आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग

HNN Staff by HNN Staff
July 23, 2020
in News
A A
0
पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 डडेल्धुरा  : ८ साउन

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको छ ।ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको हो ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूर पश्चिम समाज दक्षिण कोरियाका तर्फबाट कोरियामा संकलित १० लाख रुपैयाको चेक समाजका कोषाध्यक्ष डिल्लीराज पनेरुले ह्युमानिटी फाउण्डेसनका उपाध्यक्ष पुष्कर ओझालाई हस्तान्तरण गरे ।उपाध्यक्ष ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज कोरियाबाट भएको सहयोग र सहकार्यको उच्च प्रशंसा गरे ।

उनले पीसीआर स्थापनाका लागि मात्र नभएर सुदूर पश्चिममा विपत्ति र समस्यामा सुदूर पश्चिम समाज दक्षिण कोरियाले गरेको सहयोग अत्यन्त प्रशंसनीय भएको बताए ।कार्यक्रममा बोल्दै समाजका कोषाध्यक्ष पनेरुले ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।उनले समाजले सुदूर पश्चिम विपत्ति तथा समस्यामा राहत तथा सहयोग प्रदान गर्नुका साथै आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुलाई समेत सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले डडेल्धुरामा पीसीआर स्थापनाको अभियानमा सहयोग गर्ने सबै संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिए ।जनस्तरबाट थालिएको अभियान यति चाडो सम्पन्न गरी जनतालाई सेवा दिन सफल भएकोमा संघका सचिव पनेरुले ह्युमानिटी फाउण्डेसन नेपाल, सुदूर पश्चिम समाज अमेरिका लगायत देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको बासिन्दाको कोरोना परीक्षण सहज भएको बताए ।उनले पीसीआर मेसिन स्थापनाका लागि देश विदेशबाट सहयोग गर्ने बिभिन्न व्यक्ति,व्यवसायी, संघसंस्था, विश्वका बिभिन्न मुुलुकमा रहेका सुदूर पश्चिमेली अगुवाहरु, सुदूर पश्चिम समाजलाई धन्यवाद दिए ।

समाजका अध्यक्ष बीर बहादुर पालको अध्यक्षमा बसेको बैठकले पीसीआर मेसिन स्थापनाका लागि डा. अग्नीराज कोईरालाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो ।सोही समितिले १० लाख रुपैया संकलन गरेको थियो । यो रकम सुदूर पश्चिम समाज दक्षिण कोरिया पूर्व प्रतिबद्धता अनुसार आज हस्तान्तरण गरेको हो ।ह्युमानिटी फाउण्डेस र सुदूर पश्चिमको अगुवाईमा डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापना भईसकेको छ ।

फाउण्डेसनले पीसीआर मेसिनका लागि आर्थिक संकलन अभियान पीसीआर मेसिन स्थापनापछि बन्द गरिसकेको छ ।यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउनेक्रम जारी रहेको फाण्डेसनले जनाएको छ ।सुदूर पश्चिम समाज दक्षिण कोरिया लगायत विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिम समाज, सुदूर पश्चिमेली अगुवाहरुको सहयोग र सहभागितामा जनस्तरबाट संकलित रकमबाट डडेल्धुरामा पीसीआर मेसिन स्थापना गरिएको हो । नेपालमा जनस्तरबाट पीसीआर स्थापना गरिएको यो पहिलो पटक हो ।

Tags: # PCR machineCorona Virus #Covid19Dadeldhura hospitalKirea samaj
Previous Post

संक्रमण घट्यो भन्दैमा हेलचक्र्याई गर्नु हुँदैन #Covid19

Next Post

Breast Thermography: Technology, Benefits, and Cancer Signs

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

5 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post

Breast Thermography: Technology, Benefits, and Cancer Signs

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...