काठमाडौं, ९ जेठ २०७९
अपांगता भएका व्यक्तिहरूलाई ह्लिलचियर दिदा के कस्ता कुरामा ध्यान दिनुपर्छ र मेरुदण्ड भाँचिएर स्वयम् सौच गर्न नसक्ने विरामीहरुलाई के कस्तो कुरामा ध्यान दिने तथा यि दुबैको विरामीलाई प्रयोग गरी सिकाउने विधीको बारेमा फिजियोथेरापिष्ट तथा नर्सिङ स्वास्थ्यकर्मीहरुलाई तालिम दिईएको छ।
फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरुको संघ प्राणले आयोजना गरेको यस तालिममा ८० जना फिजियोथेरापिष्ट र नर्सहरुको सहभागिता थियो । दुर्घटना वा रोगले अस्पताल वा पुनर्स्थापना केन्द्रमा पुगेका केही विरामीहरुलाई दिर्घकालिन रुपमा ह्लिलचियर आवश्यकता पर्न सक्छ। विरामीहरु आत्मनिर्भर हुन उनिहरुको स्वास्थ्यको क्षमता अनुसार ह्विलचियर प्रयोग सिकाउनु पर्छ । मेरुदण्डको हड्डी भाँचिएर स्पाईनल कर्ड पुरै चुट्टिए दिसा पिसाब स्वयम् गर्ने क्षमता हुदैँन। यस्तोमा यसको तालिम विरामीलाई सही ढंगले दिन जरुरी रहन्छ। जसले अन्य समस्याबाट पनि बच्न सहयोग गर्छ । यही दुई तालिमहरु विरामीलाई कसरी दिने भन्ने बारे फिजियोथेरापिष्ट र नर्सहरुलाई तालिम दिईएको र कार्यक्रम सफल भएको कार्यक्रम संयोजक तथा प्राणका महासचिव समिद कतिला श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा डब्लुएचओ सर्टिफाईड ह्विलचियर टेर्नेर सुनिल पोखरेलका साथै चन्दा राना, साजन मानन्धर, क्रितन श्रेष्ठ र ह्विलचियर टेक्नियिसन राम हरि लम्सालले तालिम दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता प्राणका अध्यक्ष हरि कुमार लम्सालले गर्नुभएको थियो । प्रमुख अतिथी कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता रोगथाम माहासाखाका साखा प्रमुख डा. रविन्द्र बास्कोटाले यस्तो तालिम अती आवश्यक भएको हुँदा सरकारी स्तरवाट पनि गर्न सकिने बताउनु भयो ।
पब्लिक हेल्थ अफिसर महेन्द्र गिरी लामो समय पुनर्स्थापनामा काम गर्नु भएको डा. उत्तम घिमिरे, पुनर्स्थापनामा विज्ञ स्मृति सुवाल तथा नेप्टा अध्यक्ष लक्ष्मण अधिकारी, पोस नेपालका अध्यक्ष सुकदेव पौडेल र नासफिरका अध्यक्ष यम मौनाली अतिथी हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन गर्नको निमित्त राष्ट्रिय अपाङ्ग कोषले प्राणलाई आवश्यक सामाग्रीहरु व्यवस्थापन गरेको छ।