आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल

Nam Raj Bhatta by Nam Raj Bhatta
August 26, 2023
in News
A A
0
जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ भाद्र २०८०

काठमाडौंको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ।

काठमाडौँको शङ्खरापुर नगरपालिका- ६ साँखुमा विसं २०५४ मा स्थापना भएको सो अस्पतालले आगोले पोलेका र अन्य जलनका बिरामीलाई पाँच शय्याको आइसियुमार्फत सेवा प्रदान गर्दै आएको हो।

जलनको विशेष उपचारका लागि हायर डिफिसेन्सिफ युनिट (एचडियु) मार्फत सेवा प्रदान गर्दै आएको अस्पतालले पछिल्लो समय पाँच शय्याको आइसियुमार्फत जलनको उपचार गर्दै आइरहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए।

इन्टरप्लाष्ट जर्मनी फाउन्डेसनको सहयोगमा विगत २६ वर्षदेखि सञ्चालित उक्त अस्पतालको अगुवाइ सुष्मा कोइराला मेमोरियल ट्रष्टले गर्दै आएको छ। उक्त अस्पतालले स्थापनाकालदेखि हालसम्म पोलिएका २४ हजार बिरामीको सफल शल्यक्रिया गरिसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ५५ हजार मानिस जलनमा पर्ने र त्यसका कारण बर्सेनि दुई हजार एक सय व्यक्तिको ज्यान जाने गरेको छ। सो अस्पतालमा भने प्रत्येक वर्ष पाँच सयभन्दा बढी जलनका बिरामीको उपचार हुँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारीले जानकारी दिए। Dr. Santosh bikram bhandari

काठमाडौँको पूर्वी उत्तरी क्षेत्रमा अवस्थित उक्त अस्पतालमा देशका ७७ वटै जिल्लाका जलनका बिरामी उपचार गर्न आउने गरेका छन्। आगोले पोलेका, एसिड आक्रमणबाट घाइते, करेन्ट लागेर घाइते भएका बिरामीलाई सो अस्पतालले विशेष उपचार गर्दै आएको छ। जलनको उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले चार/पाँच महिना अस्पतालमा बसेर उपचार गरेर बिरामी घर फर्कने गरेका छन्। उक्त अस्पतालमा भारतबाट समेत जलनको उपचारका लागि बिरामी आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारीले बताए।

डा. भण्डारीका अनुसार जलनको उपचारका लागि लामो समय लाग्ने र खर्चिलो हुने भएकाले बिरामी र उसका परिवारमा आर्थिक सङ्कटसमेत हुने गरेको बताए।

सरकारले एचआइभी एड्स र क्षयरोगका बिरामीलाई सहुलियत प्रदान गरे पनि सङ्ख्याको हिसाबले धेरै भएका जलनका बिरामीलाई भने कुनै सहयोग गरेको पाइँदैन। उक्त अस्पतालले १८ वर्ष कम उमेरका जलनका बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ। सो अस्पतालले प्रत्येक वर्ष देशका विभिन्न जिल्लामा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको प्रशासन प्रमुख शर्माले बताए।

स्थापनाकालदेखि नै जलनको उपचार गर्दै आएको सो अस्पतालले विगत एक वर्षदेखि सेवा विस्तार गर्दै हाडजोर्नी, महिला तथा स्त्री, बालरोग, जनरल मेडिसिन, फिजियोथेरापी, नाक, कान घाँटी, छालारोग, जनरल सर्जरी, मानसिक रोगलगायतको उपचार गर्दै आएको छ।Shusma memorial hospital

हाल उक्त अस्पतालले दैनिक सयदेखि एक सय २० व्यक्तिलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ भने मासिक जलनका ४० देखि ५० बिरामीको उपचार गर्दै आएको छ। ट्रष्टका संस्थापक एवम् संरक्षक सुजाता कोइरालाले नेपालमा जलनबाट कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताए। सो अस्पताल नेपालमा जलनको उपचार गर्ने ट्रष्टबाट सञ्चालित पहिलो अस्पतालसमेत हो।

सो अस्पतालबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, नेसनल ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गल, युनाइटेड मिसन अस्पताल पाल्पा, जनकपुर अस्पताल धनुषा र भेरी अस्पताल नेपालगञ्जमा जलनका बिरामीको उपचार हुँदै आएको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Santosh Bikram BhandariSushma Koirala Memorial Hospital (सुष्मा कोइराला मेमोरियल अस्पताल)
Nisarga hospital Dhangadhi
Previous Post

कर्णालीमा आँखा उपचार सेवा बिस्तारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौँता

Next Post

नवीकरण नभएका २६ स्वास्थ्य संस्थालाई बीमा बोर्डको सेवाप्रदायक सूचीबाट हटाइयो

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

11 hours ago
783
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

16 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

17 hours ago
789
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

17 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

21 hours ago
910
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

1 day ago
794
Next Post
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु

नवीकरण नभएका २६ स्वास्थ्य संस्थालाई बीमा बोर्डको सेवाप्रदायक सूचीबाट हटाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...