गर्नु राम्रो हुदैन किनभने अदुवाको Anticoagulant effect हुनाले यसले ती औषधिहरुको क्रिया लाई बढाइदिन्छ र रक्तश्राव हुने सम्भावना हुन्छ । त्यसै गरि उच्च रक्तचापको औषधिहरुको क्रियालाई बढाउन सक्दछ् ।

अदुवा वा शूँठोको औषधिय मात्रा ः स्वरस ः ३ देखि १० मि. ली. ।
चूर्ण ः ७५० मि. ग्रा. देखि १.५ ग्राम सम्म ।

शूण्ठी जलको प्रयोग ः आमपाचनको लागि शूण्ठी जलको प्रयोग उत्तम मानिन्छ तसर्थः कोभिड १९ को नवज्वरको अवस्थामा र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न १ ग्राम शूँठो १ लीटर पानीमा १० देखि १५ मिनटसम्म उमालेर मनतातो अवस्थामा वा सेलाएर पिउन सकिन्छ ।
चियामा अदुवाको प्रयोग ः दैनिक रुपमा प्रयोग गरिने चियामा अदुवाको प्रयोग गर्न सकिन्छ । एक कपमा ५०० मि.ग्रा. सम्म ।

http://4.188.83.218/static/3592.jpghealth/amla-gooseberry-importance/

३. धनियाँ:

धनियाको प्रयोग सब्जी, तरकारी आदिमा सधै प्रयोग गरिन्छ । यसको वैज्ञानिक नाम कोरियन्ड्रम स्याटिभम् हो । यसको हरियो पात, पुष्प, तथा सुकेको फल, बीउ, प्रयोग हुन्छ । यसमा उडनशील तेल तथा फिक्स्ड आयल हुन्छ । कोरियन्ड्र्रल र कोरियन्ड्रील एसिटेट यसको मुख्य घटक हो । आयुर्वेदमा यसको प्रयोग दीपन, पाचन, मूत्रले (पिसाब बढाउने), ज्वरनाशक, ग्राही (मल बाँध्ने(, तृष्णाहर (प्यास मेटाउने), दाहहर (जीउ पोल्न कमगर्ने), श्वासहर (दम कमगर्ने), छर्दिनिग्रहण (वान्ता रोक्नृ) आदि अवस्थामा गरिन्छ । त्यसै गरि यसको प्रयोग एण्टिअक्सिडेण्ट, एण्टिमाइक्रोबियल, एण्टिहेल्मीन्थिक (पेटको जुका मार्ने), डाइयूरेटिक(पिसाबको मात्रा बढाउने) आदिको रुपमा हुन्छ, साथै मधुमेह, दन्तशूल, कामला आदिमा पनि प्रयोग गरिन्छ । धनियाँको अल्कोहोलिक एक्स्ट्रेक्टले एक अध्ययनमा श्वेत रक्तकोष बढाएको, म्याक्रोफेजको फ्यागोसाइटिकक्रिया बढाएको पाइयो । जसले यसको रोग प्रतिरोधि क्षमता उजागर गर्दछ ।

धनियाँको औषधिय मात्रा ः ५०० मि.ग्रा. देखि ४ ग्राम चूर्ण

  • जीर्ण प्रतिश्यायमा यसको फाण्ट अर्थात चिया जस्तो पकाएर खान सकिन्छ ।
  • ज्वरको अवस्थामा हुने दाहमा धनियाँ रातभरि पानीमा भिजाएर बिहान छानेर पिउन सकिन्छ ।

अहित प्रभाव ः अत्यधिक मात्रामा प्रयोगले कामशक्तिमा ह्रास र महिलाहरुमा महिनावारी गडबडी हुनसक्छ ।

४. मरिच:

पाइपर निग्रम भन्ने लहरा प्रजातिको सुकेको फल मरिचको रुपमा प्रयोग हुन्छ । यो पिरो स्वादको हुन्छ । मसलामा प्रयोग गरिनुको साथै यसलाई चियामा पनि राखेर प्रयोग गरिन्छ । यसको प्रयोग खाना पचाउने, दम, ज्वर, खोकी आदि रोगहरुमा औषधिको रुपमा गरिन्छ । यसमा पाइपरिन नामक क्रियाशिल तत्व तथा उडनशील तेल पाइन्छ । त्रिकटुमा यसको प्रयोगले बायोएभिलिविलिटी बढाउँछ । एक अध्ययन अनुसार यसले स्प्लीनबाट उत्पादन हुने लिम्फोसाइटहरुलाई बढाउने, टी लिम्फोसाइटको हेल्पर सेलहरुलाई बढाउने कार्य पनि गर्दछ । यसले नेचुरल किलर सेलहरुको साइटोटक्सीक एक्टिभिटिलाई पनि बढाउँछ तसर्थ यसले इम्यूनोमोडुलेटरको रुपमा कार्य गर्दछ ।

