बुटवल, २९ माघ २०७८
बुटवलको एक प्रतिष्ठित हस्पिटल साझा हस्पिटलमा एक जटिल शल्यक्रिया सफल भएको छ।
बुद्धभुमि नगरपालिका-०३ दुबिया गोरुसिङ्गे कपिलबस्तु निवासि गङ्गा कुमारी गैरेको २ महिना पहिले खुट्टाको हड्डी भाँचिएको थियो ।
समान्य हिड्डुल गर्न नसक्ने अबस्थामा रहेकी गैेरे २ महिना पछि खुट्टाको गेडि हड्डीको सफल शल्यक्रिया भएको हो। उहाँको नशामा रगत जमेर खुट्टा सुनिएको थियो। शारीरिक अस्वस्थताले गर्दा समयमा उपचार गर्न नपाएको गैरेकि भनाइ छ । करिब १ महिना पहिले उहाँ र उहाँको परिवार उपचारका लागि साझा हस्पिटल बुटवलमा पुगेकी थिइन र रगत जमेको कारण १ महिना पछि आउने भनि सल्लाह दिएको थियो।
घाउको उपचार रगत जम्मा भएको नशाको लागि रगत पातलो गराउने औषधि र भाँचिएको हड्डीलाइ तन्काएर उपचार गर्दै गर्दा निकै जोखिम पुर्ण अबस्थाको शल्यक्रिया रहेको र उहाँको हड्डीको अत्याधुनिक तरिकाले अप्रेसन गरेको अर्थोपेडिक सर्जन डा. लक्ष्मण शर्माले बताउनुभयो।
विरामी सफल शल्यक्रिया पछि दिशापिसाब गर्न सक्ने र समान्य हिड्डुल गर्न सक्ने भएकी छिन्।
यस्तो प्रकारको जटिल शल्यक्रिया आफुले पहिलो पटक गरेको र बुटवल क्षेत्रमै यस प्रकारको अप्रेसन सफल गर्ने पहिलो हस्पिटल साझा हस्पिटल बनेको डा. शर्माले बताए।
अप्रेसनमा डा. लक्ष्मण शर्मा एनेस्थेसिया डा. विश्वास भण्डारी लगायतको टिम रहेको थियो।
बिरामीकि बुहारि कमला गैरेले भने, साझा हस्पिटलको बसाई एकदमै राम्रो रहेको र हस्पिटलको सेवा सुबिधा, डाक्टरको मेहनत बहिनीहरूको सहयोगबाट धेरै भन्दा धेरै खुसि र सन्तुष्ट भएको बताए।
उमेर बढी भएको कारणले बिरामीमा अन्य रोग पनि भएकोले जटिल किसिमको अपरेसन गर्न high risk भएको तर हामी कहाँ रहेका दक्ष जनशक्ति र अत्याधुनिक किसिमको सेवा प्रबाहले जटिल अप्रेसन गर्न सफल भएको छौ हस्पिटलका प्रसासकिय अधिकृत मेघराज भट्टराईले बताउनु भयो
यस अस्पतालमा हेमोडाइलाइसिस सेवा, आईसीयू सेवा, अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा, जनरल तथा ल्याप्रोस्कोपी सेवा, पेडियाट्रिक सर्जरी सेवा, इएनटी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति आइभिएफ सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा रेडियोलोजिस्ट सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा लगायत विशेषज्ञ सेवाका साथै निशन्तान दम्पत्तिका लागि टेस्ट ट्युब बेबी सहित एनआईसीयू सेवा अत्याधुनिक मेसिन र उपकरण सहित दक्ष जनशक्ति उपलब्धता रहेको हस्पिटलका गोबिन्द खनालले बताए।