काठमाडौं, ९ भाद्र २०७७
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश नम्बर ५ मा डा.प्रशान्त आचार्य र सुदुरपश्चिम प्रदेशमा संयोजक मा डा.निरज अर्याल लाई तोकिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आज लुम्बिनी प्रादेशिक अस्पतालका डा आचार्य लाई संयोजकमा तोकेको हो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा . आचार्य लाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा. प्रदिप ज्ञाबलीले जनाएका छन ।
उनले प्रदेश र स्थानियका गतिबिधी समेत परिषलाई उपलब्ध गराउन उल्लेख गरेका छन । परिषदले मुख्यमन्त्रीको कार्यलय सामाजीक बिकास मन्त्रालय आर्थिक मामिलातथा कानुन मन्त्रालय ,जिल्ला समन्वय समिति,बुटबल उपमहानगर र जिल्लाप्रशासन कार्यलय रुपन्देहीलाई समेत बोर्धाथ गरिएको छ ।
त्यस्तै गरेर सुदुरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सेती प्रादेशिक अस्पतालका डा. निरज अर्याललाई संयोजकमा तोकेको हो ।
१० औं तहका बरिष्ठ रेडियोलोजीष्ट डा. अर्यालले २०६१ साल देखि सुदुरपश्चिम प्रदेशमा होमिएर स्वास्थ्य सेवामा निकै ठुलो योगदान पुर्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा . आर्याललाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा. प्रदिप ज्ञाबलीले जनाएका छन ।
परिषदले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गोदावरी , सामाजीक बिकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , धनगढी उपमहानगर पालिका र जिल्ला प्रशासन कार्यालय कैलालीलाई समेत बोर्धाथ गरिएको छ ।
Comments 2