काठमाडौं, १० वैशाख २०७८
काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि सूर्य नेपालले दिन लागेको पाँच करोड रुपैयाँ डा.भगवान कोइरालाले तत्कालका लागि अस्वीकार गरेको छ ।
आज अपरान्ह मेरियट होटलमा भएको कार्यक्रममा किओचका तर्फबाट अध्यक्ष डा. भगवान कोइराला र सूर्य नेपालका तर्फबाट उपाध्यक्ष रवि केसीबीच आर्थिक सहयोग सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर हुने भनिएको थियो । पूर्व निर्धारित कार्यक्रम भएपनि सहयोग सम्वन्धी हस्ताक्षर कार्यक्रम स्थगित भएको छ ।
डा. कोइरालाले भने सहयोग रकम सम्वन्धी हस्ताक्षर गर्ने भनिएको थियो तर केही कानूनी प्रक्रिया हेर्नुपर्ने भएकाले त्यसकारण अहिलेलाई यो कार्यक्रम स्थगित भयो।
यसअघि चुरोट कम्पनीको सहयोगमा अस्पताल बनाउन खोजेको भन्दै डा कोइरालाको समेत आलोचना भएको थियो । एक्सन नेपाल, प्राथमिक स्वास्थ्य सेवा स्रोतकेन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ति नियन्त्रण सञ्जाल , नेपाल विकास अनुसन्धान प्रतिष्ठान , नागार्जुन डेभलपमेन्ट कम्युनिटी र क्यान्सर सोसाइटी नेपाल संस्थाहरुले सहयोग रकम नलिन डाा. कोइरालालाई सार्वजनिक रुपमा नै अपिल गरेका थिए ।