आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

कर्णालीमा आँखा उपचार सेवा बिस्तारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौँता

Nam Raj Bhatta by Nam Raj Bhatta
August 26, 2023
in News
A A
0
कर्णालीमा आँखा उपचार सेवा बिस्तारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौँता
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ९ भदौ २०८०

कर्णाली प्रदेशका जनतालाई बृहत आँखा उपचार सेवा उपलब्ध गराउनको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यी दुई संस्थाबीच समझादारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत उपस्थितिमा आयोजित कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत तथा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुईत र प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने, समुदायस्तरमा पुगेर आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभागको स्तरोन्नती गर्न तिलगङ्गाले सहयोग गर्ने लगायतका विषय छन् ।Dr. Mangal rawal

सो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आजको सम्झौँताले कर्णाली प्रदेशका जनताको आँखा उपचार सेवालाई सहज बनाउन महत्वपूर्ण हुने बताए । उनले दुर्गम कर्णालीलाई तिलगङ्गाको सहयोग हुनु खुशीको कुरा हो भन्दै सरकारले अब आँखा उपचारका लागि छुट्टै रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको बताए ।

उनले भने, “दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।”

तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा. सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिष्ठान अन्तर्गत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताए ।

“आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ”, डा. रुइतले भने “कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभरूपमा सबैको पहुँचमा पुर्याउन हामीबीच सहकार्य हुनेछ ।”

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए । डा. रावलले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन, डा. रावलले भने, “तिलगङ्गासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ ।”

उपकुलपति डा. रावलका अनुसार प्रतिष्ठानमा तीन वर्षदेखि आँखासम्बन्धी रोगको उपचार सेवा सञ्चालन भइरहेको छ । यद्यपि बजेट र विशेषज्ञ चिकित्सकको अभावमा सेवालाई विस्तार गर्न नसकेको उनको भनाई छ । “विगत तीन वर्षदेखि बहिरङ्ग सेवा उपलब्ध भइरहेको छ । उनले भने, एक जना नेत्र रोग विशेषज्ञ हुनुहुन्थ्यो, अहिले विशेषज्ञ उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गरेका छौँ”।

Tags: #government of Nepal#Health and population ministry#karnali academy for health scienceCorona Virus #Covid19Tilganga eye centre
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

प्रयोगशालाहरु मापदण्ड अनुसार नपाइएपछि अनुगमनलाई निरन्तरदाता दिने मन्त्री बस्नेतको प्रतिवद्धता

Next Post

जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

4 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

7 hours ago
807
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

11 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल

जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...