आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food

HNN Staff by HNN Staff
November 5, 2020
in Nutrition, Health
A A
3
Food per diseases healthy foods

Food per diseases healthy foods

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला हामीलाई कुनै न कुनै रोगले च्यापिसकेको हुन्छ ।

जस्तो उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम । यस्तो अवस्थामा कस्तो खानपान उचित र कस्तो खानपान अनुचित हुन्छ ? जान्नुपर्छ ।

कब्जियतको समस्यामा

के खाने ?
फाइबरयुक्त सागसब्जी सेवन गर्ने । सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।

मौसमी फलफूल खाने । आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।

किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ । ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।

के नखाने ?

अत्याधिक मासुजन्य परिकार, चिल्लोचाप्लो, तारेको, दुधजन्य परिकार, वोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा खान उचित हुँदैन । कालो दाल, भन्टा, मुसुरो लगायत धेरै चिसो खानेकुरा खानु हुँदैन ।


उच्च रक्तचापमा

के खाने ?

लौकाको जुस, ताजा फलफूल, सागसब्जी, मकै, ग्रीन टि सेवन गर्ने । संभव भएसम्म शाकाहारी भोजन अपनाउने । कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुपर्छ ।

के नखाने ?

खानामा सोडियमको मात्रा घटाउने । प्रशोधित खानेकुरा, रातो मासु, मदिराजन्य पेय नियन्त्रण गर्नुपर्छ । त्यसैगरी कफी, चिया पनि कम पिउनुपर्छ । उच्च रक्तचापमा चुरोट अरु बढी हानिकारक हुन्छ । त्यसैले धुमपान त्याग्नुपर्छ ।

माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish


मधुमेह

के खाने ?

–हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग खानुपर्छ । प्रोटिन तथा फाइबरयुक्त खानेकुरा । फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा र सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रा उपयुक्त हुन्छ । कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

के नखाने ?

गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा उचित हुँदैन । मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने । तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा । आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।


आस्थमा

के खाने ?

कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा खाने । चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल खाने । प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी उचित हुन्छ । भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।

के नखाने ?

तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना उचित हुँदैन । दुधजन्य उत्पादन तथा अमिलो र चिसो खानेकुरा खानु हुँदैन । केरा, पाकेको चुकन्दर, कटर पनि लाभदायक हुँदैन ।


पखलामा

के खाने ?

केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा उचित हुन्छ । यसैगरी काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा लाभदायक हुन्छ । मेवा, अनार लगायतका फलले फाइदा गर्छ । नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूसका साथै दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।

के नखाने ?

आलू, इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार, तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा उचित हुँदैन ।


रुघाखोकी

के खाने ?

स्याउ, मेवा, अंजीर, अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा लाभदायक हुन्छ । यसैगरी पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम, शलगम , गाँजर लगायतका सागसब्जीले फाइदा गर्छ ।

के नखाने ?

दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने । तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स नखाने ।

मधुमेहका बिरामीले कस्तो खाना खाने ? #Diabetes

Tags: Diet TipsFeaturedJunk foodPublic Health
Nisarga hospital Dhangadhi
Previous Post

रुघा- सर्दीबाट कसरी बच्ने ? डा. क्षीतिज बाराकोटी #CommonCold #Flu

Next Post

पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

5 months ago
904
जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
924
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
Next Post
पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

Comments 3

  1. Pingback: मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा - डा भोज राज अधिकारी #diabetes • Health News Nepal
  2. Pingback: बढी नुन खानु स्वास्थ्यको लागि बेफाईदा #Salt • Health News Nepal
  3. Pingback: निगुरो खादा यस्तो फाइदा • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.