Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव

Nam Raj Bhatta by Nam Raj Bhatta
May 27, 2022
in Articles
A A
0
दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १३ जेठ २०७९

नेपालगन्जमा वि.स २०३६ सालमा जन्मनुभएका डा. सर्वेश शर्माको पुर्खौली घर दाङ हो। नेपालगन्ज मेडिकल कलेजबाट २०६० सालमा एमबिबिएस पास गरेका शर्माले भेरी अस्पतालमा मेडिकल अधिकृत पदमा रहेर केही समय इमर्जेन्सी र बाल विभाग समाल्नु भएको थियो। सरकारी जागिर खानुपर्छ भन्दै लोकसेवा आयोगको तयारी गरेका शर्माले २०६३ सालमा परीक्षामा नाम निकाल्न सफल भए। पास भएपछि शुरुमा सुर्खेतको मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने मौका पाए। केही समय केन्द्रमा काम गरेर हुम्ला जस्तो बिकट ठाउँमा पुगेर त्यहाँको स्वास्थ्य कार्यालयमा एक बर्ष काम गर्नुभयो। कर्णालीको दुर्गम क्षेत्रको स्वास्थ्य कार्यालयको प्रमुखमा जिम्मेवारी सम्हालेर त्यहाँका वासिन्दाहरुलाई स्वास्थ्य सेवा दिन पुगे।

हुम्ला जिल्लाको बिकट ठाउँ बसेको अनुभव

करिब २४/२५ बर्षको उमेरमा हुम्ला जस्तो बिकट ठाउँमा बस्दा घर परिवारले हुम्ला बिकट ठाउँमा छ, आउन जान गाह्रो हुन्छ, भन्ने गर्थे त्यो सम्झना मलाई अझै आइरहन्छ। त्यति बेला आवत  जावत गर्न साह्रै असुविधा थियो । तत्कालीन आर.एन.एसी भन्ने प्लेन हुन्थे। प्राइभेट प्लेन पनि कम हुन्थे र धेरै जसो चामली ढुवानी हुन्थ्यो। जति गाह्रो भएपनि हुम्लामै बसेर काम गर्छु भनेर मैले अठोट गरे र त्यहाँ बसेर जनताको सेवा गर्नमै व्यस्त भए।

मेरो मनमा यस्तो सोच थियो कि हुम्लाकै जनताहरूको समयमा उपचार पाउन कठिन नपरोस्। हुम्लामा मैले लगभग दुई बर्ष बिताए। दुइ बर्षको अन्तरालमा मेरो अनुभव धेरै भइसकेको थियो। हुम्लामा एक चोटी झाडापखालाको महामारी फैलिएको थियो। त्यतिबेला म भर्खर गएको थिएँ । एकातिर औषधिको अभाव थियो त अर्कोतिर दुर्गम क्षेत्र । अब कसरी झाडापखालाबाट जनतालाई बचाउने भनेर मन पिरोलिरहन्थ्यो । मैले जसरी भएपनि नेपालगञ्जबाट औषधि लिएर बिरामीहरु बचाउने निर्णय गरे। नेपालगन्जबाट प्लेनमा औषधि लिएर सिमीकोट आउने बेला मौसमको कारणले एक्कासी प्लेन जान सकेन र हुम्लाको श्रीनगर भन्ने ठाउँमा अवतरण गरियो। त्यसपछि मैले भरिया लगाएर त्यो औषधि सात दिनमा हुम्लामा पुर्याए । हुम्लाको श्रीनगरबाट सात दिन लगाएर हिँड्दाको सम्झना अझै पनि बेलाबेलामा आइरहेको हुन्छ। यति गरेर हुम्लाका बासिन्दाहरुलाई घर घरमा गएर झाडापखालाको औषधि दिएर ज्यान जोगाउन सफल भए। यसैबिचमा पनि १०/१२ जनाले त अकालमै ज्यान गुमाए। अहिले पनि मलाई त्यहाँका जनताहरूले धन्यवाद दिन बिर्सेका छैनन्।

received 700363644570665

त्यतिबेला मध्यपश्चिमाञ्चलमा रहेका बिकट जिल्ला कालिकोट, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र दैलेखका जनताहरूको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। मैले दुर्गममा गएर पनि सेवा दिन सकिने रहेछ भनेर पाठ सिके । डाक्टर दुर्गम गएपछि सरकारले सजाय दिएर पठाएको जस्तो मान्छेको सोचाइ हुन्थ्यो तर त्यो चाहिँ होइनरहेछ ।

