Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड – १९ दोस्रो लहर, जे मैले देखेँ र भोगेँ – डा. कपिल गौतम #CovidExperience

HNN Staff by HNN Staff
June 26, 2021
in Articles
Reading Time: 3 mins read
A A
0
Dr Kapil Gautam Senior Consultant Anesthelogist and Critical Care Specialist

Dr Kapil Gautam Senior Consultant Anesthelogist and Critical Care Specialist

637
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. कपिल गौतम
बरिष्ठ कन्सल्टेण्ट एनेस्थेसियोलोजीस्ट
एवमं क्रिटिकल केयर स्पेसलिष्ट
हाल कार्यरतः सेती प्रादेशीक अस्पताल, धनगढी

कोभिड—१९ को पहिलो लहर सिद्घिएको केही समय पछि दोस्रो लहर शुरु हुने संकेत जब देखिन थाल्यो, तब बिस्तारै कोभिड बिरामीहरु बढ्दै गए। हामी सेती प्रादेशीक अस्पताल, धनगढीमा कार्यरत स्वास्थ्यकर्मीहरु सतर्क र तयारी अवस्थामा थियौं । हामीलाई थाहा थियो अब फेरी महामारीको अर्को छाल संग जुध्नुपर्ने छ, त्यसका लागी आफुलाई शारीरिक र मानसीक रुपमा तयारी अवस्थामा राख्नुपर्ने छ र हामी तयार नै थियौ ।

म सेती प्रादेशीक अस्पतालमा एनेस्थेसियोलोजीष्ट तथा क्रीटीकल केयर विशेषज्ञको रुपमा कार्यरत थिए र म संगै मेरा सहकर्मी साथीहरु, फीजीसीएन, मेडिकल अधिकृत, नर्सिङ, प्यारामेडिक्स, हेल्परको एउटा संयुक्त टिम कोभिड बिरामीको व्यवस्थापनमा उत्रीयौं ।

कोभिड बिरामीको व्यवस्थापनको लागी हामी जनशक्ती सहीत यस अस्पतालका मे.सु को प्रयासमा आवश्यक पर्ने अक्सीजन भेन्टिलेटर, CPAP/ BIPAP मेसीनहरु, औषधी, अक्सीजन सप्लाई गर्ने सामानहरु, ल्याव, x-ray सुविधा, बिरामीलाई खाजा(खानाको व्यवस्था, उचित र व्यवस्थीत सरसफाई (फोहर व्यव्सथापन) लगायतका अन्य आवश्यक तयारीमा जुटीरह्यौ ।

कोभिड बिरामी विस्तारै वढ्दै गए, वढ्ने क्रम चलीरह्यो। कोभिड अस्पतालमा छुट्याईएका बेडहरु भरीदै गए। कोभिड केस बढ्दै क्रम संगै जटिल कोभिड बिरामीहरु पनि बढ्ने नै भए र ICU (15 Beded) बेडहरु भरीदै गए । सेती द्वारा संञ्चालीत कोभिड अस्पतालको बेड भरीएपछि कोभिड बिरामी राख्ने ठाँउको अभाव हुन थाल्यो, विस्तारै सेती अस्पतालको आकस्मीक वार्ड, कोरीडोर, भित्र, वाहिर सवै ठाउँमा हेर्दाहेर्दै कोभिडको विरामीले भरिन थाले । बिरामी बढे सगैं बिरामीलाई चाहिने औषधी एवमं मुख्यतया अक्सिजनको कमी हुन शुरु हुन थाल्यो ।

सेती अस्पतालमा संञ्चालीत एउटा अक्सीजन प्लान्टले धान्न सक्ने अवस्था रहेन र बिरामीहरु अक्सीजन विना छट्पटाउने अवस्था भयो । बिरामी वढ्ने क्रम जारी नै थियो र त्यसलाई मध्यनजर गर्दै सेती अस्पतालको अन्य बाँकी रहेका वार्डहरु लाई पनि कोभिड वार्डमा परीणत गरी कोभिड बिरामी राख्न थालियो र अक्सीजनको आपुर्तीलाई सहज तुल्याउन विभिन्न उपायहरु अवलम्वन गरीयो । जस्तै अक्सीजन कन्सन्ट्रेटर प्रयोग गर्ने, भएको अक्सीजन प्लान्टलाई २४ सै घण्टा शुचारु गर्ने, बढी अक्सीजन सिलिन्डरको व्यवस्था गर्ने, नेपालगंञ्ज वाट अक्सीजन सिलिन्डर भरेर ल्याउने, अक्सीजन उधोगवाट वढी भन्दा वढी सिलिन्डर सेती अस्पताललाई उपलव्ध गर्ने व्यवस्था मिलाउने आदी । यस्तै क्रम चलिरहदा केही समयपछी यस धनगढीमा संञ्चालित निजी अस्पतालहरुले पनि कोभिडका बिरामी भर्ना गरी सेवा दिन शुरु गरे र त्यसले केही राहतको अनुभव भयो ।CoronavirusmutantNepalvariant

