भुवनेश्वरी जोशी
१३ मङ्सिर २०७७ , डोटी
हाल विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ महामारी को रोकथाम ,नियन्त्रण तथा ब्यबस्थापनको मुख्य पाटो स्वाब संकलन र परीक्षण सम्बन्धि कामको विवरण IMU नेपाल बाट हुने भएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञहरुको सल्लाहमा कोभिड १९ को परीक्षणका लागि गरिने स्वाब संकलन को सम्पूर्ण विवरण राख्न मिल्ने गरि एप तयार गरेको छ । IMU नेपाल नाम दिएको उक्त एपको मद्दतले संकलन गरिएको स्वाबको सबै विवरण दर्ता गर्न मिल्ने , नमुना जांच हुने प्रयोगशालाले पनि उक्त अप बाट नै विवरण रिसिभ गर्न सक्ने र त्यहि अपबाट नै केन्द्रीय निकाय सम्म सम्पूर्ण विवरण प्राप्त हुने गरि ब्यबस्था गरिएको कुरा IMU नेपाल का केन्द्रीय संयोजक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा कार्यरत मुक्ति खनाल ले जानकारी दिनु भएको छ ।
२०७७ मङ्सिर १३ गते शनिबारका दिन सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीज्यु को अध्यक्षतामा आयोजना गरिएको VIRTUAL बैठकमा सुदूरपश्चिम प्रदेशका कोभिड १९ परीक्षण गर्ने ल्याब का प्रतिनिधि , अस्पतालका प्राबिधिक तथा सम्बद्ध अन्य व्यक्तिहरु सहभागी रहेको बैठक मा स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत श्री पुस्कर बिजुक्क्षेले सहजीकरण गर्नु भएको थियो ।
IMU नेपाल नामक एप मोबाइल बाट र कम्प्युटर बाट सजिलै चलाउन सक्ने गरि तयार भएको छ । असोज २३ गते प्रथम पटक नेपालमा शुरु भएको उक्त एप नेपालमै पहिलो पटक डोटी जिल्ला को के आइ सिंह गाउपालिका ले प्रयोग गरेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत श्री पुस्कर बिजुक्क्षेले बताउनु भएको छ संचालनमा आएको दुइ महिना मै कुल कोभिड रोगी संख्याको १७ प्रतिशत रोगीहरु IMU मा दर्ता भै सकेको समेत उक्त कार्यक्रममा जानकारी गरिएको थियो ।
कोभिड १९ को संका लागेका व्यक्तिहरु , क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु तथा अन्य कन्टेकट ट्रेसिंगमा परेका व्यक्तिहरु जसको स्वाब संकलन गर्ने काम स्थानीय तह ले गरिरहनु भएको छ ति सबैको विवरण IMU नेपाल को MOBILE Application मा दर्ता गर्नु पर्ने हुन्छ । स्थानीय तहले स्वाब संकलन गर्ने र IMU मा सबै व्यक्ति हरु को रेकर्ड application ले मागे बमोजिम दर्ता गरि सके पछी परीक्षण गर्ने ल्याब हरुले सेम्पल रिसिभ गर्दा पनि त्यही एप प्रयोग गर्नु पर्ने हुन्छ र ल्याब ले सेम्पल रिसिभ मा क्लिक गरे मात्र पुग्ने गरि एपमा ब्यबस्था गरिएको छ । सजिलै संग प्रयोग गर्न सकिने यस एपको प्रयोग सुदूरपश्चिम प्रदेशको स्थानीय तह हरुले प्रयोग गरिरहेका छन् भने डोटी र बझांग पी सि आर ल्याबले उक्त एपको राम्रै संग प्रयोग गरिरहेका छन् ।
त्यस बाहेक सेती प्रादेशिक अस्पताल , बैतडी अस्पताल , डडेल्धुरा अस्पताल र कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबले भने केहि प्राबिधिक कठिनाइका कारणले हाल सम्म प्रयोग गर्न सकेका छैनन् । खास गरि जनशक्ति अभाव , सामग्रीको अभाव र चलाउने ज्ञानको अभावको कारणले उक्त एप प्रयोग गर्न नसकेको कुरा उक्त बैठक मा सहभागी हरु ले जानकारी दिएका छन् ।
बैठकको अध्यक्षता गरि रहनु भएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थी ले छिटो भन्दा छिटो उक्त एप प्रयोग गर्न सबै लाइ निर्देशन दिनु भएको छ । उक्त एप प्रयोग का लागि स्वास्थ्य निर्देशनालय बाट मिति २०७७ मङ्सिर १२ गते का दिन सुदूरपश्चिम प्रदेश भित्र सेवा दिरहेका सबै कोभिड अस्पताल , कोभिड परीक्षण ल्याब , स्थानीय तह लाइ पत्राचार समेत गरि सकेको कुरा स्वास्थ्य निर्देशक डा .अवस्थी ले बताउनु भएको छ । साथै वहा ले कुनै प्रयोगशाला ले IMU एप प्रयोग गर्न कुनै कठिनाइ भएमा मङ्सिर महिना भित्र अनसाइट कोचिंग गरेर , अर्थात क्रस विजिट गराएर समेत सबै लाइ एप प्रयोग गर्न सक्ने गरि ब्यबस्थापन गर्न लागेको कुरा बताउनु भएको छ । त्यस बाहेक उहाँले अब कोभिड १९ को सम्पूर्ण रेकर्ड तथा रिपोर्ट को काम IMU नेपाल बाट मात्र हुने समेत कुरा मा जोड दिनु भएको छ । IMU ( Information Management Unit) एप बाहेक अन्य कुनै बिकल्प नभएकोले सबैले यसै प्रविधिमा अभ्यस्त हुनु पर्ने समेत बताउनु भयो।
Comments 2