आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2020
in Articles
A A
4
प्राकृतिक दाँत प्रत्यारोपण, एक नयाँ तथा महत्वपूर्ण प्रविधि
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Dr Surendra Acharya
✍️ डा.सुरेन्द्र आचार्य

प्राकृतिक दाँत प्रत्यारोपण – परिचय :

आफ्नो पुरा वा आधा उम्रेको बुद्धि बंगारालाई किराले खाएको बचाउन नसकिने दाँतमा प्रत्यारोपण गर्ने नयाँ प्रविधिलाई अटोट्रान्सप्लान्टेसन भनिन्छ।

कृतिम दाँतको वैकल्पिक आयको रुपमा पनि बुझ्न सकिन्छ।

जैबिक तथा क्लिनिकल सिद्धान्त
बुद्धि बंगारा र प्रत्यारोपण गर्नुपर्ने दाँतको ठाउँमा भएको जैबिक तन्तुबाट दाँतको जरा बनि दाँतलाई जिवित र मजबुत बनाउँछ। यदि दातँको जराको टुप्पोमा भएको प्वाल एक‌ मिलिमिटर भन्दा बढी छ भने प्रत्यारोपण सफल दर बढी हुन्छ।

कस्तो अवस्थामा यो प्रविधिको प्रयोग गरिन्छ?

१) आधा या पूरा उम्रेको बुद्धि बंगारा छ भने ,
२) उपचार गरेर पनि बचाउन नसकिने किराले खाएको दाँतमा ,
३) चोट लागेर आफ्नो दाँत गुमाउनु परेमा ,
४) दाँतहरु आफ्नो ठाउँमा सही तरिकाले नउम्रिएको देखिएमा ,
५) ट्यूमर (Tumor) ,
६) जन्मजात अवस्थामै दाँत नमिलेको देखिएमा,

कस्तो अवस्थामा यो प्रविधि गरिँदैन?

१)शरीरमा अनियन्त्रित रोग भएमा जस्तै: मुटु, फोक्सो, मिर्गौला ,कलेजो मधुमेह र अन्य ।
२) रगत पातलो गर्ने औषधि सेवन गरेमा
३) मुख तथा दाँत सफा स्वस्थ नभएमा
४) मुख तथा दाँतमा संक्रमण भएमा
५) जुन ठाउँमा दाँत प्रत्यारोपण गर्ने हो त्यसमा पर्याप्त ठाउँ नभएमा
६) अंग प्रत्यारोपण गरेको विरामीहरुमा
तथापि माथि उल्लेखित विरामीहरुमा पूर्णरूपमा प्रत्यारोपण गर्न नमिल्ने तर सावधानीका साथ उपचारमा परिमार्जन गर्नुपर्छ।

फाइदाहरु

१) निकालेर फ्याँक्नुपर्ने बुद्धि बंगाराको प्रयोग
२) बुद्धि बंगाराबाट हुने असर बचाउन
३) उपचार खर्चमा कमी
४) दाँतको हड्डी खिउनबाट बचाउन
५) आफ्नो दाँत आफैंमा प्रयोग, प्राकृतिक पन
६) बुद्धि बंगारा र नबच्ने किराले खाएको दाँत निकाल्नै हुन सक्ने हुन्छ। त्यसैले यो प्रविधि असफल भएमा पनि कुनै नोक्सान नहुने।

बेफाईदाहरु

१) सफलताको लागि सल्यक्रिया चिकित्सकमा भरपर्ने
२) महंगो उपकरणको आवश्यकता
३) दक्ष मुख तथा म्याक्जिलो फेसियल चिकित्सकको आवश्यकता
४) कहिलेकाहीँ दाँत मरेमा आरसिटी गर्नपर्ने हुन सक्छ।

सफलताको जाँच

१) संक्रमण नभएमा , नहल्लिएमा , दाँत र गिजा एक भए, जरा तथा पल्प बनेको पाइएमा प्रत्यारोपण सफल मानिन्छ।

जटिलताहरु(Complications)

१) दाँत मर्ने सम्भावना ४ प्रतिशत
२) दाँत हल्लिने तथा निकाल्नुपर्ने
३) संक्रमण हुने

IMG ea2f9e6faa01d3d97b02dae1c29b567a V

सफलता

अनुसन्धान अनुसार प्रत्यारोपण गरेको एक वर्षपछि पनि दाँत पूर्ण रुपमा स्वास्थ्य तथा अरु दाँत जस्तै पाइएको छ।
सफलता दर ९६ प्रतिशत , त्यसैले यो प्रविधि सुरक्षित लाभदायिक तथा नँया प्रविधीको रूपमा स्थापित मानिन्छ।