कोभिड विरामीको उपचारको क्रममा विरामीलाई high flow oxygen(Non-rebreathing face mask, HFNC, Non-Invasive-CPAP/BIPAP) ले पनि शरीरमा अक्सिजनको मात्रा वढाउन नसकेको अवस्थामा Invasive Ventilator मा राख्नुपर्ने हुन्छ र म Anesthesiologist भएकोले गर्दा त्यो जिम्मेवारी पनि म लगाएर मेरा सहकर्मीहरुको थियो । हामीले यस बिचमा धेरै कोभिड बिरामीलाई भेन्टिलेटरमा राख्यौं तथा धेरै भन्दा धेरै बिरामीलाई वचाउन सकिएन । कोभिड ICU मा बिरामीहरु छट्पटाइरहेका हुन्थे, शरीरमा अक्सीजनको लेभल घटिरहेको हुन्थ्यो। बिरामीका आफन्तहरु विरामीलाई मुसारीरहेका हुन्थ्ये र पटक -पटक डक्टरहरु र नर्सहरुलाई एउटै कुरा सोधीरहेका हुन्थ्ये— मेरो विरामीको अवस्था कस्तो छ? ठिक हुन्छन्, हैन? बिरामीको अवस्था हेर्यो, oxygen saturation धेरै कम छ, chest x-ray हेर्यो फोक्सो पुरै damage (सेतो) छ, बिरामीको आफन्तलाई के भन्ने, के नभन्ने, कतीपय अवस्थामा अन्योलको स्थिति हुन्थ्यो ।

आफ्नै आँखा अगाडी अर्को बेडको विरामीलाई Intubation गरेर भेन्टिलेटरमा राख्दा राख्दै मृत्यु भएको छ, फेरी केही समयमा अर्को बेडको बिरामीले सास फेर्न छोडेको छ, त्यो दृश्य देख्दा ती अरु बिरामी र तिनका आफन्तको मनमा के कती कुरा खेल्दो हो ? के सोच्दा हुन ? थाहा छैन । एकातिर कोभिड—१९ ले फोक्सोमा पार्ने जटिक संक्रमण क्षती जसलाई हामी Severe ARDS भन्छौ जसवाट विरामीलाई वचाउन धेरै नै गाह्रोहुन्छ भने अर्कोतिर अक्सिजन लगायतको समस्या । पिडा त झन् तेती वेला हुँदो रहेछ जव युवा विरामी आफ्नो आँखा अगाडी एक्कासी गुमाउन पर्ने हुन्छ, कोभिड टेष्ट नेगेटिभ आएको बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उसको निधन हुन पुग्छ र चारैतिर रुवावासी हुन शुरु हुन्छ ।

Covid Management in Pandemic Era, कोरोना व्यवस्थापन
Covid Management in Pandemic Era, कोरोना व्यवस्थापन

एकातिर यो अवस्था थियो भने अर्को तिर कोभिड अस्पताल, कोभिड, आइसियु, वार्ड, इमरजेन्सीमा (ICU Ward Emergency) काम गर्ने स्वास्थ्यकर्मीको अवस्था झन् नाजुक थियो । यी सवै दृश्यहरु रातदिन आफ्नै आँखा अगाडी देखेका, लाचार भएका, कामको बोजले थालिएका, स्वयमं आफु र आफ्नो परीवार कोभिड संक्रमीत हुदाँ पनि ड्युटीमा खटिएका, वेला-वेलामा विरामीका आफन्तहरुले सोध्ने एउटै प्रश्न, गाली, धम्कीलाई चुपचाप सहदैं आफ्नो काममा लागी परेका बिशेष गरी नसीङ्गं स्टाफहरु हेर्दा लाग्दथ्यो उनीहरु अव धेरै थाकीसकेका छन्, उनीहरुलाई केही motivation को आवश्यकता छ। उनीहरु केही दिन त्यो वातावरणवाट छुटकारा चाहन्छन्, कुनै शान्त ठाउँमा केही पल विताउन चाहन्छन् ।

