१८ असार २०७८, धनगढी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौं र International Organization of Migration को सहयोगमा धनगढीमा स्वास्थ्यकर्मी र अन्य सरोकारवाला हरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
होटल डिभोटी धनगढीमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्काज्यु प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. कृष्ण प्रसाद पौडेल , धनगढी उपमहानगर पालिकाका मेयर श्री नृप बहादुर वड , पुनर्वास नगरपालिका का मेयर श्री जीवन राज थापा , सामाजिक बिकास मन्त्रालयका सचिव श्री रघुराम बिष्ट , कैलाली जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र रिजाल , सुरक्षा निकायका प्रमुख, स्वास्थ्य सेवा बिभाग कै इपिडेमियोलोजी शाखा प्रमुख डा. अमृत पोखरेल लगायत सिमा नाकामा कार्यरत स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य संगठनले सन् २००५ मा अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली तयार गरि सदस्य राष्ट्रहरुको हस्ताक्षर सहित विश्व भर लागु गरेको छ । यस दस्ताबेजले मानिसहरु एक देशबाट अर्को देशमा प्रवेश गर्दा मानिस संगै रोग पनि जान सक्छ। त्यस कारण सिमा नाका मै देश भित्र प्रवेश गर्ने मानिसहरुको स्वास्थ्य परीक्षण हुन् सकेमा रोगको रोकथाम गर्न सकिने प्रमुख उद्देश्य यस नियमावलीको हो ।
नेपाल पनि यस कानूनको पक्ष राष्ट्र भएको हुनाले देश भर १३ स्थानमा सिमा नाकामा ब्यबस्थित हेल्थ डेस्क निर्माण गरि सेवा संचालन भैरहेको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीको त्रिनगर , कन्चनपुरको गड्डाचौकी , बैतडीको झुलाघाट , दार्चुलाको पुलघाट गरि चार वटा नाका नेपाल प्रवेशका लागि तोकिएका छन् ।

यिनै चार वटा नाकामा सेवा दिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत अन्य सहयोगी संस्थाका कर्मचारी हरुको क्षमता अभिब्रिधि गर्ने क्रममा त्रिनगर नाकामा कार्यरत स्वास्थ्यकर्मी लगायतको क्षमता अभिब्रिधि गर्न धनगढीमा कार्यक्रम आयोजना गरिएको कुरा स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एबम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण बिशिस्ट व्यक्तित्वहरुले सिमा नाका व्यवस्थित तरिकाले संचालन गर्नुपर्ने, सबै व्यक्तिहरुको जांच अनिवार्य गर्नुपर्ने , नाकामा काम गर्ने कर्मचारी हरुको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशकले नमुना स्वास्थ्य प्रदेश बनाउने आफ्नो अभियानमा साथ दिन सबैलाई आग्रह समेत गर्नु भएको छ ।
Comments 1