10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

Nam Raj Bhatta by Nam Raj Bhatta
January 29, 2026
in Articles
Reading Time: 3 mins read
A A
0
“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

अस्पताल OPD बाट देखिएको एउटा यथार्थ कथा

✍️ लेखक: डा. सन्दिप के.सी.
मेडिकल अफिसर,
धौलागिरी प्रादेशिक अस्पताल

……कथा सुरु हुन्छ OPD को ढोकाबाट…
~~बिहानको OPD। बिरामीको लामो लाइन।~
एकजना सेवाग्राही मुस्कानसाथ भित्र आउनुहुन्छ र भन्नुहुन्छ
“डाक्टर साब, म त बीमाको ३५०० तिरेको नि छु केहि जाच गरेकोनै छैन लौन आज Vitamin D, Vitamin B12 र Thyroid पनि जाँच गरिदिनुस् न। खासै समस्या त छैन, मन लागेर आएको।”

म केही क्षण मौन हुन्छु।
मेरो अगाडि दुईवटा जिम्मेवारी ठोक्किन्छन्—
• एकातिर बिरामीको अपेक्षा
• अर्कोतिर चिकित्सा विज्ञान र बिमा नीतिको नियम

अनि म शान्त हुदै,
“यी जाँचहरू अहिले तपाईंको लक्षणसँग सम्बन्धित देखिँदैन नि हजुर। पछि आवश्यक परे जाचैला नि हस?”

त्यसपछि तः
• “अनि बीमा किन तिर्‍या त?”
• “यहाँ त जाँचै नगर्ने रहेछौ।”
• “अरू अस्पतालमा डाक्टर ले त सबै लेखिदिन्छन् है ।”
कहिलेकाहीँ त कठोर शब्द, गुनासो, र ओपिडि टिकट मुख्मै फ्याकेर अस्पताल बदनाम गर्ने आरोप पनि झेलेको छौ।

तर यथार्थ के हो त?
नेपालको स्वास्थ्य बीमा प्रणाली “मन लागेको जाँच गरिदिने व्यवस्था” होइन।बिमा बोर्डको स्पष्ट नियम छ—

  • जस्मा केवल चिकित्सकीय रूपमा आवश्यक (clinically indicated) जाँचहरू मात्र बिमाले भुक्तानी गर्छ।
    यसको अर्थ:
    • Vitamin D, B12, Thyroid आदि जाच सबै बिरामीलाई नियमित रूपमा लेख्न मिल्दैन
    • लक्षण, रोगको शंका, वा guideline अनुसार आवश्यक ठहरे मात्र

यदि डाक्टरले अनावश्यक जाँच लेखिदियो भने—
• बिमा बोर्डले भुक्तानी अस्वीकार गर्छ
• अस्पतालले रकम पाउँदैन
• डाक्टरलाई स्पष्टीकरण सोधिन्छ
• प्रणाली कमजोर बन्छ

हाल स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई स्पष्ट निर्देशन दिएको छ— जस्तै लक्षणसँग असम्बन्धित, guideline विपरीत “बिरामीको इच्छा अनुसार” जाँच नलेख्नू।
यो निर्देशन बिरामी विरुद्ध होइन बरु बिमा प्रणाली बचाउनका लागि पनि हो।

बुझनु पर्ने कुरा डाक्टरको काम जाँच “लेखिदिनु” मात्र नभयर , किन चाहिन्छ, किन चाहिँदैन बुझाउनु पनि हो भने बिरामीको अधिकार सही उपचार पाउनु र स्पष्ट जानकारी पाउनु हो।

मैले बुझे अनुसार यो समस्या न्युनिकरण गर्न ।
बिरामीलाई शिक्षा दियर बिमाको दायरा बुझाउने
डाक्टर–बिरामी संवादमा दुबैले समय लिएर शान्त रूपमा समझाउने
बिमा नीति स्पष्टता जस्मा अस्पतालमा सूचना बोर्ड / pamphlet

अन्त्यमा…
OPD मा बसेको डाक्टर, बिरामीको शत्रु होइन।
उहाँ नियम र विज्ञानको बीचमा उभिएको एक जिम्मेवार कर्मचारि हो।यदि आज अनावश्यक जाँच रोकिएन भने,
भोलि साँचो बिरामीले पाउनुपर्ने सेवा नै बन्द हुन सक्छ।
अन्त्यमा बिमा बचाउनु भनेको—सबैको स्वास्थ्य बचाउनु हो।

Tags: Dhaulagiri hospital
SummarizeShare234ScanTweet147

Related articles

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    654 shares
    Share 293 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • औषधि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति र रणनीति अघि बढाइँदै : सचिव डा. देवकोटा
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू
  • सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?
  • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइयो
  • दादुरा संक्रमण फैलिएको क्षेत्रमा ६ हजार ७६३ मा खोप लगाइने #Meaales

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.