काठमाडौं, १४ फागुन २०७९
नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेका छन् ।
समितिले केन्द्रिय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरुले छात्रबास नपाएको भन्दै विभागिय प्रमुखसमक्ष तत्काल छात्रबासको व्यवस्था गर्न माग गरेको हो।

साथै हालको छात्रबास दुर्गन्धित भएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि माग गरिएको छ। अध्यक्ष सुमित बोहरा सहितले विभागिय प्रमुखलाई यस्तो माग राखेका हुन्।
 
			 
 
    	 
			
 

 










 



 
                