रौतहट १५, बैशाख
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको आशंकामा गरिएका व्यक्तिहरुको संख्या बढ्ने क्रम जारी रहेको छ ।
भारत लगायत विभिन्न स्थानबाट आउनेहरुलाई १६ दिनसम्म नियमित क्वारेन्टाइनमा राख्ने व्यवस्थाअनुसार त्यस्ता शंकास्पद व्यक्तिहरुको संख्या बढेको हो ।
जिल्लाको बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनहरुमा आइतवार साँझ सम्म १९ जना महिलासहित ३ सय १० जना शंकास्पद व्यक्तिहरुको उपचार भइरहेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताए ।
जिल्लाको बिभिन्न क्वारेन्टाइनमा लगातार २ हप्ता बसेर हालसम्म दुुईसय ७९ जना घर फर्किसकेका जिल्ला प्रशासन कार्यालयका नासुु रामनरेस साहले जानकारी दिए ।
जिल्लाभरीमा कुुल २७७ जनाको थ्रोटस्वाब जाँचको लागि जनकपुर प्रादेशिक असपताल पठाइएकोमा १६१ जनाको निगेटिभ १ जनाको पाजेटिभ रिपार्ट आएको र अन्यको आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।