ललितपुर, ८ फागुन २०७७
ललितपुर सानेपास्थित स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) को स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार उद्घाटन गरेका छन।
अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले आफ्नो अस्पतालको प्रयोगशाला ‘ख’ बर्गबाट ‘क’ मा स्तरोन्नती भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको सेवा सुविधा अझै विस्तार गर्दै लैजाने बताए।
बिगत १४ वर्षदेखि सञ्चालित यस अस्पतालमा स्टार अस्पतालले सेटेलाइट अस्पतालका रुपमा बागमती प्रदेशमा नुवाकोटमा सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको रुपाखेतीले जानकारी दिए।
स्टार हस्पिटलका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेती आफ्नो स्वागत मन्तव्य राख्दै
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हृदयेश त्रिपाठीले अस्पतालले अस्पतालले इनआइसियु सेवा सञ्चालन गरेकोमा सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस अस्पतालले एनआइसियु जस्तो अति संवेदनशील विभाग शुभारम्भ गरेर नेपाली जनताहरुको उपचारको लागि विदेश जानुपर्ने बाध्यता हट्दै जाने कुरा व्यक्त गर्नुभयो।
अस्पतालका अध्यक्ष किशोर महर्जनले एनआइसियु सेवा अभावले धेरै शिशुको मृत्यु भइरहेको बताए।
मुलुकमा एनआइसियु सेवाका कारण धेरै शिशुको मृत्यु हुने गरेको छ।
हाल देशभर १७ वटा अस्पतालमा मात्रै एनआइसियु सेवा रहेको छ। ती अस्पतालमा १ सय १८ मात्र एनआइसियु बेड छन्।
‘हजारौँ संख्यामा एनआइसियु सेवा नपाएर शिशुको मृत्यु भइरहेको छ। हामीले पहिला देखि यो सेवा सञ्चालन गर्न लागेका थियौँ,’ अध्यक्ष महर्जनले भने, ‘ आज एनआइसियु सेवा सञ्चालन गर्न सफल भयौँ।’ अब अस्पतालले ६ वटा एनआइसियु बेडबाट सेवा दिने भएको छ।

महर्जनले भने हामीसँग देशभरबाट सयको संख्यामा मात्रै एनआइसियु बेड उपलब्ध रहेको छ , अझै शिशुको एनआइसियु बेडको अभाव मृत्यु भएको संख्यालाई हेर्दा हामीलाई हजार बेडभन्दा बढी चाहिन्छ।’
स्टार अस्पतालले एनआइसियु सेवा सञ्चालन गरेसँगै केही बेड अभावमा उपचार नपाउने समस्यामा कमी हुने महर्जनको भनाई छ।
Comments 1