आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

१ लाख ६६ हजारभन्दा बढी Allied Health Professionals को प्रतिनिधित्व र सुशासनसँग जोडिएको ऐन संशोधनको सवाल

HNN Staff by HNN Staff
January 12, 2026
in Articles
A A
0
NHPC Act 2053 Amendment Suraj Sah

NHPC Act 2053 Amendment Suraj Sah

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️सुरज साह

रेडियोग्राफी टेक्नोलोजिस्ट (७ औं तह)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार
M.Sc. Medical Imaging Technology (Final Year), NAMS, वीर अस्पताल
महासचिव, नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोग्राफर एसोसिएसन

१. पृष्ठभूमि: तीन दशक पुरानो ऐन र बदलिँदो स्वास्थ्य प्रणाली

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) ऐन, १९९७ (वि.सं. २०५३–११–१३) नेपाल सरकारले २४ फेब्रुअरी १९९७ मा लागू गरेको थियो। ऐन लागू भएको झण्डै तीन दशक बितिसक्दा पनि समयानुकूल संशोधन नहुँदा परिषद्‌को संरचना, प्रतिनिधित्व, र निर्णय प्रणालीमा गम्भीर असन्तुलन देखा परेको छ।

२०८२ श्रावण १५ सम्म NHPC अन्तर्गत ३९ वटा Allied Health श्रेणीमा १,६६,३४४ भन्दा बढी स्वास्थ्य व्यवसायी दर्ता भइसकेका छन्। यति ठूलो र विविध पेशागत जनशक्तिको प्रतिनिधित्व नीति निर्माण र सञ्चालन तहमा समुचित रूपमा सुनिश्चित हुन सकेको छैन।

यही कारणले देशभरका विभिन्न Allied Health Professionals का पेशागत संघ–संस्थाहरूले NHPC ऐन तथा नियमावलीलाई लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउने माग गर्दै संयुक्त वकालत दस्तावेज प्रस्तुत गरेका हुन्।


२. हालको NHPC ऐनका प्रमुख समस्या (Issues Identified)

हाल प्रचलित NHPC ऐनको दफा ४(१) अन्तर्गत परिषद् गठनसम्बन्धी व्यवस्थाहरू असन्तुलित, पक्षपाती र प्रतिनिधित्वविहीन देखिन्छन्।

२.१ दफा ४(१) (क): अध्यक्ष र नेतृत्व संरचना

  • हाल अध्यक्ष नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ।

  • सुझाव:

    • अध्यक्ष: स्नातकोत्तर योग्यता र कम्तीमा ५ वर्ष अनुभव अनिवार्य।

    • उपाध्यक्ष: स्नातकोत्तर योग्यता सहित Allied Health Professionals बाट लोकतान्त्रिक निर्वाचनमार्फत चयन।

२.२ दफा ४(१) (ख): नेपाल स्वास्थ्य प्राविधिक संघलाई विशेष प्रतिनिधित्व

  • NHPC मा दर्ता भएका सयौं पेशागत संघ हुँदाहुँदै एक मात्र NGO लाई प्रतिनिधित्व दिनु भेदभावपूर्ण।

  • सुझाव: यो व्यवस्था पूर्ण रूपमा खारेज गरिनुपर्छ।

२.३ दफा ४(१) (ग): नेपाल फार्मास्युटिकल एसोसिएसन

  • फार्मेसीका लागि छुट्टै नेपाल फार्मेसी परिषद् (NPC) विद्यमान छ।

  • सुझाव: दोहोरो नियमन र हित–द्वन्द्व रोक्न यो व्यवस्था खारेज गरिनुपर्छ।

२.४ दफा ४(१) (घ): नेपाल रेडियोलोजिकल सोसाइटी

  • रेडियोग्राफी क्षेत्रमा एकभन्दा बढी वैधानिक संघ सक्रिय छन्।

  • सुझाव: एक संस्थालाई मात्र प्रतिनिधित्व दिनु असन्तुलित भएकाले व्यवस्था खारेज।

२.५. दफा ४(१) (ङ): Pathology, Physiotherapy, Public Health

  • वास्तविकतामा यी सबैका आफ्नै वैधानिक संस्था छन्:

    • Pathology: MELAN

    • Physiotherapy: NEPTA

    • Public Health: NPHA

  • सुझाव: संघको सिफारिसमा मनोनयन गर्ने व्यवस्था अवैध भएकाले खारेज।

६. दफा ४(१) (च): चार जना निर्वाचित सदस्य

  • चार सदस्यले 39 श्रेणीका Allied Health Professionals को प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट।

  • सुझाव: क्लस्टर–आधारित र समावेशी संरचनामा पुनःनिर्धारण आवश्यक।

७. दफा ४(१) (छ): त्रिभुवन विश्वविद्यालय मात्र

  • हाल KU, PU, NAMS लगायत अन्य विश्वविद्यालयहरूबाट पनि Allied Health शिक्षा सञ्चालन भइरहेको छ।

  • सुझाव: एक विश्वविद्यालयलाई मात्र प्राथमिकता दिनु शैक्षिक पक्षपात भएकाले व्यवस्था खारेज।

८. दफा ४(१) (ज): नेपाल मेडिकल काउन्सिल

  • डाक्टर, नर्स, फार्मेसी, आयुर्वेदका लागि छुट्टाछुट्टै काउन्सिल छन्।

  • सुझाव: NHPC भित्र NMC प्रतिनिधित्व अनावश्यक र हित–द्वन्द्वयुक्त भएकाले खारेज।

प्रस्तावित समाधान: नयाँ NHPC बोर्ड संरचना

हालको ऐन समयानुकूल नभएको स्पष्ट भइसकेकाले तत्काल संशोधन आवश्यक छ।

प्रस्तावित १५ सदस्यीय NHPC बोर्ड अध्यक्ष: १ जना (नेपाल सरकारद्वारा मनोनयन)

  1. उपाध्यक्ष: १ जना (Allied Health Professionals बाट लोकतान्त्रिक निर्वाचन)

  2. सदस्य: १३ जना (खुला, समावेशी, पारदर्शी र पेशागत विविधता अनुसार)

    AI generated Illustration depicting HNPC Amendment
    AI generated Illustration depicting HNPC Amendment

अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने क्षेत्रहरू

  • Public Health

  • Medical Laboratory Technology

  • Radiography, Radiotherapy & Nuclear Medicine

  • Physiotherapy

  • Dental Hygiene

  • Ophthalmology

  • Medical Physics

  • Anaesthesia Technology

  • Traditional & Complementary Medicine

    • Homeopathy

    • Unani

    • Yoga

    • Acupuncture

    • Naturopathy

    • Sowa Rigpa

४. अन्तिम आह्वान: पेशागत न्याय र स्वास्थ्य प्रणालीको मजबुतीका लागि

NHPC ऐन संशोधन कुनै एक पेशा वा संस्थाको स्वार्थका लागि होइन। यो १,६६,००० भन्दा बढी Allied Health Professionals को समान प्रतिनिधित्व, सुशासन, र नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण का लागि अत्यावश्यक कदम हो।

त्यसैले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र सम्बन्धित संसदीय समितिहरू समक्ष NHPC ऐन २०५३ को शीघ्र संशोधन र परिमार्जन का लागि यो दस्तावेज प्रस्तुत गरिएको छ।

Tags: NHPC
Previous Post

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

Next Post

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

Related articles

ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

1 month ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

3 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.6k
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

8 months ago
1.7k
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

8 months ago
1.6k
Next Post
राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...