दाङ, ४ चैत २०८१
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जरी डा. उपमा शर्माले स्वास्थ्य प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन्।
कोहोलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा लामो समय काम गरेकी डा. शर्माले प्रतिष्ठानमा सेवा दिन थालेकी हुन्।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
दाङको स्वास्थ्य क्षेत्रको विकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्वाधारदेखि सेवा विस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताए।
लम्सालले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथल्याब मेसिन पनि ल्याउने तयारी भइरहेको र मेसिन आउना साथ मुटु रोग विशेषज्ञ पनि ल्याएर सेवालाई थप मजबुत बनाइने बताए।