Magnus pharma
आज: २०८२ चैत्र १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वस्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु बारे

शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने कार्यहरु

HNN Staff by HNN Staff
September 8, 2020
in Articles
Reading Time: 1 min read
A A
2
Helping Children Prosper and Be happy

Helping Children Prosper and Be happy

608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा हार्दिक नमस्कार, मेरो नाम टु कुमार पन्त हो, म धनगढी उपमहानगरपालिका वडा न. ३ धनगढीमा वस्दछु । म ऐश्वर्य विध्या निकेतन धनगढी, हसनपुरवाट कक्षा नौ पास गरि हाल दश कक्षामा अध्ययन गर्ने विध्यार्थी हु, तर लकडाउन को कारण विध्यालय वन्द रहेकोले हाल घरमै वसिरहेको छु । मेरो उमेर १६ वर्ष हो ।

Two Kumar Pant
Two Kumar Pant

श्रीमान मूल्याङन समितिका अध्यक्षज्यू, मूल्याङकन समितिका सदस्यज्यूहरु तथा उपस्थित सम्पूर्ण गन्यमान्य व्यक्तीत्वज्यूहरु,
आज म राष्ट्रिय वाल दिवश २०७७ को उपलक्ष्यमा सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकाश मन्त्रालयले वाल दिवसको उपलक्ष्यमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन गईरहेको छु ।

यो वर्षको वाल दिवसको नारा : विपदमा वाल अधिकारको सुनिश्चतता : हामी सवैको साझा प्रतिवद्धता रहेको व्यहोरा सवैमा जानकारी गराउन चाहन्छु । सोही शिलशिलामा सामाजिक विकाश मन्त्रालयले आयोजना गरेको आजको वक्तृत्वकलाको शीर्षक: कोभिड– १९ ले वालवालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्युनिकरणका उपायहरुवारे म आफनो कुरो राख्न चाहन्छु ।

महोदय,
वालअधिकार सम्वन्धी अन्र्तराष्ट्रिय महासन्धि १९८९ को भाग १ को धारा १ अनुसार १८ वर्ष मुनी उमेर भएका व्यक्तीहरुलाई वालवालिका भनेर परिभाषित गरिएको छ ।

हाल विश्वको कुल जनसंख्या ७ अरव ८० करोड रहेकोमा त्यस्को करीव २९ प्रतिशत (२ अरव २७ करोड) जती १८ वर्ष मुनिका वालवालिकाको संख्या रहेको छ । नेपालको हालको जनसंख्या २ करोड ९२ लाख जती रहेको र त्यस्को करीव ३० प्रतिशत (८८ लाख) जति १८ वर्ष मुनीको संख्या वालवालिकाको रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु , सुदूर पश्चिम प्रदेशको जनसंख्याको कुरा गर्ने हो भने हाल करीव २९ लाख कूल जनसंख्या रहेको छ । यस प्रदेशमा पनी ८ लाख ७० हजार जती १८ वर्ष मुनीका वालवालिकाको संख्या रहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विपद भन्नाले छोटो वा लामो समय सम्म गम्भीर किसिमको मानव, भौतिक, वातावरण तथा आर्थिक क्षति हुने र प्रभावित समुदायले आफनै स्रोत साधनले प्रतिकार वा व्यवस्थापन गर्न नसक्ने अवस्थालाई जनाउदछ । जस्तै: भूकम्प, वाढी, पहिरो, चटयाङ, अतिवृष्टि, अनावृष्टि, लू, तूफान (Cyclones/Storm) तथा रोगको महामारी आदि विपदका उदाहरण हुन ।

नेपालको संविधान २०७२ को धारा ३९ मा वालवालिकाको हक अन्र्तगत उपधारा १ देखी १० सम्म वालवालिकाको शिक्षा स्वास्थ्य लगायत सर्वाङगीण व्यक्तीत्व विकाश आदि हकहरु उल्लेख गरिएको छ, ।

संविधानकै धारा ३१ मा शिक्षा सम्वन्धी हक र उक्त धाराको उपधारा १ देखि ५ सम्म आधारभूत शिक्षाको पहुच हुने तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक आदिको व्यवस्था गरिएको छ ।

