काठमाडौं, १५ कार्तिक २०७७
नेपाल औषधी उत्पादक सँघका उपाध्यक्ष सन्तोष बरालले आज निदान हस्पिटल को ICU मा कोभिड उपचारथ बिरामिलाइ B+ ब्लडको प्लाज्मा दान गर्नु भएको छ । उहाँलाई आज भन्दा साँढे दुई महिना अगाडी कोभिड भएको थियो र भदौ १५ गते कोभिड नेगेटिभ आएको थियो। उपाध्यक्ष बरालले आयुर्बेदिक औषधि खाएर घरमा नै होम आइसोलेसन मा बसि उपाचार गरेको जानकारी गराउनु भएको थियो।
उपाध्यक्ष बरालले ग्रान्डि हस्पिटलमा आफ्नो एन्टिबडि चेक गराउनु भएको हो। कोभिड बिरामिलाई दिन मिल्ने भएपछि आज रेडक्रस सोसाइटी सोल्टिमोड मै गई प्लाज्मा दान गर्नु भएको हो।