Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #Covid19

HNN Staff by HNN Staff
May 21, 2020
in News
Reading Time: 1 min read
A A
0
विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #Covid19
590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं  ,८  जेठ

कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो        संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिककि ७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राख्नु भएको छ ।
डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट “धेरै चिन्तित” भएको बताउनुभएको छ ।

दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आउनु भएको छ । उहाँले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरहनु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिनु भएको छ । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानि गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राख्नु भएको छ । उहाँले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि७) को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

“म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु” उहाँले भन्नुभयो । “अरु नेताहरु पनि सहभागी हुनु हुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ – सामान्यीकरण !”

यी ७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको कार्यालयले “स्वास्थ्य स्थितिले अनुमति दिएमा” उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू “पर्ख र हेरको अवस्थामा रहेको” बताउनु भएको छ ।

विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस संक्रमित भएका छन् । यसबीच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।

भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरु आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ ।

यसैबीच, युरोपमा संक्रमण र मृत्यु दरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ ।

एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।
भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ ।
चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरु खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका      छन् ।

Tags: #World health organizationCorona Virus #Covid19
SummarizeShare238ScanTweet147

Related articles

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.