उपचार योजनाहरु

मुख शरीरको प्रवेशद्वारको रुपमा मानिन्छ। त्यसैले मुख स्वस्थ हुनु भनेको पूर्ण स्वस्थ शरिर हुनु हो। तसर्थ मुख सम्बन्धी कुनैपनि शल्यक्रिया गर्नु अघि शरीरको पूर्ण जाँच तथा परीक्षण गरी रोग भए नभएको निश्चित गर्ने। यदि रोग भेटिएमा साबधानका साथ उपचार परिमार्जन गर्ने।
१) मुख तथा दाँतको पूर्ण रुपमा जाँच गर्ने
जस्तै निकाल्नुपर्ने दाँतको आकार , प्रकार लम्बाई चौडाई र वरिपरिका नसा तथा जटिल संरचनाको परीक्षण
२) किराले खाएको दाँतको परीक्षण
३) यदि प्रत्यारोपण गरेको दाँत मरेमा RCT गर्नुपर्ने बारे बिरामीलाई जानकारी दिने
४) यो प्रबिधिको फाइदा बेफाइदा जटिलता तथा शल्यक्रिया बारे पूर्ण जानकारी गरी बिरामी बाट लिखित मन्जुरीनामा दिने
५) मुख तथा दाँतको x-ray गर्ने

शल्यक्रिया विधि

१)शल्यक्रियाको एक घन्टाअघि एन्टिबायोटिक सेवन गर्ने
२) बिटाडिन सोलुसन इरिगेसन गर्ने।
३) दात तथा गिजालाई लठ्याउने इन्जेक्सन लगाउने
४) किराले खाएको दाँत निकाल्ने तथा प्रत्यारोपण गर्नुपर्ने ठाउँ तयार गर्ने
५) बुद्धि बङ्गाराको शल्यक्रिया गरी हातले नछोई तथा ड्यामेज नगरी उपकरणको सहायताले रोप्न तयार गरिएको ठाउँमा प्रत्यारोपण गर्ने।
६) कहिलेकाहीँ दातँको आकार पूर्ण रुपमा नमिल्ने हुँदा लगातार try गर्दै प्रत्यारोपण ठाउँ आवश्यकता अनुरूप ठूलो बनाउँदै जाने र प्रत्यारोपण गर्ने।
७) यदि प्रत्यारोपण समय लम्बिने अनुमान भए बुद्धि बङ्गारालाइ HBSS वा Normal saline मा‌ राख्ने यद्यपि यो समय छोटो पार्न कोसिस गर्ने।
८) प्रत्यारोपण पछि एन्टिबायोटिक सोलुसनले सफा गर्ने
९) टाका लगाउने
१०) दाँत हल्लिएमा‌ तारले बाँध्ने
११) चपाउने सर्फेसमा घटाउने
१२) शल्यक्रिया पश्चात बिरामीलाई केही समय रिकोभरी कक्षमा‌ अवलोकन गर्ने।

IMG a45ef703e259577900f68240db5b4c3e V

प्रत्यारोपण पश्चात पालन गर्नुपर्ने कुराहरु

१)बिरामीलाई एन्टिबायोटिक तथा नदुख्ने औषधि दिने
२) गर्न हुने वा नहुने क्रियाकलापको पूर्ण जानकारी गराउने
३)नरम तथा झोल पदार्थ कम्तिमा १० दिन सम्म खाने
४) मुख कुल्ला तथा ब्रस २४ घण्टा पछि दिनमा कम्तीमा ३-५ पटक गर्ने
५) एक हप्तापछि टाका काट्न आउने।काट्नु पर्ने टाका भएमा।
६) २ हप्ता पछि दाँत मरे नमरेको जाँच गर्ने
७) यदि दात मरेको अवस्थामा दुई हप्तापछि RCT गर्ने
८) दात जीवित भएमा तीन महिना-छ महिना पछि x-ray परीक्षण गर्ने
९) यसरी एक वर्षसम्म नियमित परीक्षण गराउने।

[हाल डा.सुरेन्द्र आचार्य
फ्याकल्टी किस्ट मेडिकल कलेज एंड शिक्षण अस्पताल, ललितपुर नेपाल
सिनियर कन्सल्ट्यान्ट @ओम समाज मुख तथा अनुहार अस्पताल, चाबहिल, काठमाडौंमा कार्यरत हुनुहुन्छ।]

Tags: Apical foremenAutotransplantationElectric pulp testNormal salineOral and maxillofacial surgeonSpliotingSurgical techniquesTumorX-ray
Previous Post

पछिल्लो चौविस घण्टामा १ हजार ३९ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

पिसिआर परीक्षण अब २ हजारमै #Covid19

Related articles

Antibiotics-care-children-dr-sandeep-kc
Articles

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

5 hours ago
1.6k
NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

2 weeks ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

2 months ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.7k
Next Post
COVID19 PCR Test Kit

पिसिआर परीक्षण अब २ हजारमै #Covid19

Comments 4

  1. Pingback: कर्णाली अस्पतालमा अब लेजर पद्धतीबाट अप्रेशन हुने #KarnaliHospital • Health News Nepal
  2. Pingback: के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect • Health News Nepal
  3. Pingback: कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay • Health News Nepal
  4. Pingback: किष्ट मेडिकल कलेजमा पनि अब मिर्गौला प्रत्यारोपण हुने #Kidneytransplant • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...