Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 28, 2026
in News
Reading Time: 1 min read
A A
0
प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ फागुन २०८२

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ ।

उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो ।

निर्वाचनको व्यवस्थापकीयकार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरी उल्लेख गरेको छ।

आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि लेखी पठाइएको भट्टराईले जानकारी दिनुभयो । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न गराउन आयोगले नेपाल सरकार लगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ ।

मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका सरकारी संरचना र ती सरकारी संरचनामा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags: #government of NepalElection commission NepalPrimary health care.
SummarizeShare236ScanTweet147

Related articles

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.