Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy

सबैभन्दा बढी कुष्ठरोगको चाप तराईका जिल्लामा धेरै छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 30, 2022
in Articles
A A
0
कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

राज कुमार पौडेल

हरेक बर्ष जनवरी अन्तिम आईतबार विश्व कुष्ठरोग दिवस मनाउने गरीन्छ । यो बर्ष पनि ६९औं विश्व कुष्ठरोग दिवस “शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिवद्धता, आत्मसम्मानको लागि ऐक्यवद्धता।” भन्ने मुल नाराका साथ २०७८/१०/१६ (30th January 2022) का दिन विश्व कुष्ठरोग दिवस मनाएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोग मानिसबाट मानिसमा सर्ने गर्दछ । उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ तर शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन ।

यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुदैंन । तसर्थ, कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरूवा रोग हो भन्ने कुरा बुझ्न जरुरी छ ।

कुष्ठरोग मुक्त नेपालको ‌‌सहित पालिका स्तरबाटै कुष्ठरोगको संक्रमण रोक्ने लक्ष्यमा नेपाल सरकारले लिएको छ । नेपाल सरकार शून्य कुष्ठ रोगको लागि राष्ट्रिय मार्ग चित्र (२०२१-२०३०) पुरा गर्नको लागि अगाडि बढेको छ।

त्यसका लगि गुणस्तरीय स्वास्थ्य सेवाहरूको लागि क्षमता सुदृढीकरणमा जोड दिन जरुरी देखिनुका साथै सही र छिटो निदान, पुर्न उपचार र जटिलता बिरामीको रेफरल ब्यबस्थापन साथै कुष्ठरोग सम्वन्धि औषधी/ सामाग्रीको प्रभावकारी आपूर्ति तथा व्यवस्थापन गर्न जरुरि देखिन्छ । सबै तहमा राजनीतिक प्रतिबद्धता, वकालत तथा कुष्ठरोगको कार्यक्रममा बजेटको अभिबृद्धी अझै आवश्यक छ । नयाँ बिरामी भटिएमा बिरामीको परिवार र समुदायमा सम्पर्क परिक्षण प्रणालीलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

वर्तमान स्वास्थ्यका सुचकमा कुष्ठरोगको अवस्था हेर्ने हो भने यो वर्ष नयाँ विरामीको संख्या २१ सय ७३ छ । जसमध्ये महिला बिरामीको संख्या ७ सय ९६ र १४ वर्षमुनि उमेर समुहमा पनि यो रोगको संख्या १ सय १ रहेको छ । यसैगरि सबैभन्दा बढी कुष्ठरोगको चाप तराईका जिल्लामा धेरै छ, त्यसमा पनि मदेश र लुम्बिनी प्रदेशमा बढि रहेको देखिन्छ ।

अहिलेका विद्यमान चुनौतीहरु नियाल्दा कुष्ठरोगका विरामी तथा प्रभावितहरु प्रति गरिने सामाजिक भेदभाव, नेपाल समाजमा कुष्ठरोग प्रतिको अन्धबिश्वास नै मुख्य चुनौती हो। यसलाई झन बढवा दिन नेपालको विद्यमान कानुन, सामाजिक अन्धविश्वास बादक बन्दै आएको छ । अहिले पनि कानुनको मुलुकी देवानी संहिता, २०७४ पारिवारीक कानून परिच्छेद-१, विवाह सम्वन्धि व्यवस्था महल ७१, कुष्ठरोग भएका व्यक्तिसंग विवाह गर्न गराउन नहुने भनि प्रावधान‌ राखिएको छ ।

यो कानुन नै सामाजिक भेदभाव बढाउने मुख्य जड हो । समुदायमा कुष्ठरोग र कुष्ठ प्रभाबित प्रति गरिने भेदभाव गर्नको लागि रोग बारेमा सत्य तथ्य जानकारी दिनु नितान्त जरुरी छ, साथै कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा समुदायमा रोगको बारेमा थप प्रचार प्रसार गर्नु आवश्यक छ । त्यसैले, कुष्ठरोग लागेकै आधारमा कुष्ठरोगका विरामी र प्रभावितलाई सामाजिक भेदभाव नगरौं ।

(लेखक: पौडेल दि लेप्रोसी मिसन नेपालमा तालीम प्रमुखको रूपमा कार्यरत हुनुनुन्छ। )

Tags: Aandwan hospital LeLeCorona Virus #Covid19Leprosy mission nepalRaj Kumar paudel
Nisarga hospital Dhangadhi
Previous Post

सुदूरपश्चिम प्रदेशमा उपेक्षित रोग सम्बन्धि दिवस

Next Post

जनस्वास्थ्य संघ सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन

Related articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

12 hours ago
796
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

4 weeks ago
809
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

1 month ago
813
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

1 month ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

1 month ago
910
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 months ago
850
Next Post
जनस्वास्थ्य संघ सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन

जनस्वास्थ्य संघ सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,096)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.