काठमाडौं, १९ फागुन २०७८
सातै प्रदेशका २८ जिल्लाका समुदाय र बिद्यालय गरी कुल १७ हजार ५९ जनामा गरिएको राष्ट्रिय बेसलाईन सर्भेमा कानको रोग तथा समस्या भएका कुल जनसंख्याको १८.८ प्रतिशत छ ।
कोभिड १९ को दोश्रो लहरले गर्दा २०७८ बैशाख र श्राबणमा गरी २ चरणमा सम्पन्न उक्त सर्भेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका कानका रोग भएका २४.८ प्रतिशत जनता छन । मुस्लिम धर्मावलम्बीमा बढी देखिएको कान रोग १८ बर्षमुनिका अर्थात बिद्यालय उमेरकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।
जोखिममा एलर्जी राईनाईटिस, दम, धुम्रपान, मदिरा, लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्काे ध्वनीमा रहेकाको पनि जोखिम आंकलन गरिएको छ । कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, अेटाईटिस मेडिया भएका १२.८ प्रतिशत लगायतका तथ्यांक आएका छन ।
बिस्तृत बिश्लेषण २ महिनामा आउनसक्ने आंकलन छ । समस्याको बढोत्तरी हुने कारणमा नागरिकको बाच्ने उमेरमा बढोत्तरी हुनु, कानको सक्रमणको समयमै उपचारको पहुच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्काे ध्वनीमा लगातार लामो समयसम्म काम गर्ने रहेको डा. बुढाथोकी बताउनुहुन्छ ।
बच्चा जन्मेदेखी शुरुमै कानको परीक्षण तथा श्रबण परीक्षण गर्नसके ६० प्रतिशत श्रबण अशक्तता रोक्न सकिन्छ र अन्यलाई पनि अपांग भत्ता दिनमा भन्दा हेरिङ एड र कक्लिएर ईम्प्लान्ट सेवामा पहुच पुर्याउन जोड दिन पर्ने डा. बुढाथोकीले बताउनुभयो ।
त्यस्तै बिश्व स्वास्थ्य संगठनको पहलमा कान तथा सुनाईसम्बन्धि सेवा अध्ययन गर्न अर्थात गर्भनेन्सको पाटो पनि अध्ययन भईसकेको छ र दुवैको अन्तिम रिर्पाेट प्राप्त भएपश्चात सरोकारवाला सबैलाई सहभागी गराई बहिरोपन सम्बन्धी रणनीती बनाईने डा. बुढाथोकीले बताउनुभयो ।
जनगणना २०६८ मा अपांगता भएकामध्ये १५.४ प्रतिशत श्रबणसम्बन्धी र ११.५ प्रतिशत बोलीसम्बन्धी थिए भने २०७८ को परिणाम आउन बाँकी छ ।
विश्व श्रवण दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइयो
स्वास्थ्य मन्त्रालयको प्रागंणबाट प्रभात फेरी शुरु भई भद्रकाली मन्दिरको परिक्रमा गरी मन्त्रालयको प्रागंणमा पुगी सभामा परिणत भएको थियो ।
मन्त्रालयको प्रागंणमा सुनाईको स्क्रिनिङ तथा संकटा मन्दिरमा स्वास्थ्य शिविर समेत भएको थियो । औपचारिक कार्यक्रम माननीय राज्यमन्त्रीज्युको प्रमुख आतिथ्यतामा मन्त्रालयको सभाकक्षमा सम्पन्न भएको छ । सचिव देब कुमारी गुरागाई, प्रमुख बिशेषज्ञ डा. श्यामसुन्दर यादव, सोलबाट अध्यक्ष डा. नरमाया थापा, शानबाट अध्यक्ष सुस्मिता श्रेष्ठ, Cochlear implant Nepal group (Cing) का अध्यक्ष डा. रबिन्द्रभक्त प्रधानाङ्गको उपस्थिति रहेको थियो।
त्यस्तैगरी बीर अस्पतालका बिभागीय प्रमुख डा. दिपेन्द्र श्रेष्ठ, उपत्यका ट्राफीक प्रहरीका डिएसपी सुबर्ण श्रेष्ठ, एनजिओको तर्फबाट डा. मिलन महर्जन तथा शाखाको तर्फबाट डा. प्रकाश बुढाथोकी र महाशाखाका तर्फबाट स्वागत निर्देशक डा. पवनजंग रायमाझीले शुभकामना तथा आफ्नो मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथी माननीय मन्त्रीज्युले हरेक स्थानीय तहमा सेवा पुर्याउन निर्देशन दिनु भएको छ ।