कोभिड -१९ र नेपाली औषधि बजारको परिदृश्य

✍️ राजेश आचार्य 

भेगा फर्मास्यूटिकल्स प्रा. लि.

सम्पूर्ण विश्व नै यस कोभिड -१९ को महामारीबाट त्रसित र ग्रसित भएको सन्दर्भमा नेपाली औषधि बजार पनि यसबाट अछुतो रहने कुरा सोच्न सकिदैन । यस महामारी पश्चात् पनि समग्र औषधि बजारको गतिशिलता र यस व्यवसाय संग सम्बन्धित पेशाकर्मीको मनोविज्ञान थोरै भएपनि परिवर्तन हुने आकलन गर्न सकिन्छ । रुघाखोकी अथवा अन्य सामान्य मौसमी रोगको उपचारका लागि हतारिदै अस्पताल धाउन पर्दैन भन्ने बिरामीको मनोविज्ञानमा आएको परिवर्तनले आवश्यकता भन्दा बढी औषधिको प्रयोगलाई थोरै भएपनि निरुत्साहित गरेको छ।

प्रधानमन्त्री ज्यूले भने जस्तैः नुन -पानी बेसार प्रयोगको प्रसङ्ग यहाँ समय सान्दर्भिक हुन सक्छ। यसर्थ सामाजिक र आर्थिक गतिविधि नै आधा जस्तो भएको अवस्थामा बजार आकार केहि खुम्चिएको देखिए पनि भोलिको दिनमा आशा गर्ने ठाउँ पनि उत्तिकै देखिन्छ ।

न्यूनतम भन्दा न्यूनतम ब्यापारका वीच पनि यो विषम परिस्थितिमा कर्मचारी पालेर थेगी बस्न आफैंमा चुनौतीपूर्ण कार्य हो । धेरै संस्थाहरुले यस्तो असहज अवस्थामा पनि कार्य सम्पादन सुचारू राख्दै असल व्यवस्थापनको परिचय मात्रै दिएका छैनन् कि देशकै अर्थतन्त्रलाई पनि भोलिका दिनमा राम्रै टेवा दिन सक्छौं भन्ने संदेश दिदै उद्दमशिलतालाई पनि थप प्रोत्साहन दिएका छ्न।

अर्को तर्फ नयाँ लगानीको व्यवसाय तथा स्थापित भै नसकेका व्यवसायहरुलाई बैंकको व्याजदर थपिदै जाने , खर्चको अनुपात कायमै रहने तथा बजार पुरानै लयमा फर्कन धेरै समय लाग्ने अवस्थामा टिकाउ राख्न निकै गाह्रो पर्ने निश्चित प्राय नै छ ।

ठूलो पुजी यस यस क्षेत्रमा बाहिरबाट पनि नभित्रीने र स्वदेशी लगानीकर्ता पनि यस महामारीको परिदृश्यमा आकर्षित नहुने अवस्थाले थप गाह्रो पक्कै पनि बनाउने छ। साथसाथै नियमित एलोपेथिक र आयुर्वेदिक औषधिका अलवा मास्क , स्यानिटाइजर , Gloves , Handwash , Disinfectants को स्वदेशमै उत्पादन लगायत बिक्रि बितरणको राम्रो संभावना देखिए संगसंगै काम गर्ने जमात र मनोविज्ञानका अगाडि यस महामारीको समयमा र यस पश्चात पनि आश गर्ने ठाउँहरु प्रशस्तै देखिन्छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT