Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव

Nam Raj Bhatta by Nam Raj Bhatta
May 27, 2022
in Articles
Reading Time: 2 mins read
A A
0
दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव
677
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १३ जेठ २०७९

नेपालगन्जमा वि.स २०३६ सालमा जन्मनुभएका डा. सर्वेश शर्माको पुर्खौली घर दाङ हो। नेपालगन्ज मेडिकल कलेजबाट २०६० सालमा एमबिबिएस पास गरेका शर्माले भेरी अस्पतालमा मेडिकल अधिकृत पदमा रहेर केही समय इमर्जेन्सी र बाल विभाग समाल्नु भएको थियो। सरकारी जागिर खानुपर्छ भन्दै लोकसेवा आयोगको तयारी गरेका शर्माले २०६३ सालमा परीक्षामा नाम निकाल्न सफल भए। पास भएपछि शुरुमा सुर्खेतको मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने मौका पाए। केही समय केन्द्रमा काम गरेर हुम्ला जस्तो बिकट ठाउँमा पुगेर त्यहाँको स्वास्थ्य कार्यालयमा एक बर्ष काम गर्नुभयो। कर्णालीको दुर्गम क्षेत्रको स्वास्थ्य कार्यालयको प्रमुखमा जिम्मेवारी सम्हालेर त्यहाँका वासिन्दाहरुलाई स्वास्थ्य सेवा दिन पुगे।

हुम्ला जिल्लाको बिकट ठाउँ बसेको अनुभव

करिब २४/२५ बर्षको उमेरमा हुम्ला जस्तो बिकट ठाउँमा बस्दा घर परिवारले हुम्ला बिकट ठाउँमा छ, आउन जान गाह्रो हुन्छ, भन्ने गर्थे त्यो सम्झना मलाई अझै आइरहन्छ। त्यति बेला आवत  जावत गर्न साह्रै असुविधा थियो । तत्कालीन आर.एन.एसी भन्ने प्लेन हुन्थे। प्राइभेट प्लेन पनि कम हुन्थे र धेरै जसो चामली ढुवानी हुन्थ्यो। जति गाह्रो भएपनि हुम्लामै बसेर काम गर्छु भनेर मैले अठोट गरे र त्यहाँ बसेर जनताको सेवा गर्नमै व्यस्त भए।

मेरो मनमा यस्तो सोच थियो कि हुम्लाकै जनताहरूको समयमा उपचार पाउन कठिन नपरोस्। हुम्लामा मैले लगभग दुई बर्ष बिताए। दुइ बर्षको अन्तरालमा मेरो अनुभव धेरै भइसकेको थियो। हुम्लामा एक चोटी झाडापखालाको महामारी फैलिएको थियो। त्यतिबेला म भर्खर गएको थिएँ । एकातिर औषधिको अभाव थियो त अर्कोतिर दुर्गम क्षेत्र । अब कसरी झाडापखालाबाट जनतालाई बचाउने भनेर मन पिरोलिरहन्थ्यो । मैले जसरी भएपनि नेपालगञ्जबाट औषधि लिएर बिरामीहरु बचाउने निर्णय गरे। नेपालगन्जबाट प्लेनमा औषधि लिएर सिमीकोट आउने बेला मौसमको कारणले एक्कासी प्लेन जान सकेन र हुम्लाको श्रीनगर भन्ने ठाउँमा अवतरण गरियो। त्यसपछि मैले भरिया लगाएर त्यो औषधि सात दिनमा हुम्लामा पुर्याए । हुम्लाको श्रीनगरबाट सात दिन लगाएर हिँड्दाको सम्झना अझै पनि बेलाबेलामा आइरहेको हुन्छ। यति गरेर हुम्लाका बासिन्दाहरुलाई घर घरमा गएर झाडापखालाको औषधि दिएर ज्यान जोगाउन सफल भए। यसैबिचमा पनि १०/१२ जनाले त अकालमै ज्यान गुमाए। अहिले पनि मलाई त्यहाँका जनताहरूले धन्यवाद दिन बिर्सेका छैनन्।

received 700363644570665

त्यतिबेला मध्यपश्चिमाञ्चलमा रहेका बिकट जिल्ला कालिकोट, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र दैलेखका जनताहरूको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। मैले दुर्गममा गएर पनि सेवा दिन सकिने रहेछ भनेर पाठ सिके । डाक्टर दुर्गम गएपछि सरकारले सजाय दिएर पठाएको जस्तो मान्छेको सोचाइ हुन्थ्यो तर त्यो चाहिँ होइनरहेछ ।

