काठमाडौं, ३ असार २०७९
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नपाएको भन्दै केही दिनका लागि बीमा कार्यक्रम स्थगित गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्लेले विमितको उपचार बन्द गर्ने निर्णय भएको भन्दै अस्पतालको स्वास्थ्य बिमा काउण्टरलाई पत्र पठाउनु भएको छ ।
यही असार १५ गतेदेखि अनिश्चितकाल सम्मका लागि बीमा कार्यक्रम रोखिएको जानकारी डा.काफ्लेले दिनुभएको छ ।
बिमितको उपचार गरे बापतको स्वास्थ्य बीमा बोर्डले हालसम्म अस्पताललाई कुनै भुक्तानी नगरेकाले बीमा कार्यक्रम रोकेको डा. काफ्लेले बताए।