कतारमा कोरोना संक्रमणका कारण पहिलो मृत्यु , ५ सय ९० जनामा संक्रमण

काठमाडौं ,१६ चैत्र 

कतारमा पहिलो पटक कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५७ वर्षका बंगालादेशी नागरिकको संक्रमणबाट मृत्यु भएको हो । मृत्यु भएका बंगालदेशी नागरिकमा पुरानो स्वास्थ्य समस्या रहेको जानकारी समाचार संस्था क्यूएनएलाई उद्रत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् ।

कतारमा आजै थप २८ जनामा संक्रमणको पुष्टि भएको छ । यो संगै कतारमा संक्रमितको संख्या ५ सय ९० पुगेको छ । कतारमा संक्रमण पुष्टि हुनेका अधिकांस प्रवासी कामदार रहेका छन् । संक्रमण बढेपछि औद्योगिक क्षेत्र बन्द गरि कामदारहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कतारमा हालसम्म ४५ जना उपचारपछि निको भएका छन् ।

Next Post
ADVERTISEMENT