शिक्षाको साथसाथै वालवालिका समेतको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्वन्धी हकको व्यवस्था गरिएको व्यहोरा अवगत गराउन चाहन्छु । सोही धाराको उपधारा १ देखी ४ सम्म आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवा वाट कसैलाई वंचित नगरिने आदि व्यवस्था गरिएको छ ।

कोभिड १९ को परिचय
२०१९ को मध्यवाट चिनको वुहानवाट शुरु भएको कोभिड—१९ को विश्वव्यापी महामारी तिव्ररुपमा फैलिदै पाकिस्तान, ईरान, ईटली अमेरिका भारत हुदै नेपाल लगायत विश्व भरी फैलिएको छ । यो रोग नियन्त्रण र रोकथाम का लागी विश्वभरि नै लकडाउन, निषेधाज्ञा, क्वारेन्टाईन, होम क्वारेन्टाईन, आईसोलेसन, होम आईसोलेसन, सामाजिक दुरी, मास्कको प्रयोग, सावुन पानी वा स्यानिटाईजरले हात मिचिमिची धुने र भिडभाड नगर्ने आदि गतिविधि हुदै आएका छन । कोरोनाको शंकास्पद व्यक्तीको नाक र घाटीवाट स्वाव संकलन गरि पि.सि.आर. परिक्षणको लागी सुविधा भएको प्रयोगशालामा परिक्षण गरि संक्रमण निदान गर्नेर्े कार्य नेपाल लगायत विश्वभरि भईरहेको छ । लक्षण देखिएका व्यक्तीहरुको अस्पतालहरुमा उपचार भईरहेको छ भने लक्षणविहिन व्यक्तीहरुलाई आईसोलेसन वा होम आईसोलेसनमा राखी व्यवस्थापन भईरहेको देखिन्छ ।

Washing campaign

विश्व नै कोभिड—१९ संक्रमणले आक्रान्त भएको वेला १८ वर्ष मुनिका वालवालिका लगायत, गर्भवति, सुत्केरी, अपाङ्गता भएका व्यक्तीहरु, जेष्ठ नागरिकहरु र दिर्घरोगीहरु समेत यो रोगको वढी जोखिममा रहेका छन भने भविष्यका कर्णाधार वालिवालिका यो रोगको चपेटावाट मुक्त रहन सकेका छैनन ।

कोरोना भाईरस डिजीज (छोटकरीमा कोभिड १९) भन्ने एक किसिकमको भाईरसवाट सर्ने नया सरुवा रोग हो, जुन रोगको किटाणु सन २०१९ मा चिनमा पत्ता लागेको हो । यो श्वाशप्रश्वासको माध्यमवाट संक्रमित व्यक्तीले खोक्दा, हाच्छियु गर्दा नजिकमा रहेका स्वस्थ्य व्यक्तीलाई श्वास लिदा एक व्यक्तीवाट अर्को व्यक्तीमा सजिलै सर्दछ । यो रोगका मुख्य लक्षणहरु ज्वरा आउने, खोकी लाग्ने र स्वाश प्रश्वासमा समस्या आउनु हो भने सहायक लक्षणहरुमा थकाई लाग्ने, जीउ दुख्ने, आलस्य उत्पन्न हुन, घाटी दुख्ने, टाउको दुख्ने, स्वाद थाहा नहुने हो भने कसै कसैलाई झाडापखाला वा वान्ता समेत हुन सक्ने हुन्छ ।

हालसम्म विश्वमा २ करोड ७० लाख मानिसहरुमा यो किटाणुले संक्रमण गरेको छ , ८ लाख ८४ हजारको मृत्यु भईसकेको छ भने १ करोड ९२ लाख मानिसहरु यो संक्रमणवाट निको भईसकेका छन । हाल ६९ लाख ९७ हजार जती सक्रिय केशहरु रहेका छन, जसमध्ये ९९ प्रतिशत (६९ लाख ३७ हजार) को स्वास्थ्य अवस्था सामान्य रहेको छ भने १ प्रतिशत (६० हजार १२७ जना) मा गम्भीर किसिमका लक्षण चिन्हहरु देखिएर उपचारमा रहेका छन ।

नेपालमा हालसम्म ४५ हजार २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८० जनाको मृत्यु भईसकेको छ , २७१२७ जना निको भैसकेका छन वाकी रहेका व्यक्तीहरु सक्रिय संक्रमणको अवस्था मा रहेका छन ।

