आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

यदि स्वरमा परिवर्तन भने छ ओमिक्रोन भ्वाइस पनि हुनसक्छ! #OmicronVoice

HNN Staff by HNN Staff
January 29, 2022
in Articles
A A
0
Keep your social distance during Covid

Keep your social distance during Covid

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Dr Sher Bahadur Pun
✍️Dr Sher Bahadur Pun

हाल समुदायमा डेल्टा भेरियन्टको ठाउँ ओमिक्रोनले लिँदै गइरहेको केहि दिन अगाडि स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। पुस २३ गतेसम्म २२ प्रतिशतमा सिमित ओमिक्रोन (एस-जीन नेगेटिभ) झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा ८८ प्रतिशतमा पुगेको छ।

ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले घाँटीमा समस्या हुने गरेको अनुभव सुनाउने गरेका छन्। विश्वमा नै ओमिक्रोन संक्रमितहरुमा मुख्यतय घाँटीमा समस्या हुने गरेको अनुसन्धान तथा चिकित्सकहरुको अनुभवहरुले पनि देखाउँदछ।ओमिक्रोन प्रभावित कतिपय देशका चिकित्सकहरुले ओमिक्रोन सुन्न सकिने समेत भन्ने गरेको पाइन्छ। अर्थात् अर्को शब्दमा भन्नु पर्दा, ओमिक्रोन संक्रमितको स्वरमा परिवर्तन भएको सुन्न सकिने भनेका हुन्।

यहाँ लेखकले ‘ओमिक्रोन भ्वाइस’ भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केहि डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेका पाइन्छ।

हाल ओमिक्रोन लगभग घर-घरमा पुगेको र अधिकांश परिवारका धेरै सदस्यहरुमा (कसै-कसैका परिवारका पुरै सदस्यहरु) उस्तै-उस्तै लक्षणहरु देखा पर्ने गरेको पाइन्छ। तर सबै जनाले विभिन्न कारणहरुले गर्दा परीक्षण भने गर्ने गरेको पाइँदैन। सबैमा ओमिक्रोनका लक्षणहरु विकास हुन्छ नै भन्ने पनि छैन। तसर्थ यदी परिवार वा सहकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र विभिन्न कारणले परीक्षण नगरेका/गर्न नचाहेकाहरुमा स्वरमा परिवर्तन देखिए त्यो ‘ओमिक्रोन भ्वाइस’ वा ओमिक्रोन संक्रमित स्वर पनि हुनसक्नेछ। त्यसमा थप टाउको तथा शरीरका मांशपेशी दुख्ने, नाकबाट पानी आउने/बन्द हुने, हल्का शरीर तातिएको महसुस हुने र थकान महसुस हुने जस्ता लक्षणहरु पनि देखिने गर्दछ। तर यस्ता लक्षणहरु देखिएकाहरुमा फ्लूको परीक्षण गर्दा नतिजा भने नेगेटिभ आउने गरेका छन्।

हाल परिचित दर्जनौ कोरोना पुष्टि भएकाहरुसंग फोनमा परामर्शको क्रममा कुराकानी गर्दा लेखकले प्रष्टै ‘ओमिक्रोन भ्वाइस’ सुन्ने गरेको छ। त्यस्तै, पहिले परिचय नभएका संक्रमण पुष्टि भएकाहरुले लेखकसंग परामर्शको क्रममा स्वर दबेको, धसिएको, भासिएको भन्ने अनुभव सुनाउने गरेका छन्। हुनत, स्वर परिवर्तन अरु संक्रामक रोगहरु जस्तै कमन कोल्ड, फ्लू वा नन-कोभिडमा विशेषतः घाँटीको समस्या भएकामा पनि देखिने गर्दछ। तर हाल समुदायमा ओमिक्रोनले तिब्रता र व्यापकता पाइरहेको अवस्था र यसको असर पनि मुख्यतय घाँटीमा देखिने गरेकोले ‘ओमिक्रोन भ्वाइस’ हुनसक्ने भनिएको हो।

परीक्षण नगरिएको/गर्न नपाएको अवस्थामा कोरोना भएका जोकोहिसंग कन्ट्याक इतिहास छ र स्वरमा परिवर्तन देखिए वा ‘ओमिक्रोन भ्वाइस’ सुनिएमा तुरुन्त एकान्तबासमा बस्न सकिनेछ। यसबाट कोरोना भाइरस थप फैलनबाट रोक्न सहयोगी हुनेछ। यद्यपी भाइरसको निश्चित निदान भने पीसीआर प्रविधिबाट गर्न सकिनेछ।

(डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

Tags: Corona Virus #Covid19Dr. Sher Bahadur PunOmicron VoiceTeku Hospital
Nisarga hospital Dhangadhi
Previous Post

माघ महिनाभर बिद्यालय बन्द हुने सीसीएमसीको निर्णय

Next Post

नर्सिङ काउन्सिलमा विशेषज्ञ दर्ताको लागि फागुन एक देखि अनलाईन फर्म खुला

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 days ago
844
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
846
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

5 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
Next Post
नर्सिङ काउन्सिलमा विशेषज्ञ दर्ताको लागि फागुन एक देखि अनलाईन फर्म खुला

नर्सिङ काउन्सिलमा विशेषज्ञ दर्ताको लागि फागुन एक देखि अनलाईन फर्म खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...