Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

१ लाख ६६ हजारभन्दा बढी Allied Health Professionals को प्रतिनिधित्व र सुशासनसँग जोडिएको ऐन संशोधनको सवाल

HNN Staff by HNN Staff
January 12, 2026
in Articles
Reading Time: 7 mins read
A A
0
NHPC Act 2053 Amendment Suraj Sah

NHPC Act 2053 Amendment Suraj Sah

589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️सुरज साह

रेडियोग्राफी टेक्नोलोजिस्ट (७ औं तह)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार
M.Sc. Medical Imaging Technology (Final Year), NAMS, वीर अस्पताल
महासचिव, नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोग्राफर एसोसिएसन

१. पृष्ठभूमि: तीन दशक पुरानो ऐन र बदलिँदो स्वास्थ्य प्रणाली

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) ऐन, १९९७ (वि.सं. २०५३–११–१३) नेपाल सरकारले २४ फेब्रुअरी १९९७ मा लागू गरेको थियो। ऐन लागू भएको झण्डै तीन दशक बितिसक्दा पनि समयानुकूल संशोधन नहुँदा परिषद्‌को संरचना, प्रतिनिधित्व, र निर्णय प्रणालीमा गम्भीर असन्तुलन देखा परेको छ।

२०८२ श्रावण १५ सम्म NHPC अन्तर्गत ३९ वटा Allied Health श्रेणीमा १,६६,३४४ भन्दा बढी स्वास्थ्य व्यवसायी दर्ता भइसकेका छन्। यति ठूलो र विविध पेशागत जनशक्तिको प्रतिनिधित्व नीति निर्माण र सञ्चालन तहमा समुचित रूपमा सुनिश्चित हुन सकेको छैन।

यही कारणले देशभरका विभिन्न Allied Health Professionals का पेशागत संघ–संस्थाहरूले NHPC ऐन तथा नियमावलीलाई लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउने माग गर्दै संयुक्त वकालत दस्तावेज प्रस्तुत गरेका हुन्।


२. हालको NHPC ऐनका प्रमुख समस्या (Issues Identified)

हाल प्रचलित NHPC ऐनको दफा ४(१) अन्तर्गत परिषद् गठनसम्बन्धी व्यवस्थाहरू असन्तुलित, पक्षपाती र प्रतिनिधित्वविहीन देखिन्छन्।

२.१ दफा ४(१) (क): अध्यक्ष र नेतृत्व संरचना

  • हाल अध्यक्ष नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ।

  • सुझाव:

    • अध्यक्ष: स्नातकोत्तर योग्यता र कम्तीमा ५ वर्ष अनुभव अनिवार्य।

    • उपाध्यक्ष: स्नातकोत्तर योग्यता सहित Allied Health Professionals बाट लोकतान्त्रिक निर्वाचनमार्फत चयन।

२.२ दफा ४(१) (ख): नेपाल स्वास्थ्य प्राविधिक संघलाई विशेष प्रतिनिधित्व

  • NHPC मा दर्ता भएका सयौं पेशागत संघ हुँदाहुँदै एक मात्र NGO लाई प्रतिनिधित्व दिनु भेदभावपूर्ण।

  • सुझाव: यो व्यवस्था पूर्ण रूपमा खारेज गरिनुपर्छ।

२.३ दफा ४(१) (ग): नेपाल फार्मास्युटिकल एसोसिएसन

  • फार्मेसीका लागि छुट्टै नेपाल फार्मेसी परिषद् (NPC) विद्यमान छ।

  • सुझाव: दोहोरो नियमन र हित–द्वन्द्व रोक्न यो व्यवस्था खारेज गरिनुपर्छ।

२.४ दफा ४(१) (घ): नेपाल रेडियोलोजिकल सोसाइटी

  • रेडियोग्राफी क्षेत्रमा एकभन्दा बढी वैधानिक संघ सक्रिय छन्।

  • सुझाव: एक संस्थालाई मात्र प्रतिनिधित्व दिनु असन्तुलित भएकाले व्यवस्था खारेज।

२.५. दफा ४(१) (ङ): Pathology, Physiotherapy, Public Health

  • वास्तविकतामा यी सबैका आफ्नै वैधानिक संस्था छन्:

    • Pathology: MELAN

    • Physiotherapy: NEPTA

    • Public Health: NPHA

  • सुझाव: संघको सिफारिसमा मनोनयन गर्ने व्यवस्था अवैध भएकाले खारेज।

६. दफा ४(१) (च): चार जना निर्वाचित सदस्य

  • चार सदस्यले 39 श्रेणीका Allied Health Professionals को प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट।

  • सुझाव: क्लस्टर–आधारित र समावेशी संरचनामा पुनःनिर्धारण आवश्यक।

७. दफा ४(१) (छ): त्रिभुवन विश्वविद्यालय मात्र

  • हाल KU, PU, NAMS लगायत अन्य विश्वविद्यालयहरूबाट पनि Allied Health शिक्षा सञ्चालन भइरहेको छ।

  • सुझाव: एक विश्वविद्यालयलाई मात्र प्राथमिकता दिनु शैक्षिक पक्षपात भएकाले व्यवस्था खारेज।

८. दफा ४(१) (ज): नेपाल मेडिकल काउन्सिल

  • डाक्टर, नर्स, फार्मेसी, आयुर्वेदका लागि छुट्टाछुट्टै काउन्सिल छन्।

  • सुझाव: NHPC भित्र NMC प्रतिनिधित्व अनावश्यक र हित–द्वन्द्वयुक्त भएकाले खारेज।

प्रस्तावित समाधान: नयाँ NHPC बोर्ड संरचना

हालको ऐन समयानुकूल नभएको स्पष्ट भइसकेकाले तत्काल संशोधन आवश्यक छ।

प्रस्तावित १५ सदस्यीय NHPC बोर्ड अध्यक्ष: १ जना (नेपाल सरकारद्वारा मनोनयन)

  1. उपाध्यक्ष: १ जना (Allied Health Professionals बाट लोकतान्त्रिक निर्वाचन)

  2. सदस्य: १३ जना (खुला, समावेशी, पारदर्शी र पेशागत विविधता अनुसार)

    AI generated Illustration depicting HNPC Amendment
    AI generated Illustration depicting HNPC Amendment

अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने क्षेत्रहरू

  • Public Health

  • Medical Laboratory Technology

  • Radiography, Radiotherapy & Nuclear Medicine

  • Physiotherapy

  • Dental Hygiene

  • Ophthalmology

  • Medical Physics

  • Anaesthesia Technology

  • Traditional & Complementary Medicine

    • Homeopathy

    • Unani

    • Yoga

    • Acupuncture

    • Naturopathy

    • Sowa Rigpa

४. अन्तिम आह्वान: पेशागत न्याय र स्वास्थ्य प्रणालीको मजबुतीका लागि

NHPC ऐन संशोधन कुनै एक पेशा वा संस्थाको स्वार्थका लागि होइन। यो १,६६,००० भन्दा बढी Allied Health Professionals को समान प्रतिनिधित्व, सुशासन, र नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण का लागि अत्यावश्यक कदम हो।

त्यसैले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र सम्बन्धित संसदीय समितिहरू समक्ष NHPC ऐन २०५३ को शीघ्र संशोधन र परिमार्जन का लागि यो दस्तावेज प्रस्तुत गरिएको छ।

Tags: NHPC
SummarizeShare236ScanTweet147

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.