१२ मङ्सिर , २०७७ , धनगढी
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना , स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँको प्राबिधिक सहजीकरण र DFID/ASCEND कार्यक्रमको आर्थिक सहयोगमा धनगढीमा एक दिने सरोकारवाला हरुको लागि Neglected Tropical Diseases सम्बन्धि बैठकको आयोजना गरिएको छ ।
नेपाल सरकारले १५ औ पन्चबर्षीय योजनामा नेपालबाट औँलो , कालाजार. र हात्तीपाईले रोग निवारण गरि सक्ने लक्ष्य लिएको छ । सोहि लक्ष्य पुरा गर्नका लागि संघिय सरकार , प्रदेश सरकार र स्थानीय तहले कार्यक्रमलाई प्राथमिकतामा राखी रोग निवारणका लागि काम गर्नुपर्ने हुन्छ । रोग निवारणको लक्ष्य प्राप्तिका लागि तिन तहकै सरकारका प्रतिनिधिहरुको उपस्थितिमा सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको कालाजारको समस्या न्यूनीकरण गर्न र हात्तीपाईले रोगको प्रभाव कम गर्न छलफल गरिएको छ ।

आइतबार सम्पन्न गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न ८ वटा स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरु , सुदूरपश्चिम प्रदेश सभाका माननीय तथा भूतपूर्व सामाजिक बिकास मन्त्री श्री दीर्घ शोडारी, माननीय श्री बल बहादुर शोडारी , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा. प्रकाश प्रसाद शाह , ९ वटा स्वास्थ्य कार्यालय प्रमुख , ९ वटै जिल्ला बाट उक्त कार्यक्रमका फोकल व्यक्तिहरु, संघिय सरकार , प्रदेश सरकार , स्थानीय तह , DFID/ASCEND का कार्यक्रम ब्यबस्थापक श्री प्रदिप रिमाल सहित ४५ बढीको सहभागिता रहेको कार्यक्रममा कार्यक्रमको बारेमा इपिडेमियोलोजी. तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा. श्री प्रकाश प्रसाद शाह , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँका वरिष्ठ जन स्वास्थ्य अधिकृत श्री लिला बिक्रम थापा , DFID/ASCEND का कार्यक्रम ब्यबस्थापक श्री प्रदिप रिमालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक बिकास मन्त्रि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य श्री दीर्घ शोडारीले सुदूरपश्चिमका अन्य जिल्ला हरुमा हातीपाईलेको प्रभाव घटिसकेको भए पनि आठ चरण औषधि खुवाउदा पनि कैलालीमा उक्त रोगको प्रभाव घटाउन नसकेको हुनाले प्रदेश सरकारको तर्फ बाट र पार्टीको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीज्युले सुदूरपश्चिम प्रदेशमा कालाजारको समस्या बढ्दै जानु र आठ चरण औषधि खुवाएर पनि कैलालीमा हात्तीपाईले निवारणको लक्ष्य हासिल हुन् नसक्नु अत्यन्त चिन्ताको बिषय भएको हुनाले कालाजार रोगिहरुको संख्या बढ्न नदिन प्रदेश सरकारले आफ्नै श्रोतबाट स्वास्थ्यकर्मीहरुको क्षमता अभिबिर्धिको काम गरिरहेको , सक्रिय खोज पडतालको काम भैरहेको र किटहरुको अध्ययनको लागि इन्टोमोलोजी ल्याब स्थापना भएको , निकट भबिष्यमा बिषादी छिदकावका लागि पम्प खरिदको योजना रहेको बताउनु भएको छ ।
साथै कैलालीमा रहेको हात्तीपाईलेको प्रभाव कम गर्न यस आ. ब. मा आम औषधि खुवाउने अभियानलाइ थप रणनीति सहित सफल पारिने पनि बताउनु भएको छ ।
Comments 1