सुदुरपश्चिम प्रदेशको सन्दर्भमा हेर्ने हो भने हालसम्म ६०१८ जनामा संक्रमण पुष्टी भएको, ११ जनाको मृत्यु भएको र ५१९८ जना निको भएका तथा ८०९ जना अहिले पनी सक्रीय संक्रमणको अवस्थामा रहेको कुरा अवगत गराउन चाहन्छु ।

जम्मा संकमित मध्ये करीव ३० प्रतिशत जति वालवालिका मा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।

यो रोगको निदान महंगो प्रविधि पि.सि.आर. वाट हुने गरेको र रोग लागी सकेपछी हाल सम्म कूनै अचूक औषधी उपचारको व्यवस्था नभएको र लाक्षणिक उपचारमात्रै हुने गरेकोछ भने हाल सम्म यो रोग विरुद्धको प्रभावकारी खोप समेत पत्ता लागेको छैन ।

अव म कोरोना संक्रमण को कारणले शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव वारे भन्न गईरहेको छु ।

विश्वव्यापि तिव्ररुपमा फैलिरहेको कोरोनाको महामारी र यस्को सन्त्रासले विश्व भरि शिक्षाक्षेत्र, स्वास्थ्यक्षेत्र र सामाजिक—आर्थिक क्षेत्र लगायत सवै क्षेत्रलाई नराम्रोसग प्रभावित पारेको छ ।

यो रोगको संक्रमण नफैलियोस भनी विश्व स्वास्थ्य संगठनले सुझाएका रोकथाम तथा नियन्त्रणका उपायहरु विश्व भरि लागू गरिएका छन, मानिसहरुको एक देश वाट अर्को देश र एक ठाउवाट अर्को ठाउमा आवतवजावत रोक्न शुरुमा लकडाउनको घोषणा गरिएको थियो । नेपालमा पनि २०७६ चैत्र ११ गतेवाट हालसम्म देश भरि लकडाउनको अवस्था कायम रहेको छ । देशमा लकडाउन प्रभावकारी हुन नसकेको र तराईका जिल्लाहरु तथा काडमाण्डौ उपत्यकामा हालका दिनहरुमा कोरोना संक्रमण दिनानुदिन वढदै गईरहेकोले केही जिल्लाहरुमा निषेधाज्ञा सम्म गर्नु परेको अवस्था सवै सामु छर्लङ्ग नै छ ।

यस्तो विषम परिस्थितिमा भारत लगायत जोखिम क्षेत्रवाट आएका नागरिकहरुवाट समुदायमा कोरोना नफैलियोस भनी सरकारले विध्यालयहरुलाई क्वारेन्टाईन वनाएको अवस्था एकातिर छ भने विध्यालयमा अध्ययन अध्यापन गराउदा भिडभाड हुने र यसरी भिडभाड हुदा विध्यार्थी तथा शिक्षकज्यूहरुमा कोरोना सर्ने डरले विध्यालयहरु वन्द रहेको अवस्था अर्को तर्फ रहेको छ । दुर्गम पहाडी र हिमालि जिल्लाहरुमा त कोरोना पोजेटिभ भएकाहरुको लागी आईसोलेसन सेन्टर समेत विध्यालयहरुमा व्यवस्थापन गरिएको छ । लामो समय विध्यालय जान नपाउदा र पढाई ठप्प हुदा हामी जस्ता विध्याथीरुहरुको एकातिर शैक्षिक सत्र नै खेर जाने अवस्था रहेको देखिन्छ भने अर्को तर्फ पढाई नहुदा ज्ञान हासिलमा नकारात्मक प्रभाव परिरहेको छ ।Sneeze safety

