काठमाडौं , २२ असार
नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । विदेश उडान भर्दै आएको नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ । कोरोना संक्रमितमध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ ।
नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई आइसोलेसन रुममा सारिएको छ । अन्य सात जना क्वारेन्टिन रुममै छन् ।
दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसङ्ग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ । सोल्टीमा नेपाल एयरलाइन्सका मात्र कर्मचारी राखिएका कारण एक प्रकारको ‘सिल’ जस्तै अवस्थामा थियो ।
उडानबाट फर्किएपछि कर्मचारीलाई सिधै होटेलमा राखिने गरेको थियो । घर जानु अगडि कोरोना परीक्षण गरेर मात्र जानु पर्ने प्रावधान बनाइएको थियो । सोहीक्रममा कर्मचारीमा पिसिआर पोजेटिभ आएको हो ।नेपाल एयरलाइन्सका पाइलट र अन्य कर्मचारीहरुले कोरोनाको जोखिम मोलेर काम गरिरहेका छ्न । यस्तो विषम परिस्थितिमा पनि पाईलट जस्ता कर्मचारीहरु प्रतिको माया र सदभाव नगरेको स्वयम् पाइलट बताउदै आइरहेका छ। यस प्रती सरकार स्थानीय जनप्रतिनिधिहरुको ध्यान हुनु अत्यन्तै जरुरी छ।