आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

रसुवा कारागारमा पुस्तकालय तथा नि:शुल्क स्वास्थ्य शिविर

Nam Raj Bhatta by Nam Raj Bhatta
February 19, 2023
in News
A A
0
रसुवा कारागारमा पुस्तकालय तथा नि:शुल्क स्वास्थ्य शिविर
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

रसुवा, ६ फागुन २०७९

एक सामाजिक संस्था टिम नेपोले कारागार कार्यालय रसुवामा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गर्दै दुई दिने नि: शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ ।

कारागार सुधार परियोजना अन्तर्गत नेपालका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको उक्त संस्थाले कैदीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन र कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यसहित उनीहरूलाई सूचना र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्य राखेको छ ।

कार्यक्रमको प्रमुख अतित्यथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. निगम पौडेल, डि.एस.पी सुवास बुढाथोकी, इन्स्पेक्टर विष्णु प्रदीप बस्याल र जेलर हरिराम न्यौपाने पनि उपस्थित थिए । कैदीबन्दी तथा संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्र.जि.अ. अधिकारीले कारागारलाई सुधार केन्द्रको रुपमा स्थापित गर्न गरेको प्रयासका लागि परियोजना आयोजक टिम नेपोलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै कारागारमा रहेका कैदीबन्दीलाई किताब पढ्नमा समय लगाउन आग्रह गरे भने जेलर हरिराम न्यौपानेले कारागारमा पुस्तकालय स्थापनाले कैदीबन्दीहरुको सकारात्मक विचार प्रवर्दन गर्नुका साथै सहि मार्गदर्शन दिने कुरामा विस्वस्थ रहेको बताए । उनले लामो समयको प्रयास पछि कारागारमा पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

Dr. Nigam paudel

टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले आख्यान तथा गैरआख्यान, जीवनउपयोगी, अध्यात्मिक, सेल्फ हेल्प र सीप मुलक गरि विभिन्न विधाका ५०० थान पुस्तक, सोधपत्र तथा पत्रिका हस्तान्तरण गरे भने संस्थाका कोषाध्यक्ष नवीन खनालले १०० थान नोटबुक र कलम हस्तान्तरण गरेका थिए । डा. पौडेलले प्रकाश गर्दै भने, “जेलमा रहेका पुस्तकहरूले मानिसको जीवनमा सकरात्मक परिवर्तनका साथै पढ्ने बानी मानसिक स्वास्थ्यका लागि पनि निकै हितकर हुन्छ । वास्तविकताबाट उम्कने र कारागारमा समय व्यतित गर्दैगर्दा समसामयिक विषय एवम् सुचना सँग परिचित हुने अवसर पुस्तकहरूले प्रदान गर्दछन् । कारागारलाई सजाय केन्द्र नभई सुधार केन्द्रको रुपमा स्थापित गर्नका निम्ति यस परियोजनाले हालसम्म ६ कारागारमा पुस्तकालय स्थापना गरिसकेको छ । ” कैदीहरूलाई सम्बोधन गर्दै उनले उपलब्ध गराइएका पुस्तकहरूको बढीभन्दा बढी सदुपयोग गर्न अपिल गर्नुका साथै जेलमा समय व्यतित गर्दाका आफ्ना अनुभव, भोगाई, सकारात्मक तथा नकरात्मक भावना, समस्या एवम् तनावहरुलाई शब्दमा उतारी दैनिकी लेख्न प्रोत्साहन गर्नका निम्ति कैदीबन्दीहरुलाई उक्त नोटबुकहरू उपलब्ध गराइएको जनाउदै सहयोगी संस्थाहरु एथिक्स फ्रम दि डाइभर्स परस्पेक्टिभ र ग्लोबल हब एजुकेशनल नेटवर्कलाई धन्यवाद दिए ।

अभियानअन्तर्गत यसअघि अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन र दाङका कारागारमा पुस्तकालय स्थापना गरिएको छ । रसुवामा उक्त परियोजनले ७२ कैदीबन्दी (६४ पुरुष र ८ महिला) लाभान्वित हुने भएका छन् ।

पुस्तकालय स्थापना भए सगै कैदीबन्दीका लागि दुईदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै संस्थाकि कार्यक्रम संयोजक सुश्री सरिना सुवेदीले महिला कैदीहरूलाई १०० थान सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् । उक्त शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच र औषधिहरू नि:शुल्क वितरण गराइएको थियो भने थप टेस्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरूलाई जिल्ला अस्पताल तथा केन्द्रीय कारागार अस्पतालमा रेफर पनि गरिएको डा. पौडेलले बताए । ७२ कैदीबन्दी तथा कारागारका सुरक्षाकर्मी र अन्य कर्मचारीसहितले सेवा लिएको उक्त शिविर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवा तथा कारागार कार्यालय रसुवाको सहयोगमा आयोजना गरिएको थियो ।

Tags: Corona Virus #Covid19Dr. Nigam PaudelRasuwa Central Karagar
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

काङ्ग्रेस नेता डा. चन्द्र भण्डारीको हातको जलेको भागले काम गर्न थाल्यो

Next Post

भारतद्वारा नेपाललाई पहिलो खेपमा २०० थान हेमोडायलासिस मेसिन सहयोग

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

57 mins ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

5 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

1 day ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
भारतद्वारा नेपाललाई पहिलो खेपमा २०० थान हेमोडायलासिस मेसिन सहयोग

भारतद्वारा नेपाललाई पहिलो खेपमा २०० थान हेमोडायलासिस मेसिन सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...