Magnus pharma
आज: २०८२ चैत्र ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

Nam Raj Bhatta by Nam Raj Bhatta
March 21, 2023
in Articles
Reading Time: 2 mins read
A A
0
मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सुरेन्द्र कुमार आचार्य  (MDS Oral and Maxillofacial सर्जरी, All India Institute of Medical Sciences)

विश्व स्वास्थ्य संगठन बिश्व मुख दिवश २० मार्चमा भव्य रुपमा मनाइने गरिन्छ। विशेष गरि मुख स्वास्थ्यको महत्व तथा जनचेतना अभिवृद्धिका लागि विशेष ध्यान दिएर मनाइन्छ।‌ विडम्बनाको कुरा मुख तथा अनुहार स्वास्थ्यकाे अवस्थाको बारेमा घनीभूत क्षलफल हुँदैन।‌

नेपालमा मुख तथा अनुहार सर्जन (Oral and Maxillofacial Surgeon) आवश्यक मात्रामा छन् र मुख तथा अनुहार शरीरको अभिन्न अंगको रूपमा मानिन्छ र यो सम्बन्धी रोगका बिरामीहरूको तथ्याङ्क हेर्ने हो भने पनि कहाली लाग्दो अवस्था छ। बिरामी छन् चिकित्सक हरु पनि छन् तर सही पहिचान र उपचार हुन सकेन? आखिर किन?

नेपालका आधारभूत, जिल्ला, प्रादेशिक, केन्द्रीय अस्पताल हरुमा Maxillofacial Surgeon को दरबन्दी छैन? यो सम्बन्धी दरबन्दी भएको केवल राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा एक एक गरी दुई जना मात्र छन्। प्राइभेट डेन्टल कलेजमा कम्तीमा २-४ जना हुनु पर्ने, कहीं प्रयाप्त छैन। बिरामीको अत्यधिक चाप भएको त्रिवि शिक्षण अस्पतलमा पनि दुई जना omf सर्जन कार्यरत छन्।

प्रसिद्ध अस्पतालहरुमा पनि in-house अर्थात् २४/७ omfs doctor हुँदैन। तर हेर्ने हो भने सबैभन्दा बिरामी यो विभाग सम्बन्धी छन्, जस्तो अनुहारकाे घाउ चोट पटक, खुडे ओठ र तालु, मुखको क्यान्सर, मुख, दाँत, अनुहार र घाँटीको संक्रमण।
बिरामी भएपनि भगवान भरोशामा उपचार भई रहेको पाईन्छ। दाँतको किरा लाग्ने रोग जुन शरीरको सबै भन्दा बढी लाग्ने रोग मानिन्छ। जसले गर्दा बिरामी लाई दुखाई, मानसिक समस्या, आर्थिक भार इत्यादिले ठूलो असर गरिरहेको छ।

NMA building

अनुहारको चोटपटक करिब ७० प्रतिशत हुन्छ, उक्त बिरामीहरु कुनै पनि अस्पतालको आकस्मिक कक्ष तथा बहिरङ्ग विभागमा जाने गर्छन् तर त्यहाँ धेरै जसो Oral and Maxillofacial Surgeon हुँदैन।

त्यसैगरी मुखको क्यान्सर पुरुषमा दोस्रो र महिलामा चौथो नम्बरमा असर गर्नेमा पर्छ। मानिसमा मृत्युकाे दोस्रो ठुलो कारक हों; उक्त रोग सम्बन्धी उपचारका लागि क्यान्सर अस्पताल जस्तै बिपि मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पतालमा Maxillofacial Surgeon को दरबन्दी नै छैन; आफै मनन गर्नुहोस्; के छ अवस्था। त्यस्तै ओठ- तालु खुडेकाे विशेषज्ञ हो Oral Maxillofacial Surgeon: त्यसको पनि सही व्यवस्थापन हुन सकेको छैन। मुख दाँत तथा अनुहारको जोर्नीको दुखाइले दीर्घकालीन समस्या हेर्ने हो भने मुटु, मस्तिष्क, मानसिक रोग, इत्यादि हुन्छन् त्यसको पनि उचित वयवस्थापन भई रहेको छैन।

सडक दुर्घटना अर्को ठुलो समस्या हो जुन चौथो मानव मृत्युको कारण हो, जसमा जनचेतनाको अभाव छ, हेलमेट लगाउँदा full face helmet लगाउनु भयो भने अनुहारको गम्भीर चोटपटक बाट बच्न सकिन्छ। यदि अनुहारमा गम्भीर चोट पटक लाग्यो भने मानिस पुर्ण रुपमा अपाङ्ग हुन्छ।

त्यसैले यतै अनेक समस्याले मुख तथा अनुहार स्वास्थ्य ग्रसित छ, बिरामीहरूको उचित उपचार हुन सकेको छैन। यसमा सरोकारवालाले विशेष ध्यान दिन जरुरी छ।

जस्तो नेपालका आधारभूत तथा सम्पूर्ण अस्पतालमा उचित Oral and Maxillofacial Surgeon को व्यवस्थापन तथा सेवा विस्तार, क्यान्सर तथा फेसियल सर्जरी विभाग विस्तार गरी Oral and Maxillofacial सर्जरी सेवा विस्तार, ओरल क्यान्सरको स्क्रिनिङ, सडक दुर्घटना सम्बन्धी जनचेतना अभवृद्धि, मुख तथा घाँटीको जटिल संक्रमण व्यवस्थापन गर्न टड्कारो आवश्यक छ।

दाँतको किरा सम्बन्धी रोग लाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको एनसीडी अन्तर्गत राखेर प्राथमिकता दिन पर्छ।
यदि समयमै ध्यान दिइएन भने निकट समयमा यसको गम्भिर असर नेपाली जनता र राज्यले सामना गर्नुपर्ने छ।

[हाल डा. आचार्य विभागीय प्रमुख किष्ट क्षिक्षण अस्पताल ललितपुरमा कार्यरत छन्।]

Tags: #government of Nepal#Health and population ministryAll India Institute of Medical SciencesCorona Virus #Covid19Dr. Surendra acharyaOral and maxillofacial surgeon
SummarizeShare243ScanTweet146

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै
  • दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 
  • बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.