काठमाडौं, १० माघ २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि स्थगित भएको कोरोना खोप भोलि अर्थात् माघ ११गते बिहान ११ बजेदेखि पुन सञ्चालनमा आउने भएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार एक साताका लागि खोप अभियान स्थगित गरेको थियो।
सञ्चालित कोभिड-१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ ११ देखि नियमित हुने भएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ।
