काठमाडौं, १३ चैत २०७८
नेपाल नर्सिङ परिषद्ले नर्सिङ र मिडवाइफरी लाइसेन्सका लागि शनिबार लिइएको परीक्षाको नतिजामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।
नर्सिङ तर्फको लाइसेन्सका लागि १ हजार ४ सय ८१ जनामा ८ सय ७ जना उत्तीर्ण भएका हुन् । मिडवाइफरीतर्फ तीन जनाले दिएको लाइसेन्स परीक्षामा शतप्रतशत उत्तीर्ण भएको उल्लेख गरिएको छ ।
परिषद्ले वर्षमा ३ पटक लाइसेन्सको लागि परीक्षा लिँदै आएको छ ।
उत्तीर्ण भएका परीक्षार्थीले अनलाइनमार्फत १२०० रुपैयाँ भुक्तानी गरेपछि प्रमाणपत्र प्राप्त गर्न सक्ने र यसका लागि काउन्सिललको वेवसाइट http://www.nnc.org.np/ मा हेर्न सकिने उल्लेख छ।