काठमाडौं, २३ भाद्र २०७७
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण देखिएको छ । ह्याम्स अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको पारिवारिक श्रोतले जानकारी दियो ।
यद्धपी आजै स्टार अस्पतालको प्रयोगशालाले पनि उनको नमूना जाँचका लागि पठाइएको छ , रिपोर्ट भने आइसकेको छैन् ।
उपत्यकामा संक्रमण बढेपछि कोइरालाले परिवार तथा सचिवालयका सबै सदस्यहरुको कोरोना जाँच गराएका थिए । अरुको रिपोर्ट भने बेलुकासम्म आउने बताइएको छ ।
मंगलबार विहान पोजेटिभ रिपोर्ट आएपनि उनमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । त्यसैले उनी होम आइसोलेसनमा बसेका छन् ।