काठमाडौं, ०३ माघ २०७७
नेपालको पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मी, फिजियोथेरापिष्ट स्पिच थेरापिस्ट , अकुपेशनल थेरापिस्ट तथा प्रोस्थेथिस्ट अर्थोटिस्टका संघहरुले सहकार्य गरी नेपालमा पुर्नस्थापना सेवालाई उत्थान गर्ने हेतुले कसेका छन्।
उक्त बैठकमा फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारी , महासचिब समिद कतिला श्रेष्ठ , सचिव निष्ठा श्रेष्ठ तथा कार्यकारी सदस्य सुरज भुसाल , स्पीच थेरापी संघका अध्यक्ष वीरेन्द्र झा , सचिव रजत गौतम , अकुपेशनल थेरापी संघका अध्यक्ष सैलेजा शर्मा तथा अर्थोसिस प्रोस्थेसीस संघका अध्यक्ष अमित रत्न बज्राचार्य तथा सचिव यति राज निरौला सहभागी थिए।
नेपाल फिजियोथेरापी संघको नेतृत्वमा गरिएको आजको बैठकले पुनर्स्थापनाका यी विधाहरुका संस्थाहरुले हातेमालो गर्दै अगाडि बढ्ने सल्लाह तथा निष्कर्ष गरेका हुन्। नेपाल स्वास्थ व्यवसायी परिषदमा दर्ता हुने यी स्वास्थ्यकर्मीहरुको छुट्टै आ-आफ्नो परिषद् भने हाल सम्म बनेको छैन । संख्याको हिसाबले समेत न्यून रहेको यो विधाहरूको परिषदमा फिजियोथेरापीको दर्ता २५ सय नाघेको छ भने अन्य विधाहरूमा सय भन्दा कम रहेको छ । सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी कम भएतापनि पुनर्स्थापना सेवाको माग अहिले धेरै बढेको पदाधिकारीहरुले जानकारी दिनुभयो ।
हालसम्म पुनर्स्थापना सेवाको काम धेरै निजी क्षेत्रबाट भइरहेको र बिस्तारै अब सरकारी स्तरबाट पनि यी सेवाहरु प्रदायक हुने कार्यहरु अगाडि बढिरहेको नेप्टाका महासचिव समिद कतिला श्रेष्ठले बताउनुभयो ।
अब सहरी क्षेत्रमा मात्र सीमित नरही पुनर्स्थापना गाउँ गाउँ सम्म पुग्ने विभिन्न कार्यक्रमहरू सुरुवात हुने कुरामा सबै आशावादी छन ।
एकातिर पुनर्स्थापनाको माग बढ्दो छ भने अर्को तिर नितीगत तहमा यसको सम्बोधन खासै हुन नसकेको विज्ञहरु बताउँछन्। स्वास्थ व्यवसायी परिषदमा स्पीच थेरापी , अकुपेशनल थेरापी तथा प्रोस्थेसिस र अर्थिसिसका कोही प्रतिनिधि समेत छैन । यस्तोमा यस विद्याको गुणस्तर र नीति निर्माणका कार्यहरू गर्न धेरै गाह्रो छ। यी संघहरुले आयोजना गर्ने कार्यक्रमहरू पनि संख्या कम भएको छ ।
यी सम्पूर्ण कामहरू सहकार्य गर्दा सहज हुने र विशेष गरी निम्न बुदाँहरुमा काम गर्ने आजको बैठकले निर्णय गरेको नेप्टाका महासचिव कतिलाले बताए।
यस्ता छन निर्णय गरेका बुदाँहरु :
- – सम्मेलन , सेमिनार आयोजना गर्ने।
- अनुसन्धान तथा खोजको कार्यहरू गर्ने।
- अनियमितताको बारे परिषद तथा जिमेवार पक्ष सँग कुरा गरी कदम चाल्ने।
- परिषदमा पुनर्स्थापना बिदाको नेतृत्व सहज गराउन पहल गर्ने।
- पुनर्स्थापना सम्बन्धी जनचेतना फैलाउने।
- स्वास्थ मन्त्रालयलाई पुनर्स्थापनाका काम हरुमा सहयोग गर्ने।
- पुनर्स्थापनाका सबै विधाका हक र हितका नियमित संयुक्त काम गर्ने।