Magnus pharma
आज: २०८२ चैत्र ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यदि स्वरमा परिवर्तन भने छ ओमिक्रोन भ्वाइस पनि हुनसक्छ! #OmicronVoice

HNN Staff by HNN Staff
January 29, 2022
in Articles
Reading Time: 1 min read
A A
0
Keep your social distance during Covid

Keep your social distance during Covid

602
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
Dr Sher Bahadur Pun
✍️Dr Sher Bahadur Pun

हाल समुदायमा डेल्टा भेरियन्टको ठाउँ ओमिक्रोनले लिँदै गइरहेको केहि दिन अगाडि स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। पुस २३ गतेसम्म २२ प्रतिशतमा सिमित ओमिक्रोन (एस-जीन नेगेटिभ) झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा ८८ प्रतिशतमा पुगेको छ।

ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले घाँटीमा समस्या हुने गरेको अनुभव सुनाउने गरेका छन्। विश्वमा नै ओमिक्रोन संक्रमितहरुमा मुख्यतय घाँटीमा समस्या हुने गरेको अनुसन्धान तथा चिकित्सकहरुको अनुभवहरुले पनि देखाउँदछ।ओमिक्रोन प्रभावित कतिपय देशका चिकित्सकहरुले ओमिक्रोन सुन्न सकिने समेत भन्ने गरेको पाइन्छ। अर्थात् अर्को शब्दमा भन्नु पर्दा, ओमिक्रोन संक्रमितको स्वरमा परिवर्तन भएको सुन्न सकिने भनेका हुन्।

यहाँ लेखकले ‘ओमिक्रोन भ्वाइस’ भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केहि डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेका पाइन्छ।

हाल ओमिक्रोन लगभग घर-घरमा पुगेको र अधिकांश परिवारका धेरै सदस्यहरुमा (कसै-कसैका परिवारका पुरै सदस्यहरु) उस्तै-उस्तै लक्षणहरु देखा पर्ने गरेको पाइन्छ। तर सबै जनाले विभिन्न कारणहरुले गर्दा परीक्षण भने गर्ने गरेको पाइँदैन। सबैमा ओमिक्रोनका लक्षणहरु विकास हुन्छ नै भन्ने पनि छैन। तसर्थ यदी परिवार वा सहकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र विभिन्न कारणले परीक्षण नगरेका/गर्न नचाहेकाहरुमा स्वरमा परिवर्तन देखिए त्यो ‘ओमिक्रोन भ्वाइस’ वा ओमिक्रोन संक्रमित स्वर पनि हुनसक्नेछ। त्यसमा थप टाउको तथा शरीरका मांशपेशी दुख्ने, नाकबाट पानी आउने/बन्द हुने, हल्का शरीर तातिएको महसुस हुने र थकान महसुस हुने जस्ता लक्षणहरु पनि देखिने गर्दछ। तर यस्ता लक्षणहरु देखिएकाहरुमा फ्लूको परीक्षण गर्दा नतिजा भने नेगेटिभ आउने गरेका छन्।

हाल परिचित दर्जनौ कोरोना पुष्टि भएकाहरुसंग फोनमा परामर्शको क्रममा कुराकानी गर्दा लेखकले प्रष्टै ‘ओमिक्रोन भ्वाइस’ सुन्ने गरेको छ। त्यस्तै, पहिले परिचय नभएका संक्रमण पुष्टि भएकाहरुले लेखकसंग परामर्शको क्रममा स्वर दबेको, धसिएको, भासिएको भन्ने अनुभव सुनाउने गरेका छन्। हुनत, स्वर परिवर्तन अरु संक्रामक रोगहरु जस्तै कमन कोल्ड, फ्लू वा नन-कोभिडमा विशेषतः घाँटीको समस्या भएकामा पनि देखिने गर्दछ। तर हाल समुदायमा ओमिक्रोनले तिब्रता र व्यापकता पाइरहेको अवस्था र यसको असर पनि मुख्यतय घाँटीमा देखिने गरेकोले ‘ओमिक्रोन भ्वाइस’ हुनसक्ने भनिएको हो।

परीक्षण नगरिएको/गर्न नपाएको अवस्थामा कोरोना भएका जोकोहिसंग कन्ट्याक इतिहास छ र स्वरमा परिवर्तन देखिए वा ‘ओमिक्रोन भ्वाइस’ सुनिएमा तुरुन्त एकान्तबासमा बस्न सकिनेछ। यसबाट कोरोना भाइरस थप फैलनबाट रोक्न सहयोगी हुनेछ। यद्यपी भाइरसको निश्चित निदान भने पीसीआर प्रविधिबाट गर्न सकिनेछ।

(डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

Tags: Corona Virus #Covid19Dr. Sher Bahadur PunOmicron VoiceTeku Hospital
SummarizeShare251ScanTweet146

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै
  • दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 
  • बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.