Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्छ : डा. रवीन्द्र पाण्डे #Covid19

HNN Staff by HNN Staff
May 21, 2020
in News
A A
0
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद

नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ । त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं ।

यसलाई पुष्टि गर्ने केहि आधार छन् ।

१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो ।
२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए ।
४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ ।बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन ।त्यस्तै कसैको पनि मृत्यु भएको थिएन ।
५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ । र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन । र्यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ ।
६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ ।
७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन । उनलाई बुटवल रिफर गरियो । बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो । त्यसैले भेन्टिलेटरमा राखियो । उनको कोरोना टेस्ट पोजिटिभ देखियो ।उनको ट्राभल हिस्ट्री छैन । गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन । यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् । यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ ।

यी केसको आधारमा के भन्न सकिन्छ भने नेपालमा जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आएको थियो ।

कोरोना संक्रमणको दोस्रो वेभ :
अप्रिल र मे मा नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ आएको छ ।  यो वेभ खास गरेर भारतबाट आएका नेपाली र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा ब्यापक मात्रामा देखिएको छ ।परिक्षणको दायरा निकै साँगुरो भएकोले यो वेभको क्षेत्रफल अध्ययन हुन सकेको छैन । अहिले भारतसंग जोडिएका सिमाना, त्यहाँबाट बिभिन्न गाउँ तथा सहरमा पुगेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, क्वारेन्टाइनमा बसेका व्यक्तिमा धरै देखिएको छ । संक्रमण फैलिएको इन्डिकेटर बताउने समुह जस्तै डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, बालबालिका तथा सक्रिय उमेरका व्यक्तिमा बिभिन्न ठाउँमा छरिएर देखिएको छ । यो वेभ साउनसम्म तीब्र गतिमा फैलिने देखिन्छ | रोकथामका उपायलाई गम्भीर रुपमा परिचालन नगर्ने हो भने साउन मसान्तसम्म नेपालमा २४ हजार व्यक्ति संक्रमित हुने मेरो निस्कर्ष छ । यसको १५ % अर्थात ३६०० जनालाई अस्पतालको सेवा आबश्यक पर्न सक्छ भने १२०० जनालाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनसक्छ । गुणस्तरीय उपचार र तयारी नभएमा करिब ६०० जनाको मृत्यु हुनसक्छ । यो ग्यारेन्टी होइन, मेरो अध्ययन र विश्लेषण हो । राज्यले न्युनतम यो संख्याको उपचारको लागि र मृत्युदर घटाउन गम्भीर तयारी गर्नुपर्ने    देखिन्छ ।
.

तेस्रो वेभ :
विश्वका बिभिन्न देशमा भएको अध्ययन अनुसार नोभेम्बरदेखि तेस्रो वेभ सुरु हुनेछ ।  नेपालको सन्दर्भ हेर्ने हो भने तेस्रो वेभ मंसिर, पुस र माघसम्म रहने देखिन्छ । यो वेभ दोस्रो वेभभन्दा कमजोर हुने प्रक्षेपण गर्न सकिन्छ । यो वेभ आउने बेलासम्म कोभिड १९ को औषधि तथा खोपमा धेरै प्रगति हुने अनुमान गर्न सकिन्छ । राज्यले बिज्ञहरुको टास्क फोर्स बनाएर यो अवस्था नियन्त्रण गर्न आबश्यक पहल गर्नु जरुरी छ ।

#Public Health #Medicine #Covid19

Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

एकाबिहानै १७ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या ४४४ पुग्यो #Covid19

Next Post

विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #Covid19

Related articles

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

3 hours ago
780
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

चिकित्सकले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने

20 hours ago
784
Nepal Medical Association
News

उपभोक्ता अदालत विषयमा असन्तुष्टि जनाउँदै चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा

21 hours ago
782
सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
News

सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

1 day ago
782
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमाले अब बीमितका लागि देशभरका प्रथम सेवा बिन्दु खुल्ला गर्ने

2 days ago
786
डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा
News

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा

2 days ago
788
Next Post
विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #Covid19

विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,115)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.