• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

रक्तचापबारे जानकारी: डा.ओममूर्ति अनिल

HNN Staff by HNN Staff
October 25, 2020
in Health
A A
2
Measuring blood pressure

Measuring blood pressure

Share on FacebookShare on TwitterShare on LinkedIn

आजकल हरेक परिवारका कुनै न कुनै सदस्यलाई रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । त्यसका साथै स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयम् आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।

उच्च सामान्य रक्तचाप कसलाई भन्ने त ? १२०र८० भन्दा कम रक्तचाप हुनु राम्रो मानिन्छ । यस्ते प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा कमलाई मानिन्छ ।उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ । यस्तै हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ ।यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर रक्तचाप घरमै आफैंले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन ।

रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्सकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ ।अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ ।घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा तीन पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ ।रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेट्न जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दाअगाडि नाप्नुपर्छ ।

रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन ।

अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ । चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ ।

यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक तीन महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ ।तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनु। जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ । यसैले रक्तचाप नाप्दा ठिक तरिका अपनाउनुपर्छ ।

Dr Om Murti Anil
Dr Om Murti Anil

रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।

रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएकोहातमा नाप्नुपर्छ ।


✍️ डा.ओममूर्ति अनिल

Tags: Blood Pressure
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिबद्धता

Next Post

कोरोना सम्बन्धि डा.बरालको सचेतनामूलक कविता

Related articles

बिहान उठ्ने बित्तिकै चिया पिउनु कतिको फाइदा ? #Tea
Health

बिहान उठ्ने बित्तिकै चिया पिउनु कतिको फाइदा ? #Tea

2 weeks ago
456
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

3 months ago
411
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV
Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

3 months ago
404
Amla importance
Health

अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

3 months ago
402
Tulasi importance
Health

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

3 months ago
401
Diabetes must know 15 facts by Health News Nepal
Disease

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

4 months ago
432
Next Post

कोरोना सम्बन्धि डा.बरालको सचेतनामूलक कविता

Comments 2

  1. Pingback: नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure • Health News Nepal
  2. Pingback: नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Novel Coronavirus (COVID-19) Media Briefing #COVID-19

अहिलेसम्मकै उच्च ४४८ जनामा कोरोनाको संक्रमण , सन्क्रमितको संख्या ५ हजार नाघ्यो #Covid19

9 months ago
400
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढी थपिए #Covid19

5 months ago
400

क्यान्सर रोगमा रेडियोथेरापीको भूमिका

12 months ago
401

Don't Miss

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
495
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
410
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
460
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
857
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
481
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
419
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
853
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (920)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In