मलाई हुम्लामा बस्दा धेरै नै हुम्ली वासिन्दाहरुको सहयोग र साथ रहेको थियो। दुई वर्षको कार्यकाल पछि मैले अझ पढ्नुपर्छ भनेर काठमाडौं आउने सोच बनाए । त्यतिबेला टोखाको प्राथमिक स्वास्थ्य केन्द्रमा सिट खाली थियो। तत्कालीन स्वास्थ्य सचिवले मलाई सरुवा गरिदिनु भयो। त्यहाँ बसेर मैंले तीन महिना सम्म काम गर्दै जादा एमडिजिपि कोटामा नाम निकाल्न सफल भए । तीन बर्ष टिचिङ अस्पतालमा पढाई सकेर फेरि मलाई सुरुको मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेत थियो त्यताबाट बोलाइयो। पाँच वर्षको अन्तरालमा स्वास्थ्य केन्द्र अस्पताल बनिसकेको रहेछ।

सुर्खेत बस्दाको अनुभव

सुर्खेतका जनताले तपाईं आउनु पर्छ भनेर तारिफ गर्न थाले । पछि मैंले पनि त्यहिं जाने मनशाय बनाएर म सुर्खेत तिर लागे। किनकि मैले त्यस केन्द्रमा एक्स–रे, इमरजेन्सी लगाएतका सुविधा पहिले नै पुर्याइसकेको थिएँ। त्यति बेला पानीको एकदमै समस्या थियो । जुनकि मैले पानीको लागि कुवा समेत खन्न लगाएर अन्तमा त्यहाँ पानी नआएर भेरीको पानीमा गएर नुहाउन पर्ने बाध्यता थियो। पानी पिउनुको लागि पनि भेरिबाट लिएर आउनुपर्ने अवस्था थियो । अहिले धेरै राम्रो सुविधा भइसकेको रहेछ। एमडिजिपि पास भएपछि नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत मेहलकुना अस्पतालमा धेरै नर्मल डेलिभरी केश हुने तर अप्रेशनका लागि स्रोत साधन नभएका कारणले गर्दा रिफर गर्नुपर्ने बाध्यता थियो तरपनि हामीले जोखिम मोलेर पनि केशहरु त्यही अस्पतालमा गर्थ्यौ ।

सुर्खेतमा लगभग चार वर्ष बितेको पत्तै भएन । त्यहाँ स्त्री तथा प्रसुति रोग विशेषज्ञ नभएका कारण एमडिजिपिले काम गर्नुपरेको थियो। त्यतिबेला तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. भोला श्रेष्ठ हुनुहुन्थ्यो। डा. श्रेष्ठ, डा. डम्बर खड्का र म मिलेर मिलेर स्त्री तथा प्रसुति विभाग चलाउन पर्ने अवस्था थियो। त्यतिबेला थुप्रै केशहरु हामीले हर्यौँ। जस्तो कि महिलाको धेरै रक्तस्राव भएर अप्रेशन गर्नुपर्ने हुन्थ्यो। जब कि मैले आफैले ब्लड दिएर अप्रेशन गर्नुपर्ने बाध्यता थियो। कर्णालीका दुर्गम क्षेत्रबाट पाठेघर खसेर आउने केशहरु धेरै हुन्थे। त्यसबेला मैले लगभग एक हजार भन्दा बढीको सिजेरियन अप्रेशन गरेको छु। त्यति बेला मिडियामा प्रचार प्रसार निकै कम हुन्थ्यो । त्यहीपनि होला मलाई लाग्थ्यो कि सरकारीमा बसेको कारणले जनताको सेवा गर्ने हो, मिडियामा जानुपर्छ भन्ने लागेन।

received 540556480809354

त्यसपछि मलाई हेटौडाको लागि प्रस्ताव आयो। नेपाल सरकारको काजमा कति बस्ने भनेर दरबन्दी भएकै ठाउँमा जानुपर्यो भन्ने मनशायले हेटौडा गए।

