काठमाडौं , १२ असार
नेपाल फिजियोथेरापी संघले कोभिड भएका बिरामीहरुका लागि गरिने फिजियोथेरापी निर्देशिका तयार पारेका छ्न।
विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस रोगको कारण स्वास्थ्यमा आउने विभिन्न प्रकारका समस्याहरुकोे फिजियोथेरापी सम्बन्धीत आधिकारिक निर्देशिका नेपाल फिजियोथेरापी संघले तयार गरी सम्पूर्ण फिजियोथेरापिष्ट सामू ल्याएको छ ।
यस निर्देशिका WCPT तथा WHO द्वारा प्रकाशित निर्देशिकामा आधारित रही नेपालको स्वास्थ्य संस्था, स्वास्थ्य स्थिति, स्वास्थ्य उपकरण तथा अन्य अवस्थाको आधारमा परिमार्जित गरी पुनः WCPT तथा WHO का पदाधिकारीहरू सँग परामर्श र स्वीकृति लिई तयार पारिएको हो ।
यस निर्देशिकालाई कुनै पनि स्वास्थय संस्था, अस्पताल, फिजियोथेरापिष्टहरुले अनलाईन वाट लिई प्रयोग गर्न सक्ने सकिने केन्द्रिय महासचिव तथा नेपाल फिजियोथेरापी संघका प्रवक्ता समिद कतिला श्रेष्ठले जानकारी दिनु भयो ।
https://drive.google.com/file/d/12o24vDwA-sELMChjHePCMuS1sZOnjsMC/view
 
			 
 
    	 
			
 

 










 



 
                
Comments 1