मरिचको औषधिय प्रयोग मात्रा ः चूर्ण ः २५० मि.ग्रा देखि ५०० मि.ग्रा ।

  • खोकी लागेमा मह र घ्यूसंग मरिचको प्रयोग ।
  • पुरानो रुघाको अवस्थामा गुड र दहीसंग मरिचको प्रयोग ।
  • ज्वरको अवस्थामा मरिचको प्रयोग मह संग ।
  • चियामा मरिचको प्रयोग गर्नु राम्रो हुन्छ ।

मरिचको अतिमात्रामा प्रयोगले हुने अहितप्रभाव: उदरशूल, वमन, गुमार्ग र मूत्रमार्गमा दाह, उदर्द आदि ।

भरिचको एलोपैथि औषधिहरुसंगको अन्तक्रिया: मरिचमा पाइने Piperine को एलोपैथिक औषधिहरुसंगको अन्तक्रिया बारे खास अध्ययन नभएतापनि केहि सामान्य अध्ययनहरुले Carbamazepine, Diclofenac, Phenytoin, Ketoconazole जस्ता औषधिहरुको क्रियालाई बढाएको पाइएको छ ।

Ayurveda options
Ayurveda options

५. ज्वानो:

यसको नाम Trachyspermum ammi हो । यसको प्रयोगले खाना पाचन हुने , खानामा रुचि बढ्ने, पेट दुखाई कम हुने, वाकवाकी वा वान्तामा उपयोगी, पेटको जुका मार्ने, दीपन कर्म, विषहर, उदर रोगमा उपयोगी, श्वासहर, कफहर, गर्भाशय संशोधनी । यसको प्रयोग एन्टिसेप्टिक, एन्टिफन्गल, इन्सेक्टिसाईड, एन्टिहेल्मिन्थिक, एन्टिहाईपरलिपिडेमिक, एन्टिस्पास्मोडिक को रुपमा गरिने आधुनिक अध्ययनहरुले पुष्टि गरेको छ । यसको जरा मूत्रल हुन्छ ।

अहित प्रभाव ः शुक्रनाश ।
ज्वानो को औषधिय प्रयोग मात्रा ः
चूर्ण ः एक देखि तीन ग्रा ।
तैल ः एक देखि तीन थोपा ,
सत्व ः तीस देखि एकसयबीस मि. ग्रा.
अर्क ः बीस देखि चालीस मि.लि.
यसको क्वाथ बनाउनु हुदैन किनभने यसको उडनशील तैल उडेर जान्छ ।

http://4.188.83.218/static/3592.jpghealth/tulasi-basil-importance/

६. दालचिनि:

दालचीनीको वैज्ञानिक नाम Cinnamomum zeylanicum हो । नेपालमा प्रायः यो भारत, चीन, श्रीलंकाबाट आयात गरिन्छ । देश भेदले दालचीनी तीन किसिमका हुन्छन् ः चाइनिज जसलाई कैशिया सिनेमन भनिन्छ , जसको बोक्र्रा मोटो हुन्छ । दोस्रो श्रीलंकाबाट आयात हुने प्रजाति लाई सिंहाली दालचीनी भनिन्छ , जुन अलिक पातलो हुन्छ र पहिलो प्रजाति भन्दा बढी गुलियो तर कम तीक्ष्ण हुन्छन् ।

प्रसिद्ध ग्रन्थ भावप्रकाश निघण्टुले वर्णन गरेको दारुसिता यही प्रजाति हो । भावप्रकाश निघण्टुमा यसको पर्याय तनुत्वक् र स्वादुत्वक् उल्लेख गरिएको छ । तसर्थ आयुर्वेदमा औषधिय प्रयोगमा उल्लेखित दालचिनीको रुपमा यसै प्रजातिको प्रयोग गर्नुपर्दछ । तेस्रो प्रजाति भारतीय प्रजाति हो, जुन वास्तवमा तेजपात Cinnamomum tamala को बोक्रा हो र यो भारतको पूर्वोत्तर राज्यको हिमाली भेग तिर पइन्छ । नेपालको पनि उच्च पहाडी क्षेत्रमा पाइने तेजपातको रुखको बोक्रा दालचिनी को रुपमा प्रयोग गरिन्छ । यो मोटो, कम तीक्ष्ण तथा चपाउँदा वा पानीमा घोल्दा बढी चिप्लो पदार्थ निस्किन्छ ।