मलाई हुम्लामा बस्दा धेरै नै हुम्ली वासिन्दाहरुको सहयोग र साथ रहेको थियो। दुई वर्षको कार्यकाल पछि मैले अझ पढ्नुपर्छ भनेर काठमाडौं आउने सोच बनाए । त्यतिबेला टोखाको प्राथमिक स्वास्थ्य केन्द्रमा सिट खाली थियो। तत्कालीन स्वास्थ्य सचिवले मलाई सरुवा गरिदिनु भयो। त्यहाँ बसेर मैंले तीन महिना सम्म काम गर्दै जादा एमडिजिपि कोटामा नाम निकाल्न सफल भए । तीन बर्ष टिचिङ अस्पतालमा पढाई सकेर फेरि मलाई सुरुको मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेत थियो त्यताबाट बोलाइयो। पाँच वर्षको अन्तरालमा स्वास्थ्य केन्द्र अस्पताल बनिसकेको रहेछ।

सुर्खेत बस्दाको अनुभव

सुर्खेतका जनताले तपाईं आउनु पर्छ भनेर तारिफ गर्न थाले । पछि मैंले पनि त्यहिं जाने मनशाय बनाएर म सुर्खेत तिर लागे। किनकि मैले त्यस केन्द्रमा एक्स–रे, इमरजेन्सी लगाएतका सुविधा पहिले नै पुर्याइसकेको थिएँ। त्यति बेला पानीको एकदमै समस्या थियो । जुनकि मैले पानीको लागि कुवा समेत खन्न लगाएर अन्तमा त्यहाँ पानी नआएर भेरीको पानीमा गएर नुहाउन पर्ने बाध्यता थियो। पानी पिउनुको लागि पनि भेरिबाट लिएर आउनुपर्ने अवस्था थियो । अहिले धेरै राम्रो सुविधा भइसकेको रहेछ। एमडिजिपि पास भएपछि नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत मेहलकुना अस्पतालमा धेरै नर्मल डेलिभरी केश हुने तर अप्रेशनका लागि स्रोत साधन नभएका कारणले गर्दा रिफर गर्नुपर्ने बाध्यता थियो तरपनि हामीले जोखिम मोलेर पनि केशहरु त्यही अस्पतालमा गर्थ्यौ ।

सुर्खेतमा लगभग चार वर्ष बितेको पत्तै भएन । त्यहाँ स्त्री तथा प्रसुति रोग विशेषज्ञ नभएका कारण एमडिजिपिले काम गर्नुपरेको थियो। त्यतिबेला तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. भोला श्रेष्ठ हुनुहुन्थ्यो। डा. श्रेष्ठ, डा. डम्बर खड्का र म मिलेर मिलेर स्त्री तथा प्रसुति विभाग चलाउन पर्ने अवस्था थियो। त्यतिबेला थुप्रै केशहरु हामीले हर्यौँ। जस्तो कि महिलाको धेरै रक्तस्राव भएर अप्रेशन गर्नुपर्ने हुन्थ्यो। जब कि मैले आफैले ब्लड दिएर अप्रेशन गर्नुपर्ने बाध्यता थियो। कर्णालीका दुर्गम क्षेत्रबाट पाठेघर खसेर आउने केशहरु धेरै हुन्थे। त्यसबेला मैले लगभग एक हजार भन्दा बढीको सिजेरियन अप्रेशन गरेको छु। त्यति बेला मिडियामा प्रचार प्रसार निकै कम हुन्थ्यो । त्यहीपनि होला मलाई लाग्थ्यो कि सरकारीमा बसेको कारणले जनताको सेवा गर्ने हो, मिडियामा जानुपर्छ भन्ने लागेन।

received 540556480809354

त्यसपछि मलाई हेटौडाको लागि प्रस्ताव आयो। नेपाल सरकारको काजमा कति बस्ने भनेर दरबन्दी भएकै ठाउँमा जानुपर्यो भन्ने मनशायले हेटौडा गए।

