काठमाडौं, ३० साउन २०७९
नेपाल नर्सिङ परिषद्को निमित्त रजिस्ट्रारको जिम्मेवारी शकुन्तला प्रजापतिले पाउनुभएको छ ।
यसअघिको रजिस्ट्रार रहनुभएकी विन्दा घिमिरेको साउन २० गते कार्यकाल सकिएको थियो ।
कार्यकाल सकिएपछि खाली रहेको पदमा नयाँ नियुक्ति नभएकाले प्रजापतिलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सचिवस्तरीय निर्णयबाट प्रजापतिलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल नर्सिङ परिषद्को रजिस्ट्रारको नियुक्ति स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने प्रावधान छ।