आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

डिंबासयको क्यान्सर; एक प्राणघातक रोग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 10, 2020
in Articles
A A
1
डिंबासयको क्यान्सर; एक प्राणघातक रोग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डा. अरुण शाही

अंग्रेज़ी वर्षको सेप्टेम्बर महिनालाई महिलामा हुने डिम्बासयको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा प्रत्येक वर्ष विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ।

डिम्बासयको क्यान्सर महिलामा हुने दुर्लभ तर प्राणघातक क्यान्सर हो। यो सबैभन्दा धेरै देखिने क्यान्सरको सूचीमा आठौं नम्बरमा पर्छ। अमेरिकामा प्रत्येक वर्ष २२ हजार महिलालाई यो क्यान्सर लाग्छ, जसमध्ये १५ हजार महिलाको त्यही वर्षमा मृत्यु हुने गर्छ।

ग्लोबोकन (डब्लुएचओ) २०१८ को तथ्यांक अनुसार नेपालमा ८३८ महिलालाई त्यस वर्ष डिम्बासयको क्यान्सर पहिचान भएको थियो, जसमध्ये ५३८ जनाको मृत्यु त्यही वर्ष भएको थियो। यी तथ्यांकहरु अत्यन्त निराशाजनक छन्। अझै दुःखलाग्दो कुरो के छ भने, यो क्यान्सरलाई सुरुमै पहिचान गर्ने स्क्रिनिङ जाँचहरु अहिलेसम्म पत्ता लागेको छैन। यसका लक्षणहरु पनि सुरुमै पहिचान गर्न अप्ठ्यारो हुन्छ। प्रत्येक नयाँ ४ जना बिरामीमध्ये ३ जनाको यो रोग ढिलो अर्थात् स्टेज ४ मा पत्ता लाग्छ। यो अवस्थामा यस क्यान्सरलाई उपचार गरी निर्मुल पार्ने सम्भावना अत्यन्त कम रहन्छ।

यी सबै दुःखलाग्दा तथ्यांकको कारण यस रोग सम्बन्धी जनचेतनाको कार्यक्रम अत्यन्त महत्वको विषय हो।

डिम्बासयको क्यान्सर के कारणले हुन्छ? यो क्यान्सरको जोखिममा कस्ता महिला छन्? यसको ठ्याक्क उत्तर अहिलेसम्मको सोध तथा अनुसन्धानले पत्ता लगाइसकेको छैन। तर केही जोखिमका कारणहरु छन्, जसले डिम्बासयको क्यान्सर हुने सम्भावना अलि बढी रहन्छ।

१) उमेर: ७५ प्रतिशत डिम्बासयको क्यान्सर ५५ वर्षभन्दा माथिको उमेरका महिलालाई हुने गर्छ।
२) वंशाणुगत: परिवारमा कसैलाई स्तन तथा डिम्बासयको क्यान्सर भएमा।
३) Genetics: presence of specefic genetics mutation (BRCA-१, BRCA-२)
४) सन्तान नजन्माएका महिला
५) endometriosis भएका महिला

लक्षण
डिम्बासयको क्यान्सरका लक्षण धेरैमा सुरुमा देखिँदैन, तर तल दिएका लक्षणहरूले यो रोग हुनसक्ने सम्भावनालाई जनाउँछ:
१) लामो समयसम्म योनीबाट रक्तश्राब हुनु
२) कम्मर तथा तल्लो पेट दुख्नु
३) पेट फुल्नु तथा खाना खाँदा अप्ठ्यारो हुनु
४) तुरुन्त तथा छिटोछिटो पिसाब आउनु।
५) क़ब्जियत हुनु।

डिम्बासयको क्यान्सर प्राणघातक हुनुको मुख्य कारण, सुरुको अवस्थामा यसका लक्षणहरु नदेखिनु हो। दुर्भाग्य, यो क्यान्सर पत्ता लाग्दासम्म पेट तथा नजिकैको कम्मरसम्म सरिसकेको हुन्छ।

अझै दुःखलाग्दो कुरा के छ भने, यस रोग सम्बन्धी जनचेतनाको कमीले ग़र्दा अन्तिम स्टेजतिर देखिने लक्षण जस्तै: पेट फुल्ने, सुन्निने, तौल घट्ने, तल्लो पेट तथा कम्मरमा अप्ठ्यारो महसुस हुने, छिटोछिटो पिसाब हुने, क़ब्जियत हुने, पातलो दिसा हुनुलाई धेरैजसो महिलाले सामान्य रूपमा लिएर सहेर बस्ने गर्छन्। जसले गर्दा समयमै उपचार हुँदैन। जब धेरै गाह्रो हुन्छ अनि उपचार गर्न जान्छन्, त्यतिबेला ढिलो भइसकेको हुन्छ। यी कारणले गर्दा डिम्बासयको क्यान्सरलाई साइलेन्ट किलर पनि भनिन्छ।

डिम्बासयको क्यान्सर भएका महिलालाई अकाल मृत्युबाट बचाउन यस रोग सम्बन्धी जानकारी सम्पूर्ण सर्वसाधारण महिलासम्म पुग्न एकदमै ज़रूरी छ।

दुःखसाथ भन्नुपर्छ, यदि डिम्बासयको क्यान्सर ढिलो (स्टेज ४) मा पत्ता लाग्यो भने उपचार गरेर निर्मुल हुने सम्भावना अत्यन्त थोरै हुन्छ। तर सुरूकै स्टेजमा पहिचान भयो भने यस रोगलाई अत्यन्त कम खर्चमा सजिलोसँग शल्यक्रिया एवं केमोथेरापी दियर निर्मुल पार्न सकिन्छ। त्यही भएर यो क्यान्सरलाई समयमा पहिचान गरी समयमै उपचार गर्नुपर्छ भन्ने जनचेतना फैलाउनु हामी सबैको दायित्व हो।

डिम्बासयको क्यान्सरबाट बच्ने ठ्याक्कै कारण त छैनन् तर केही उपाय छन्, जसले केही मात्रामा यो क्यान्सरको जोखिमबाट बच्नमा सहयोग पुर्‍याउने छन्:
१) समयमा विवाह गरेर समयमा बच्चा जन्माउने
२) बच्चालाई स्तनपान गराउने
३) गर्भनिरोधक चक्की प्रयोग गर्ने
४) परिवार पूरा भइसकेपछि ट्युबल लिगेसन तथा डिम्बासयको शल्यक्रिया गरी हटाउने
५) शारीरिक व्यायाम, योगा, कसरत गरी स्वास्थ्य रहने

अन्त्यमा, डिम्बासय तथा अरु क्यान्सरबाट जोगिने उपाय भनेको सबैले आफ्नो स्वास्थ्यको प्रत्येक वर्ष अथवा प्रत्येक ६/६ महिनामा चिकित्सकसँग जाँच एवं परामर्श लिने गर्नुपर्छ।

हाल : डा.शाही पाटन अस्पतालमा कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट हुनुहुन्छ।

Tags: #Health and population ministry#kathmanduCancerCorona Virus #Covid19Dr.Arun shahiPatan hospital
Previous Post

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

Next Post

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

Related articles

NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

24 hours ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

1 month ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

3 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.6k
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

8 months ago
1.7k
Next Post
भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

Comments 1

  1. Pingback: भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.