Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.)को मापनको उपयोगिता र बिरामीको उपचारमा यसको प्रयोग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 11, 2020
in Articles
Reading Time: 1 min read
A A
0
कोरोना जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.)को मापनको उपयोगिता र बिरामीको उपचारमा यसको प्रयोग
635
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा.श्रवण कुमार मिश्र

रियल टाइम पी.सी.आर. प्रबिधिद्वारा गरिने जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.को मात्रा) भनेको भाइरसको टार्गेट जिनको मात्रा भेटिएर बैकग्राउण्ड लेभेल पार गरी फ्लोरिसेन्ट सिग्नल देखिएर कर्भ /धर्को देखा पर्नु हो | जुन मात्रा वा नम्बर (सामान्यतया ५-३५) मा फ्लोरिसेन्ट सिग्नल देखिएर कर्भ /धर्को देखा पर्दछ त्यो नम्बरलाई सी.टी.को मात्रा भनिन्छ । साइकल थ्रेशहोल्ड (सी.टी.) पी.सी.आर.मा सामान्यतया प्रथम साइकल देखि चालिस साइकल सम्म प्रोग्राम गरिएको हुन्छ ।

सुरुको पाँच सी.टी को मात्रा र पछिल्लो पाँच सी.टी को मात्रालाइ नन स्पेसीफिक सिग्नलको रुपमा मानिन्छ । छैठो सी.टी को मात्राको मापन देखि पैतिस सी.टी को मात्राको मापनलाइ विश्लेषण गरेर भाइरसको मात्रा अर्थात् त्यसको गणनाको आधारमा सम्मानतया भारल लोड प्रति मिलिलिटर आयतनमा मात्रा निर्धारण गरिन्छ । नमुनामा भएको आर. एन. ए./ डी.एन.ए. मा भएको टार्गेट जिनलाइ पी.सी.आर. उपकरणमा जांच गर्ने क्रममा एक साइकल कम्तिमा तिन किसिमको तापक्रममा जिनको मात्रा बढाउने कार्य गरिन्छ ।

जति थोरै साइकल थ्रेशहोल्ड (सी.टी.) मा पी.सी.आरको कर्भ /धर्को देखिन्छ त्यति बढी भाइरसको मात्रा हुन्छ । जति थोरै सी.टी को मात्रा हुन्छ त्यति बढी भाइरसको मात्रा हुन्छ र जति धेरै सी.टी को मात्रा हुन्छ त्यति थोरै भाइरसको मात्रा हुन्छ ।

भाइरल लोड सामान्यतया रगतमा जांच गरिन्छ र त्यस्तो भाइरसमा गरिन्छ जुन भारस शरीरको रगतमा वा अन्य तरल पदार्थमा समान रुपमा फैलिएको हुन्छ । जुन भारसको मात्रा कुनै रोगमा बढ्दै जान्छ, र आफै घटेर जादैन जस्तै एच. आइ. भी., हेपाटाईटिस बि.लगायत अन्य भाइरसमा गरिन्छ ।‌ सामान्यतया स्वास प्रस्वास भाइरसहरु जस्तै करोना , इन्फ़्लुएन्जा, मौसमी रुघाखोकी गराउने भारसको सन्दर्भमा भारल लोड प्रति मिलिलिटर आयतनमा मात्रा निर्धारण गर्ने भएको हुनाले सी. टी. मात्राको प्रयोग गर्नु उपयोगी मानिदैन । अर्को कुरा यस्तो भाइरस आफै समय अनुसार घट्दै जान्छ र थोरै समय मात्र भाइरसको मात्रा बढ्ने हुनाले यस्तो भाइरसमा भाइरल लोड वा सी. टी. मात्राको उपयोगिता मानिदैन ।

साथै करोना भाइरसको पी. सी. आर. जांच भाइरस पता लगाउनको लागि गरिन्छ । यसमा जांच गरिने चार किसिमको जिनहरु मध्ये कुन जिनको मात्रालाइ रिपोर्ट गर्ने अहिले सम्म अनुसन्धानले निर्क्यौल नगरेको अवस्थामा सी. टी. मात्राको रिपोर्ट गर्नु उपयुक्त हुदैन ।भारल लोडको लागि रियल टाइम पी.सी. आर.को जांच गरेको भए तापनि त्यसको उपयोगिता नबुझ्नेले सी. टी. मात्राको कुरा गर्ने र परिक्षण बिश्लेसन गर्न नसक्नेले वा नजानेकोले सी. टी. मात्राको रिपोर्ट गर्ने गर्दछ ।‌

यसले उपचारमा कुनै किसिमको असर पार्दैन । लक्षणको नरमपन वा कडापनको आधारमा उपचार हुनुपर्छ । सी. टी. मात्राको आधारमा कुनै संक्रमित व्यक्तिको रोग सार्ने वा नसार्ने वा दुरी कायमको संबधमा निर्णय गर्दा घातक साबित हुन् सक्छ ।

[डा.मिश्रहालप्रदेश न.२ जनकपुर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका  निर्देशक हुनुहुन्छ।]

Tags: #kathmanduCorona Virus #Covid19Dr.shrawan Kumar mishraViral load
SummarizeShare283ScanTweet147

Related articles

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    874 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.