Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

Nam Raj Bhatta by Nam Raj Bhatta
July 11, 2026
in News
Reading Time: 1 min read
A A
0
क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले बताएका छन्।

काठमाडौंमा शुक्रबार क्वेस्ट फर्मास्युटिकल्स प्रालिले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत जयन्ती समारोहमा वक्ताहरूले नेपालमा औषधि उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै अब नीतिगत सुधारमार्फत यसको क्षमता अझ विस्तार गर्नुपर्ने बताएका छन।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद गणेश पराजुलीले करिब ८० अर्ब रुपैयाँको नेपाली औषधि बजारमध्ये ४०–४५ अर्ब रुपैयाँ बराबरको औषधि स्वदेशमै उत्पादन भइरहेको बताउनु भयो।

पराजुलीले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा स्वदेशी उद्योगहरूको भूमिका बढ्दो रहेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको बताउनु भयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको बताउनु भयो। उद्योग व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई समेटेर सरकारसँग नियमित संवाद गर्ने संयुक्त संयन्त्र गठनको तयारी भइरहेको जानकारी दिनुभयो।

समारोहमा क्वेस्ट फर्मास्युटिकल्सका कार्यकारी निर्देशक उमेशलाल श्रेष्ठले स्वदेशी औषधि उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन उद्योग प्रवर्द्धन, औषधिको मूल्य समायोजन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए।umesh lal shrestha

श्रेष्ठका अनुसार कम्पनीले भक्तपुरमा अत्याधुनिक ‘इनोभेसन सेन्टर’ स्थापना गरी हाल विदेशबाट आयात भइरहेका केही औषधि नेपालमै उत्पादन गर्ने तयारी गरिरहेको छ। यसबाट देशको औषधिमा आत्मनिर्भरता थप मजबुत हुने विश्वास कम्पनीको छ।

सन् १९९९ मा स्थापना भएको क्वेस्ट फर्मास्युटिकल्सले सन् २००१ देखि उत्पादन सुरु गरेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको कम्पनीले हाल १०० भन्दा बढी ब्रान्डेड जेनेरिक औषधि उत्पादन गर्दै वार्षिक ३० करोडभन्दा बढी युनिट औषधि बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार १५० भन्दा बढी वितरण साझेदारमार्फत देशभर करिब ३० लाख बिरामीसम्म सेवा पुगिरहेको छ भने नेपालको करिब पाँच प्रतिशत औषधि आवश्यकता क्वेस्टले पूरा गरिरहेको छ। कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

Tags: Quest pharmaceuticals pvt. Ltd
SummarizeShare236ScanTweet148

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.