सरकारले अनलाईन, टिभी, तथा रेडीयोवाट अध्ययन अध्यापन गर्न गराउन समेत नेपाल जस्तो देश जहा सवै विध्यार्थीको पहुचमा उक्त सुविधा नरहेकोले शिक्षा क्षेत्र र शिक्षा प्राप्त गर्ने विध्यार्थी र शिक्षा प्रदान गर्ने अध्यापक ज्यूहरुलाई नराम्रोसग चपेटामा पारेको छ । प्राईभेट विध्यालय का शिक्षकहरुले तलव भत्ता समेत हाल सम्म भुक्तानी हुन नसकिरहेको र परिवार पाल्ने समस्या एकातिर विध्यमान छ भने अर्कोतिर पढाई नै नभैकन विध्यार्थीका अभिभवकाले फी तिर्न पनी नमान्ने अर्कोतिर समस्या रहेको छ । सरकारी विध्यालयहरुका अध्यापकहरु पनी यो समस्या वाट केही न केही रुपमा प्रभावित नै भएको पाईन्छ । वाहिरी जिल्लावाट शहरमा आएर अध्ययन गर्ने विध्याथीहरुलाई कोठा भाडा समेत त्यत्तीकै तिनुपर्ने अवस्था रहेको छ ।

स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने कोभिड १९ को कारणले वालिवालिको शारिरिक, सामाजिक तथा मानसिक स्वास्थ्यमा गंभीर असर पारेको छ । जम्मा संक्रमित मध्ये करीव ३० प्रतिशत भन्दा वढी वालवलिकाहरुकमा कोरोनाको संक्रमण फैलिएको अनुमान गरिएको छ । वालवालिकाहरुको रोगसग लडने प्रतिरोधक क्षमता वयस्कहरुको भन्दा कम हुने, अझै गरिव र कुपोषित वालवालिकामा त रोग सर्ने संभावना झनै वढी हुने भएकोले रोग हुने र मृत्यु हुने दर वालवालिकामा वढी भईरहेको छ । अर्को तिर कोरोनाको सन्त्रास समाजमा व्याप्त भएकोले कोरोना प्रभावित वालवालिका तथा उस्को परिवारलाई समाजवाट माया र सदभाव तथा सहयोगको सटटा घृणा र चरम सामाजिक विभेद भई वालवालिकाहरुको सामाजिक स्वास्थ्य समेत नराम्रो सग प्रभावित भएको कसैवाट छिपेको छैन । कोरोना लागेको परिवारलाई हेय तथा छिछि दूर दूर गर्ने र निको भईसकेपछी पनी सडकमा हिडदा समेत निजवाट कोरोना सरीहाल्ने हो कि भन्ने मानसिकता समाजमा व्याप्त रहेको देखिन्छ ।

जोखिम क्षेत्रका वालवालिकाले आफनो गृह जिल्ला जादा अव्यवस्थित कवारेन्टाईनमा १४ दिन वस्दा होस वा संक्रमित भईसकेपछी अव्यवस्थित आईसोलेसनमा वस्दा होस वा रोगको कारण थला परेको अवस्था होस वा सामाजिक विभेद तथा घृणाको कारण नै किन नहोस मानसिक पिडा र डिप्रेसन जस्ता समस्या वालवालिकाहरुमा परि केहीले आत्महत्या समेत गरेको उदाहरणहरु पत्रपत्रिका तथा समाचारवाट सुन्न पाईएको छ । संक्रमित वालवालिकाहरुको उपचारको लागी अस्पताल जादा समेत स्वास्थयकर्मीहरुले आफूलाई कोरोना सर्छकी भन्ने डरले वालवालिकाको उचित उपचार र मधुरवोली नसुन्दा विरामी वालवालिकाको मन झनै खिन्न हुने र स्वास्थ् अवस्था झन खराव हुने गरेको पाईएको छ ।

अस्पतालहरु मा उचित तथा पर्याप्त वेड, जनशक्ती र आधुनिक औजार उपकरण र औषधीको अभाव भए पनी हालका दिनमा सरकारले सवै कुरामा अभिवृद्धि गरिरहेका पाईएको छ तथापी यो सवेवा भफै पर्याप्त छैन । कारोना रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपायहरु उलघंन भईरहेकोले संक्रमण दर दिनानु दिन वढीरहेको छ । कोरोना संक्रमणको कारण व्यापार, उध्योग, कलकारखाना तथा व्यवसाय समेत चौपट रहेको, कृषी क्षेत्रमा समेत मल खाद लगायत दक्ष जनशक्ती समेत उपलव्ध नभएको कारण उत्पादनमा नकारात्मक असर परेको छ, समग्रमा देशको कूल ग्राहस्थ उत्पादनमै नकारात्मक असर परि नेपाल लगायत विश्क अर्थतन्त्र नै धरमराएको अवस्था विश्व वैकले प्रकाशित गरेको डाटा वाट अवगत गर्न सकिन्छ ।