हेटौंडा बस्दाको अनुभव

दुई बर्ष जति हेटौडामा बसेर हेटौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर कार्यभार सम्हाले । त्यसबेला पनि मलाई जनताहरूको सहयोग र साथ भरपुर मिल्यो । अहिलेको जुन हेटौडा अस्पतालको भवन बनिरहेको छ त्यो योजना बनाउने म नै हुँ। लगभग ५२ करोडको योजनाहरु पास गर्न सफल भएका थियौं । अहिले त्यो अस्पताल हेटौंडा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास भइरहेको छ र जुन मेरै पालामा कामहरु अगाडि बढेका थिए। हेटौंडा पछि म राप्ती प्रादेशिक अस्पताल दाङमा काम गर्न गए।

दाङमा बस्दाको अनुभव

करिब दुई वर्ष सम्म चलेको कोभिड–१९ महामारीमा बसेर काम गरे। त्यसबेला कोभिड महामारीमा ज्यानको बाजी थापेर भएपनि हामीले जनताको स्वास्थ्य सेवा दिनबाट पछि हटेनौ। निरन्तर महामारी भएपनि काममा खटियौँ । त्यो बेला कोभिडको बिरामीलाई र साधारण बिरामीलाई एउटै ठाउँमा राखेर उपचार कसरी गर्ने भनेर समस्याहरु बढ्दै गएका थिए। सरकारले पनि प्रत्येक प्रदेशमा छुट्टै कोभिड अस्पताल बनाउने भन्ने निर्णय गर्यो। त्यसपछि प्रदेश मुख्यमन्त्री सँग सल्लाह गरेर एउटा प्रदेश स्तरीय छुट्टै कोभिड अस्पताल खोल्यौ।

त्यसपछि हामीले राता–रात दुइ दिनको अवधिमा सय बेडको अस्पताल बनायौं। त्यतिबेला कोभिड भन्ने बित्तिकै प्लेनमा चढेको बिरामीलाई पनि कोभिड हो भनेर नजिक जान पनि हम्मेहम्मे पर्थो । टाढै बसेर भएपनि उपचार गर्नुपर्ने अवस्था आएको थियो। त्यतिबेला कोभिड भएका बिरामीलाई गाउँ – गाउँबाट खोजेर हस्पिटल लानुपर्ने अवस्था थियो। पहिलो कोभिड पोजेटिभ केश आउने बेलामा धेरै गाह्रो भयो, जुन एम्बुलेन्समा राखेर ल्याउनु पर्ने अवस्था थियो। कोभिड अस्पतालमा हामीले लगभग त्यति बेला १२ देखि १३ सय कोभिडका विरामि राखेर उपचार पछि घर पठाएका थियौं। त्यति गर्दागर्दै पनि ६० देखि ७० को हाराहारीमा कोभिड संक्रमितले ज्यान गुमाए । त्यति बेला दाङलाई ५ नम्बर प्रदेश भन्थे, अहिले आएर लुम्बिनी प्रदेश भएको छ

अन्तमा म के भन्न चाहन्छु भने दुर्गममा बस्दा धेरै चुनौतीका बाबजुद नेपाली जनतालाई कम साधन स्रोतमा पनि सुलभ स्वास्थ्य सेवा दिन सक्यौ भने त्यहाँका जनतालाई धेरै राहत हुने थियो। मैल जुन पन्ध्र वर्ष जनताको सेवा गरेपनि अझै पनि धेरै काम गर्नुपर्नेछ। सरकारले जनताको लागि निशुल्क स्वास्थ्य दिन सकोस भन्ने चाहना छ । कोभिड महामारीको बेलामा मेरो कामको मुल्यांकन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले प्रबल जनसेवाश्री पदकबाट पनि सम्मान गरेको थियो।

म अहिले स्वास्थ्य विभाग अन्तर्गतको उपचारात्मक महाशाखाको आखाँ, नाक, कान र मुख स्वास्थ्य सम्बन्धी शाखामा प्रमुख भई तीन महिना देखि कार्यरत छु। यसै बिचमा मेरो एघारौं तहमा बढुवा भएको छ। यसपछि मेरो पोष्टिङ कता हुन्छ यो हेर्न बाँकी नै छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sarbesh SharmaMehalkuna Hospital SurkhetRapti hospitalTraining center hetauda
Nisarga hospital Dhangadhi
Previous Post

गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याउन राष्ट्रियसभाका सांसदको माग

Next Post

एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण

Related articles

Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

4 weeks ago
809
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

1 month ago
813
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

1 month ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

1 month ago
910
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 months ago
850
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

3 months ago
880
Next Post
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण

एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,095)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...