तर त्यो सम्भव थिएन त्यो परिस्थीमा जसरी पनि आफ्नो duty, responsibility निभाउनु पर्ने नै थियो, त्यसका लागी आफूलाई हरहालत तयारी नै राख्नु पर्ने अवस्था थियो । मैले आफूले सकेको, समयले भ्याएसम्म सबै स्टाफहरुलाई motivate गर्ने प्रयास गर्दथे, उनीहरुमा energy थप्ने काम गर्दथे, हामी अब यी सबै परीस्थीतीमा आफूलाई संयम राख्नु पर्छ, यस्तो अवस्थामा पनि काम गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ, अब त कोभिडको incentive पनि पाउने भएका छौं, आदी—इत्यादी; तर खै त्यो covid incentive अहिले सम्म कसैले पाए जस्तो लाग्दैन ।

अक्सिजन सिलिन्डर लिएर कुदिरहेको नर्स विरामीका आफन्तहरु, सेती अस्पतालको अक्सिजन प्लान्ट अगाडी oxygen cylinder लिन तछाड—मछाड एवमं झगडा गर्दै गरेका बिरामीका आफन्तहरु, एउटा अक्सिजन सिलिन्डर बाट ५ मिनेट एक जना बिरामीले र अर्को ५ मिनेट अर्को विरामीले O2 mask मुखमा लगाएका दृश्यहरु, सिम-सिम पानी परीरहेको अवस्थामा पनि सेती अस्पताल Emergency ward बाहिर वसेर oxygen mask लगाएर बाँच्नको लागी ठूलो संङघर्ष गरीरहेको ती विरामीहरु, oxygen plant तातेर केही समयको लागी विग्रीएर वा oxygen flow कम भएर रातभरी AMBU (हातले गरीने क्रृतीम स्वास—प्रस्वास प्रक्रीया) गरेर बसेका ती थकित नर्सहरु, लामो कोशिस गर्दा पनि बचाउन नसकीएका ती केही बिरामीहरु, आदी—इत्यादी यी मेरा केही यो कोभिड दोस्रो लहरमा मन- मस्तिष्कमा गडेका केही अवीस्मरणीय सम्झनाहरु थिए ।received 531465034545425

यसै परिवेश विचमा लगभग २ महीना पछी कोभिड केस बिस्तारै कम हुन थाल्यो। त्यस संगै जटिल केस पनि कम भए। मृत्यु हुनेको संख्या विस्तारै घट्न थाल्योे, अक्सिजन लगायत अन्य ब्यबस्थापनमा पनि सुधार हुदैे गयो र बिस्तारै सहज स्थीति आउँदै छ। अहिले र यो संगै अर्को कोभिडको सम्भावीत अर्को wave संगै जुध्नको लागी यो पटकको अवस्थावाट केही पाठ सीकेर अझ व्यवस्थीत भएर अघी वढ्नु छ । तयार हुनु छ ।

यस विषय परिस्थितिमा विभीन्न ठाउँबाट यस सेती प्रादेशीक अस्पताललाई बिभिन्न तरीकाले सहयोग गर्नुहुने ती सहयोगी हातहरुलाई धन्यवाद दिदैं अगामी दिनहरुमा पनि सहयोग साथ रहने छ भन्ने कामना गर्दै र विशेष यस अवस्थामा अहोरात्र खटिएका यस अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (जसले हामीले दिएको सुझाव, सल्लाहलाई पुरा गर्न कहिल्यै पछि पर्नु भएन), प्रशासनका कर्मचारीहरु, अक्सिजन व्यवस्थापनका कर्मचारीहरु, एम्बुलेन्स चालकहरु, ल्याव एक्सरेका कर्मचारीहरु, इमरजेन्सी सेवा व्यवस्थीत राख्ने स्वास्थ्यकर्मीहरु, सरसफाईका कर्मचारीहरु एवमं मेरा सहकर्मी साथीहरु, मेडिकल अफिसर चिकित्सकहरु र विशेषत स्टाफ नर्स सवैप्रती नमन, उच्च सम्मान एवमं धन्यवाद दिन चाहन्छु ।


घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ? • Health News Nepal

Tags: #Corona positiveCorona Virus #Covid19Seti Provincial Hospital
SummarizeShare285ScanTweet147

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.