हेटौंडा बस्दाको अनुभव

दुई बर्ष जति हेटौडामा बसेर हेटौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर कार्यभार सम्हाले । त्यसबेला पनि मलाई जनताहरूको सहयोग र साथ भरपुर मिल्यो । अहिलेको जुन हेटौडा अस्पतालको भवन बनिरहेको छ त्यो योजना बनाउने म नै हुँ। लगभग ५२ करोडको योजनाहरु पास गर्न सफल भएका थियौं । अहिले त्यो अस्पताल हेटौंडा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास भइरहेको छ र जुन मेरै पालामा कामहरु अगाडि बढेका थिए। हेटौंडा पछि म राप्ती प्रादेशिक अस्पताल दाङमा काम गर्न गए।

दाङमा बस्दाको अनुभव

करिब दुई वर्ष सम्म चलेको कोभिड–१९ महामारीमा बसेर काम गरे। त्यसबेला कोभिड महामारीमा ज्यानको बाजी थापेर भएपनि हामीले जनताको स्वास्थ्य सेवा दिनबाट पछि हटेनौ। निरन्तर महामारी भएपनि काममा खटियौँ । त्यो बेला कोभिडको बिरामीलाई र साधारण बिरामीलाई एउटै ठाउँमा राखेर उपचार कसरी गर्ने भनेर समस्याहरु बढ्दै गएका थिए। सरकारले पनि प्रत्येक प्रदेशमा छुट्टै कोभिड अस्पताल बनाउने भन्ने निर्णय गर्यो। त्यसपछि प्रदेश मुख्यमन्त्री सँग सल्लाह गरेर एउटा प्रदेश स्तरीय छुट्टै कोभिड अस्पताल खोल्यौ।

त्यसपछि हामीले राता–रात दुइ दिनको अवधिमा सय बेडको अस्पताल बनायौं। त्यतिबेला कोभिड भन्ने बित्तिकै प्लेनमा चढेको बिरामीलाई पनि कोभिड हो भनेर नजिक जान पनि हम्मेहम्मे पर्थो । टाढै बसेर भएपनि उपचार गर्नुपर्ने अवस्था आएको थियो। त्यतिबेला कोभिड भएका बिरामीलाई गाउँ – गाउँबाट खोजेर हस्पिटल लानुपर्ने अवस्था थियो। पहिलो कोभिड पोजेटिभ केश आउने बेलामा धेरै गाह्रो भयो, जुन एम्बुलेन्समा राखेर ल्याउनु पर्ने अवस्था थियो। कोभिड अस्पतालमा हामीले लगभग त्यति बेला १२ देखि १३ सय कोभिडका विरामि राखेर उपचार पछि घर पठाएका थियौं। त्यति गर्दागर्दै पनि ६० देखि ७० को हाराहारीमा कोभिड संक्रमितले ज्यान गुमाए । त्यति बेला दाङलाई ५ नम्बर प्रदेश भन्थे, अहिले आएर लुम्बिनी प्रदेश भएको छ

अन्तमा म के भन्न चाहन्छु भने दुर्गममा बस्दा धेरै चुनौतीका बाबजुद नेपाली जनतालाई कम साधन स्रोतमा पनि सुलभ स्वास्थ्य सेवा दिन सक्यौ भने त्यहाँका जनतालाई धेरै राहत हुने थियो। मैल जुन पन्ध्र वर्ष जनताको सेवा गरेपनि अझै पनि धेरै काम गर्नुपर्नेछ। सरकारले जनताको लागि निशुल्क स्वास्थ्य दिन सकोस भन्ने चाहना छ । कोभिड महामारीको बेलामा मेरो कामको मुल्यांकन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले प्रबल जनसेवाश्री पदकबाट पनि सम्मान गरेको थियो।

म अहिले स्वास्थ्य विभाग अन्तर्गतको उपचारात्मक महाशाखाको आखाँ, नाक, कान र मुख स्वास्थ्य सम्बन्धी शाखामा प्रमुख भई तीन महिना देखि कार्यरत छु। यसै बिचमा मेरो एघारौं तहमा बढुवा भएको छ। यसपछि मेरो पोष्टिङ कता हुन्छ यो हेर्न बाँकी नै छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sarbesh SharmaMehalkuna Hospital SurkhetRapti hospitalTraining center hetauda
SummarizeShare324ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    697 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.