दालचिनी चपाउनाले मुख गन्हाउने कम गर्ने तथा दाँत मजबूत गर्दछ, साथै यसले वाकवाकी आउन पनि कम हुन्छ । चाँया पोतोमा यसको लेप गर्नाले फाईदा हुन्छ । यस बाहेक खोकी, दम, पीनास, रुघा, पाइल्स, कण्ठरोग, अरुचि, आदिमा पनि यसको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यो एन्टिहाईपरग्लाइसेमिक तथा एन्टिहाईपरलिपिडेमिक हुनाले यसको प्रयोग मधुमेह तथा स्थौल्य वा मोटोपना कम गर्न मदत गर्दछ । यो एन्टिस्पास्मोडिक हुनाले पेट दुखाई मा पनि असरदार हुन्छ । यसको प्रयोग जीवाणुनाशक (एन्टिमाईक्रोबियल), विषाणुनाशक(एन्टिभाईरल) तथा एन्टिफन्गलको रुपमा पनि गरिनसक्ने अध्ययनहरुले देखाएको छ । साथै अध्ययनहरुले यसको प्रयोगले रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने पनि देखाएको छ ।

दालचिनीको औषधिय मात्रा ः
चूर्ण ः ५०० मि.ग्रा. देखि १ ग्राम सम्म ।
दालचिनीको तैल ः १ देखि ३ थोपा सम्म ।

दालचिनीको सुरक्षितता:दालचिनीको औषधिय प्रयोग तथा मसलाको रुपमा प्रयोग सुरक्षित छ तर केही अध्ययनहरुले यसको अत्यधिक मात्रामा लामो समयसम्मको प्रयोगले केहि एलर्जीक समस्याहरु देखाएको पाईएकोछ ।

७. ल्वांग:

ल्वांगको प्रयोग गरम मसालामा गरिन्छ । आयुर्वेद अनुसार यसको प्रयोग खोकी, दम, हिक्का, मुखशोधन वा मुखको दुर्गन्ध हटाउन, दाँत दुखेमा, वान्ता, अरुचि, अग्निमान्द्य, स्वरभेद वा घाँटी बसेमा तथा ज्वरमा गरिन्छ । आधुनिक अध्ययनहरुले Antithrombotic activity (रगत जम्नबाट रोक्ने), Anesthetic activity (संज्ञाहरण), Anticarcinogenic activity (क्यान्सर रोग प्रतिरोधी), Anti-inflammatory activity (शोथनाशक), Analgesic activity (दुखाई कम गर्ने), Antioxidant/Free radical scavenging activity, Antifungal activity, Antibacterial activity,  पुष्टि गरिसकेको छ ।

ल्वांगको औषधिय मात्रा:
चूर्ण ः १२५ मि.ग्रा. देखि ३७५ मि. ग्रा.
तैल ः १ देखि ३ थोपा ।
विश्व स्वास्थ्य संगठनले यसको दैनिक मात्रा मानवमा २.५ मि.ग्रा. प्रति कि.ग्रा. शारीरिक भार तोकेको छ ।

ल्वांगको प्रयोग:

१. ल्वांगको फाण्ट (उमालेको पानीमा हालेर बनाएको पेय) १० देखि २० मि.ली. प्रयोग गर्नाले विसूचिकामा हुने तिर्खामा फाईदा हुन्छ ।
२. सुख्खा खोकीमा दुई वटा जति ल्वांग चुसेर खानाले फाईदा गर्दछ ।
३. खाना अपच भएमा वा पेट दुखेमा यसको चूर्ण खानाले फाईदा हुन्छ ।
४. दाँत दुखेमा यसको तेल कपासमा भिजाएर दाँतमा राखेर थिच्नाले दुखाई कम गर्दछ ।

एलोप्याथिक औषधिहरुसंग ल्वांगको प्रयोग:

आधुनिक अध्ययनले ल्वांगको एन्टिथ्रोम्बोटिक (रगत जम्नबाट रोक्ने) असर देखाएकोले हेपारिन तथा वराफिन जस्ता औषधिहरुसंग ल्वांगको प्रयोगले रक्तश्राव बढाउने हुनसक्द्छ ।

यसरी भान्सामा प्रयोग हुने अनेक मसलाहरुको विभिन्न औषधिय गुणहरु आधुनिक अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । यी मसलाहरु मध्ये केहि मसलाहरु जसले रोग प्रतिरोधि क्षमता बढाउँछ, तिनिहरुको व्यापक अनुसन्धान हुन जरुरी छ, जसले शरीरको रोग प्रतिरोधी क्षमता विकास गरि रोगलाई परास्त गर्न मदत मिल्नेछ । यी मसलाहरुको प्रयोग गर्दा यिनीहरुको शुद्धता, सही मात्रा तथा प्रयोग गर्न नहुने अवस्थाहरुलाई विशेष रुपमा ध्यान दिन जरुरी छ ।


http://4.188.83.218/static/3592.jpghealth/immunity-jadibuti/

http://4.188.83.218/static/3592.jpgfitness/addressing-obesity/

Tags: AyurvedaDiet Tips
SummarizeShare308ScanTweet147

Related articles

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
February 5, 2026
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.