आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

म्याग्नस फर्माले नेपालमै पहिलोपटक शुरू गर्‍याे ५ प्रकारका इन्जेक्टेबल औषधीको उत्पादन

Nam Raj Bhatta by Nam Raj Bhatta
March 12, 2025
in News
A A
0
म्याग्नस फर्माले नेपालमै पहिलोपटक शुरू गर्‍याे ५ प्रकारका इन्जेक्टेबल औषधीको उत्पादन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

वीरगञ्ज, २८ फागुन २०८१

म्याग्नस फर्मा प्राइभेट लिमिटेडले नेपालमै पहिलोपटक मधुमेह, अल्जाइमर्स, हेपाटाईटिस सी र बीका साथै मिर्गाैला रोगको औषधीसहित ५ प्रकारका इन्जेक्टेबल नयाँ औषधीहरूको उत्पादन शुरू गरेको छ ।

यीमध्ये दुई वटा औषधि बजारमा आइसकेको छ भने वैशाखबाट पाँचै प्रकारका औषधीहरू बजारमा पुग्ने म्याग्नसले जनाएको छ । १६ वर्ष पुरानो यो कम्पनीले १ सय ९ ब्रान्डसहित २ सय ७ प्रकारका औषधी उत्पादन गरिरहेको छ । यो कम्पनीले म्याग्नसले नेपालमा मात्र नभई भेनेजुएला, मोरिसियसलगायतका देशहरूमा समेत औषधीहरू निर्यात गर्दै आएको प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले बताउनुभयो ।

मास्केका अनुसार हामीले कुनै कमजोर औषधी उत्पादन गर्दैनौ। विश्व स्वास्थ्य संगठनले जीएमपी सर्टिफाई समेत गरेको छ । अब नेपालमा मात्र हैन, युरोपमा औषधी निर्यातका लागि सर्टिफाई गर्दैछौ’ उहाँले विगत ४० वर्षमा नआएका समस्या अहिले औषधी कम्पनीमा देखा परेको पनि बताउनुभयो ।

१ अर्बको लगानीमा सञ्चालित यो औषधी कम्पनीले पहिलोपटक स्वचालित वे हाउस शुरू गरेको मास्केले  जानकारी दिनुभयो।  ‘नोडल स्प्रे पनि नेपालमै पहिलोपटक शुरू गर्दैछौ ।’

म्याग्नस फर्मा प्रा.लि का प्रमुख कार्यकारी मञ्जुली श्रेष्ठले म्याग्नस फर्माले गुणस्तरमा सम्झौता नगर्ने जिकिर गर्दै अन्य कम्पनीहरूले शुरू नगरेको र विश्वमा नभएको ३४ वटा मलिकुल नेपालमा म्याग्नसले उत्पादन शुरू गरेको जानकारी दिनुभयो ।

यी औषधीहरू नसा, छाला, हाडजोर्नी, फोक्सो, डिमेन्सिया, ग्यास्ट्रो, हेपाटाईटिस सी र बी, उच्च रक्तचाप र दीर्घ रोगका लागि प्रयोग गरिन्छ । उहाँले इन्जेक्टेबल औषधीका लागि नेपालले विदेशको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्दै म्याग्नसले नेपालमै गुणस्तरीय र सुरक्षित औषधी उत्पादन शुरू गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । यस कम्पनीले ३ सय ६६ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।

नेपाली औषधी कम्पनीको कोशेढुंगाको रूपमा स्थापित म्याग्नसले सन् २०२३ र २०२४ मा १८ महिनाभित्र विश्व स्वास्थ्य संगठनबाट २ पटक उच्च गुणस्तरीय औषधी उत्पादन गर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो । त्यस्तै, म्याग्नस फर्माका क्वालिटी एसुरेन्स मेनेजर कमलेस यादवले बिरामीलाई इन्जेक्सनबाट औषधी दिँदा सीधै नसा, रगतमा पुगेर छिटो नतिजा दिने भएकोले यस्तो औषधीको गुणस्तर राम्रो हुनुपर्ने बताउनुभयो ।

नेपालमा इन्जेक्सनबाट दिने औषधी ४ वटा कम्पनीले मात्र उत्पादन शुरू गरेका छन् । इन्जेक्सनबाट दिने औषधीको उत्पादन धेरै खर्चिलो छ । औषधी उत्पादका लागि आवश्यक पर्ने कच्चा पदार्थदेखि हावा, पानी, उत्पादन गर्ने कम्पनीको सरसफाइलगायत प्याकिङ सबैमा विशेष सुरक्षा अपनाउनुपर्छ । गुणस्तरका विषयमा हरेक २ वर्षमा औषधी व्यवस्था विभागले अनुगमन गर्ने गरेको छ । औषधी हरेक पटक गुणस्तरीय बन्नुपर्ने भएकोले हरेक समयमा तालिमको व्यवस्था र उत्पादित औषधीको परीक्षण गरिरहनुपर्ने भएकोले गुणस्तरीय मेसिन व्यवस्थापनमा धेरै समय र खर्च लाग्ने यादवको भनाइ छ।

उहाँले औषधी उत्पादनका क्षेत्रमा हावा माइक्रोबायोलोजी ल्याबमा हेपा फिल्टरबाट हावा फिल्टर गरेर भित्र पठाई निर्मलीकरण प्रविधिबाट निर्मलीकरण गर्नुपर्ने जानकारी दिँदै भन्नुभयो– ‘औषधीको म्याद २४ महिना दिँदा ३६ महिनासम्म काम गर्ने हुनुपर्छ । औषधीको म्याद २४ महिना प्लससम्म काम गर्छ तर तोकिएको म्यादभन्दा पछि बजारमा पठाउन मिल्दैन ।

औषधीलाई कति तापक्रममा राख्ने, कति तापक्रममा काम गर्छ भनेर ४० डिग्री सम्मको तापक्रममा राखेर हेरिन्छ । कहिलेकाँही प्याकेजिङले पनि औषधी बिगार्न सक्छ । त्यसैले औषधीमात्र गुणस्तरीय बनेर हुन्न प्याकेजिङ पनि गुणस्तरिय हुनुपर्छ । लेबलिङ अर्को महत्वपूर्ण विषय हो । औषधीभन्दा प्याकेजिङ महँगो पर्छ ।

औषधीको प्याकेजिङ, बजार र सुरक्षा धेरै महँगो हुन्छ ।’ ६ हजार करोडको नेपाली बजारमा नेपाली औषधीले ५० प्रतिशत धानेको छ । नेपालमा ७६ वटा औषधी कम्पनी छन् भने ४ वटाले मात्र इन्जेक्टेबल औषधी उत्पादन गर्छन् । नेपालले वर्षेनी १८ सय करोडको इन्जेक्टेबल औषधी आयात गरिरहेको बताइएको छ। म्याग्नस फर्माले नेपालमै उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ।

Tags: Magnus pharma Pvt ltdSudhir prakash maskey
Nisarga hospital Dhangadhi
Previous Post

पौवादुङमा गाउँपालिकाले नसर्ने रोगका बिरामीको पहिचान गर्दै

Next Post

प्रादेशिक अस्पताल मुस्ताङमा १९ महिनापछि प्रसूति शल्यक्रिया शुरु

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

12 hours ago
784
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

17 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

18 hours ago
790
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

18 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

22 hours ago
910
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

1 day ago
795
Next Post
प्रादेशिक अस्पताल मुस्ताङमा १९ महिनापछि प्रसूति शल्यक्रिया शुरु

प्रादेशिक अस्पताल मुस्ताङमा १९ महिनापछि प्रसूति शल्यक्रिया शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.