अव म कोभिड– १९ न्युनिकरणका उपायहरुवारे म आफनो कुरो राख्न चाहन्छु ।

श्रीमान,
कुनै पनी रोगको संक्रमण दर को तिव्रता, उक्त रोगको किटाणुले मानिसलाई रोगको चिन्ह लक्षण सहित रोगी वनाउन सक्ने क्षमता, रोगको कारण विरामी भै थला पर्ने समयावधी, रोगको निको हुन दर, रोगको कारण शारिरिक तथा मानसिकरुपमा हुने अपाङ्गता तथा रोगको कारणले हुने मृत्युदर गरी ६ वटा आधार वनाई कुनै पनी रोग कति गम्भीर किसिमको छ भनी विश्लेषण गर्ने प्रचलन हुन्छ , कोरोनाको सन्दर्भमा हेर्न हो भने यस्को संक्रमण तिव्र वा वढी भए पनी अन्य ५ वटा आधारहरु एकदमै न्यून भएकोले विश्वभरी र नेपालमा कोरोनाको वारेमा जे जस्तो सन्त्रास फैलाईएको छ त्यो युक्ती संगत भएको देखिदैन । तथापि यो रोग विश्वमै नया रोग भएकोले हामी सवैले उच्च सर्तकता, सावधानी का साथसाथै रोकथाम, नियन्त्रण र उपचार गर्ने उचित व्यवस्था गर्नु नै वुद्धिमानी ठहर्छ ।

शिक्षा क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न तपशील अनुसारका कार्यहरु गर्दा उचित हुने व्यहोरा अनुरोध गर्दछु
१. विध्यालयहरुलाई क्वारेन्टाईन र आईसोलेसन सेन्टर नवनाई क्वारेन्टाईन र आईसोलेसको वैकल्पिक व्यवस्था गरिनु पर्दछ ।
२. यो रोग को मृत्युदर अन्य कतिपय समाजमा विध्यमान सरुवारोग र नसर्नेरोगहरु भन्दा अति नै न्यून अथवा एक प्रतिशत भन्दा पनि कम भएकोले “सरभाईभल अफ द फिटेस्ट” भन्ने डार्विनको सिद्धान्तलाई समेत मध्य नजर गरि कोरोना रोग विरुद्धका सावधानी अपानाई विध्यालयहरुलाई विस्तारै अध्ययन अध्ययपन गर्न खुला गरिनुपर्दछ ।
३. केही नहुनु भन्दा केहि हुनु जाति भने जस्तै अनलाईन, टिभी तथा रेडीयो वाट तुरुन्तै कक्षा संचालन गरिनु पर्दछ, र सर्व विध्यार्थीलाई दूर शिक्षाको पहुचमा ल्याउन उचित उपाय अवलम्वन गरिनु पर्दछ ।
४. क्क्वारेन्टाईन र आईसोलेसन रहेका विध्यालयहरुलाई निर्मलिकरण गरिनु पर्दछ ।
५. प्राईभेट विध्यालयका शिक्षकहरुलाई राहत प्रदान गरिनु पर्दछ, साथसाथै सरकारी विध्यालयका राहत दरवन्दी आदिमा काम गर्ने शिक्षकहरुलाई समेत उचित क्षतिपूर्ति दिई निजहरुको परिवारका सदस्यहरुलाई लालनपालन गर्न सक्ने व्यवस्थाको लागी आर्थिक सहयोग गरिनु पर्दछ ।
६. सक्ने र क्षमता भएका अभिभावकहरुले स्वईच्छाले वैशाख देखीको फी तिरी विध्यालय र अध्यापकहरुलाई सहयोग गरिनु पर्दछ ।
७. खालि दिमाग शैतानको घर भने जस्तै विध्यार्थीहरुलाई भरमै भए पनि अभिभावकले नियमित निगरानी गरि पढने र सिक्ने वातावरण कायम गरिनु पर्दछ, घरायसी काममा समेत वालवालिकालाई संलग्न गराई व्यस्त राख्नु पर्दछ ।

स्वास्थ्य क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न तपशील अनुसारका कार्यहरु गर्दा उचित हुने व्यहोरा अनुरोध गर्दछु

