Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्टार अस्पतालले गर्यो ५ वर्षमा २०० जनाको जोर्नी प्रत्यारोपण #StarHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
August 23, 2023
in News
A A
0
स्टार अस्पतालले गर्यो ५ वर्षमा २०० जनाको जोर्नी प्रत्यारोपण #StarHospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, ६ भाद्र २०८०

ललितपुरको सानेपास्थित स्टार अस्पतालले गत ५ वर्षमा २ सय जनाको जोर्नी प्रत्यारोपण गरेको छ।

सिनियर कल्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. दीर्घराज आरसीको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा. सुमन मरहठ्ठा र डा. राम ईश्वर यादवको टिमले स्टार अस्पतालमा २ सय जोर्नी प्रत्यारोपण गरेको हो।

अस्पतालले सो अवसरमा आज विशेष समारोह गर्दै नेपालमा निजी क्षेत्रको अस्पतालमध्ये सबैभन्दा धेरै जोर्नी प्रत्यारोपण गर्न सफल भएको दाबी गरेको हो।

उक्त समारोहमा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग एवम विरामीको विश्वासका कारण यति छोटो समयमा २ सय जना बिरामीको जटिल मानिने जोर्नी सफल प्रत्यारोपण गर्न सकिएको बताए। उनले यो सेवालाई अझ चुस्तदुस्त बनाउन के कस्ता प्रविधि चाहिन्छन् थप्दै जाने बताए। उनले स्टार अस्पताललाई नेपालमै जोर्नी प्रत्यारोपणको क्षेत्रमा उत्कृष्ट सेन्टर बनाउने समेत बताए। Orthopedic transplant

यसैगरी कार्यक्रममा स्टार अस्पतालका वरिष्ठ जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. दीर्घराज आरसीले एउटा प्राइभेट अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु सानो कुरा नभएको बताए। उनले आफनो टिमले १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय स्टार अस्पतालमा गरेको जिकीर गरे। उनले नेपालमा जोर्नी प्रत्यारोपण गर्ने बिरामीको संख्या धेरै भए पनि आर्थिक अभाव, जनचेतनाको कमी, उपचारमा पहुँच नहुँदा धेरै बिरामी अपांग जस्तै भएर बस्न बाध्य भएको भन्दै यसबारे सरकारले सोच्नपर्नेमा जोड दिए। डा. आरसीले भने, ‘सरकारले जसरी मुटुरोग, मिर्गौला रोगमा बिरामीलाई सहुलियत दिएको छ त्यसरी नै जोर्नी प्रत्यारोपणमा पनि सहुलियत दिन जरुरी छ। यसले यो सेवामा सबैको पहुँच पुग्छ।’Orthopedic surgeon team

नेपालमा झण्डै ३० हजार बिरामी जोर्नी प्रत्यारोपण गर्ने अवस्थामा रहेको भए पनि हाल वर्षेनी ७ सयदेखि हजार जना बिरामीको मात्र जोर्नी प्रत्यारोपण हुने गरेको बताइएको छ।

कार्यक्रममा अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताए। उनले जोर्नी विशेष गरेर घुँडा र हिप यी दुबैको सुरुकै अवस्थामा प्रत्यारोपण गर्ने नभई पहिले औषधि, एक्सरसाइज तथा फिजियोथेरापी गरेर हेरिने र अन्तिम अवस्थामा मात्र प्रत्यारोपणको सल्लाह दिइने जानकारी दिए।Dr. Suman marahatta

कार्यक्रममा स्टार अस्पतालमा घुँडाको जोर्नी प्रत्यारोपण गराएकी उमा कार्कीले आफनो उपचार सुनाउँदै आफूलाई अहिले धेरै नै सहज भएको बताइन्। उनले हिंडडुलमै समस्या भएर अब यत्तिकै होकी क्याहो भनेको बेला जोर्नी प्रत्यारोपण पछि आफू पहिले भन्दा बढी सक्रिय भएको भन्दै डाक्टरको टिमलाई धन्यवाद दिइन्। तयसैगरी गरी सोही अस्पतालमा घुँडाको जोर्नी प्रत्यारोपण गराएका ८७ वर्षीय दिग्वम्बर शमशेर राणाले पनि आफूलाई जोर्नी प्रत्यारोपणले जीवन निकै सहज बनाएको अनुभव सुनाएका थिए।

Tags: Corona Virus #Covid19Dr. Suman MarahattaOrthopedic transplantStar Hospital
Nisarga hospital Dhangadhi
Previous Post

शून्य बजेट भएको भन्दै पशुस्वास्थ्य क्षेत्रका १२ निकाय आन्दोलित

Next Post

टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

Related articles

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

1 day ago
941
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

2 days ago
780
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

2 days ago
787
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा
News

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा

4 days ago
795
महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार
News

महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार

4 days ago
780
Dengue Fever Treatment
News

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

4 days ago
780
Next Post
टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,107)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...