Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डिंबासयको क्यान्सर; एक प्राणघातक रोग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 10, 2020
in Articles
Reading Time: 1 min read
A A
1
डिंबासयको क्यान्सर; एक प्राणघातक रोग
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा. अरुण शाही

अंग्रेज़ी वर्षको सेप्टेम्बर महिनालाई महिलामा हुने डिम्बासयको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा प्रत्येक वर्ष विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ।

डिम्बासयको क्यान्सर महिलामा हुने दुर्लभ तर प्राणघातक क्यान्सर हो। यो सबैभन्दा धेरै देखिने क्यान्सरको सूचीमा आठौं नम्बरमा पर्छ। अमेरिकामा प्रत्येक वर्ष २२ हजार महिलालाई यो क्यान्सर लाग्छ, जसमध्ये १५ हजार महिलाको त्यही वर्षमा मृत्यु हुने गर्छ।

ग्लोबोकन (डब्लुएचओ) २०१८ को तथ्यांक अनुसार नेपालमा ८३८ महिलालाई त्यस वर्ष डिम्बासयको क्यान्सर पहिचान भएको थियो, जसमध्ये ५३८ जनाको मृत्यु त्यही वर्ष भएको थियो। यी तथ्यांकहरु अत्यन्त निराशाजनक छन्। अझै दुःखलाग्दो कुरो के छ भने, यो क्यान्सरलाई सुरुमै पहिचान गर्ने स्क्रिनिङ जाँचहरु अहिलेसम्म पत्ता लागेको छैन। यसका लक्षणहरु पनि सुरुमै पहिचान गर्न अप्ठ्यारो हुन्छ। प्रत्येक नयाँ ४ जना बिरामीमध्ये ३ जनाको यो रोग ढिलो अर्थात् स्टेज ४ मा पत्ता लाग्छ। यो अवस्थामा यस क्यान्सरलाई उपचार गरी निर्मुल पार्ने सम्भावना अत्यन्त कम रहन्छ।

यी सबै दुःखलाग्दा तथ्यांकको कारण यस रोग सम्बन्धी जनचेतनाको कार्यक्रम अत्यन्त महत्वको विषय हो।

डिम्बासयको क्यान्सर के कारणले हुन्छ? यो क्यान्सरको जोखिममा कस्ता महिला छन्? यसको ठ्याक्क उत्तर अहिलेसम्मको सोध तथा अनुसन्धानले पत्ता लगाइसकेको छैन। तर केही जोखिमका कारणहरु छन्, जसले डिम्बासयको क्यान्सर हुने सम्भावना अलि बढी रहन्छ।

१) उमेर: ७५ प्रतिशत डिम्बासयको क्यान्सर ५५ वर्षभन्दा माथिको उमेरका महिलालाई हुने गर्छ।
२) वंशाणुगत: परिवारमा कसैलाई स्तन तथा डिम्बासयको क्यान्सर भएमा।
३) Genetics: presence of specefic genetics mutation (BRCA-१, BRCA-२)
४) सन्तान नजन्माएका महिला
५) endometriosis भएका महिला

लक्षण
डिम्बासयको क्यान्सरका लक्षण धेरैमा सुरुमा देखिँदैन, तर तल दिएका लक्षणहरूले यो रोग हुनसक्ने सम्भावनालाई जनाउँछ:
१) लामो समयसम्म योनीबाट रक्तश्राब हुनु
२) कम्मर तथा तल्लो पेट दुख्नु
३) पेट फुल्नु तथा खाना खाँदा अप्ठ्यारो हुनु
४) तुरुन्त तथा छिटोछिटो पिसाब आउनु।
५) क़ब्जियत हुनु।

डिम्बासयको क्यान्सर प्राणघातक हुनुको मुख्य कारण, सुरुको अवस्थामा यसका लक्षणहरु नदेखिनु हो। दुर्भाग्य, यो क्यान्सर पत्ता लाग्दासम्म पेट तथा नजिकैको कम्मरसम्म सरिसकेको हुन्छ।

अझै दुःखलाग्दो कुरा के छ भने, यस रोग सम्बन्धी जनचेतनाको कमीले ग़र्दा अन्तिम स्टेजतिर देखिने लक्षण जस्तै: पेट फुल्ने, सुन्निने, तौल घट्ने, तल्लो पेट तथा कम्मरमा अप्ठ्यारो महसुस हुने, छिटोछिटो पिसाब हुने, क़ब्जियत हुने, पातलो दिसा हुनुलाई धेरैजसो महिलाले सामान्य रूपमा लिएर सहेर बस्ने गर्छन्। जसले गर्दा समयमै उपचार हुँदैन। जब धेरै गाह्रो हुन्छ अनि उपचार गर्न जान्छन्, त्यतिबेला ढिलो भइसकेको हुन्छ। यी कारणले गर्दा डिम्बासयको क्यान्सरलाई साइलेन्ट किलर पनि भनिन्छ।

डिम्बासयको क्यान्सर भएका महिलालाई अकाल मृत्युबाट बचाउन यस रोग सम्बन्धी जानकारी सम्पूर्ण सर्वसाधारण महिलासम्म पुग्न एकदमै ज़रूरी छ।

दुःखसाथ भन्नुपर्छ, यदि डिम्बासयको क्यान्सर ढिलो (स्टेज ४) मा पत्ता लाग्यो भने उपचार गरेर निर्मुल हुने सम्भावना अत्यन्त थोरै हुन्छ। तर सुरूकै स्टेजमा पहिचान भयो भने यस रोगलाई अत्यन्त कम खर्चमा सजिलोसँग शल्यक्रिया एवं केमोथेरापी दियर निर्मुल पार्न सकिन्छ। त्यही भएर यो क्यान्सरलाई समयमा पहिचान गरी समयमै उपचार गर्नुपर्छ भन्ने जनचेतना फैलाउनु हामी सबैको दायित्व हो।

डिम्बासयको क्यान्सरबाट बच्ने ठ्याक्कै कारण त छैनन् तर केही उपाय छन्, जसले केही मात्रामा यो क्यान्सरको जोखिमबाट बच्नमा सहयोग पुर्‍याउने छन्:
१) समयमा विवाह गरेर समयमा बच्चा जन्माउने
२) बच्चालाई स्तनपान गराउने
३) गर्भनिरोधक चक्की प्रयोग गर्ने
४) परिवार पूरा भइसकेपछि ट्युबल लिगेसन तथा डिम्बासयको शल्यक्रिया गरी हटाउने
५) शारीरिक व्यायाम, योगा, कसरत गरी स्वास्थ्य रहने

अन्त्यमा, डिम्बासय तथा अरु क्यान्सरबाट जोगिने उपाय भनेको सबैले आफ्नो स्वास्थ्यको प्रत्येक वर्ष अथवा प्रत्येक ६/६ महिनामा चिकित्सकसँग जाँच एवं परामर्श लिने गर्नुपर्छ।

हाल : डा.शाही पाटन अस्पतालमा कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट हुनुहुन्छ।

Tags: #Health and population ministry#kathmanduCancerCorona Virus #Covid19Dr.Arun shahiPatan hospital
SummarizeShare261ScanTweet146

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.