Washing hands
Washing hands

१. कोरोना के हो र के होइन यस्को वारे एफ.एम, टिभी, पत्रपत्रिका, अनलाईन, फेसवुक आदि संचार माध्यमवाट व्यापकरुपमा यस्को सत्य तथ्यतावारे जनचेतना अभिवृद्धि गरिनु पर्दछ ।
२. कोरोना को उच्च जाखिमवाट आएका वालवालिकाहरुलाई क्वारेन्टाई वा होम क्वारेन्टाईनमा उचित वसावास, पोषण युक्त खाना, सरसफाई, मनोरंजन आदिको व्यवस्था गरि एक आपसमा रोगको संक्रमण नफैलिने उचित व्यवस्था गरिनुपर्दछ ।
३. कोरोना पोजेटिभ आएका वालवालिकाहरुलाई पनी उचित स्याहार, सुसार, खानपान, मानसिक तनाव कम गर्न वातवारण आदि कायम गरिनु पर्दछ । लक्षण चिन्ह देखिएकाहरुको हकमा विषेश लाक्षणिक उपचार सहति उचित हेरचाह र मायाको वातावरण सृजना गरिनु पर्दछ ।
४. कोरोनाको वारेमा प्रचार भईरहेका मिथ्या कुराहरुलाई चिरी सामाजिक सदभाव र सहयोग वढाउन सम्वन्धीत सरोकार निकायहरु जस्तै संघिय सरकार, प्रदेह सरकार र स्थानिय तहले विशेष भूमिका खेल्नु पर्दछ ।
५. व्यक्तीगत सुरक्षा साम्रगीहरुको उपलव्धता, औषधी, ओजार उपकरण तथा निदान गर्ने व्यस्था सजिलो र सहज गरिनु पर्दछ ।
६. माानसिक स्वास्थ्य सग सम्वन्धीत उचित शिक्षा र परार्मश वृहदरुपमा संचालन गरिनुपर्दछ ।
७. सामाजिक भेदभाव तथा घृणा फैलाउने, सेवा दिईरहेका स्वास्थ्कर्मीलाई माथि आक्रमण गर्ने व्यक्तीहरुलाई प्रचलित कानूज वमोजिम कडा भन्दा कडा कारवाही गरिनु पर्दछ ।
८.अस्तपालहरुमा कोरोना संक्रमण भएका वा रोगका चिन्ह लक्षण देखिएका वालवालिकहरुको लागी विशेष किसिमको उच्च सुविधा सहितको वार्ड स्थापना गरि उपचार सेवा दिईनु पर्दछ ।

अन्तमा, कोरोना संक्रमणको विश्वव्यापि महामारी लाई रोकथाम तथा नियन्त्रण गर्न विश्वस्तरमा सक्ने ले नसक्नेलाई सहयोग गर्नुपर्दछ । शान्ति र विश्ववन्धुत्व को भावना कायम राख्दै सवै मिलि यो महामारीवलाई परास्त गर्नु आजको आवश्यकता देखिएको छ ।

महामारीको कारण सम्पूर्ण मानव जाति अझै विशेष गरि भविष्यका कर्णधार वालवालिकाहरुलाई यो जोखिमवाट वचाई वालवालिकाहरुको शिक्षा र स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई समयमै हटाई, देशको सामाजिक आर्थिक अवस्थालाई सदृढ गर्दै संविधानले दिएको वालवालिका सम्वन्धी हक तथा अधिकारहरुको पूर्ण कार्यान्यनमा सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, समाज, परिवार तथा व्यक्ती विशषले समेत सकारात्मक भूमिका खेलुन भन्ने आग्रहका साथ मेरा भनाईहरु यहि टुग्याउदछु । धन्यवाद, नमस्कार ।


लेखक एवं प्रस्तुतकर्ता :
नाम: टु कुमार पन्त, ठेगाना: धनगढी उपमहानगरपालिका, वार्ड नं ३, हसनपुर, कैलाली
कक्षा: १०
विद्यालयको नाम: श्री ऐश्वर्य विद्या निकेतन, धनगढी उपमहानगरपालिका, वार्ड नं ५, हसनपुर, कैलाली

Tags: Child HealthCorona Virus #Covid19Mental Health
SummarizeShare256ScanTweet147

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    652 shares
    Share 261 Tweet 163
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    666 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.