काठमाडौं, १६ माघ २०७८
नेपाल नर्सिङ परिषदले गत पुस मसान्तसम्म नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ गराउन आग्रह गरेको छ ।
परिषदले एक सूचना जारी गर्दै २०७८ पुस महिनाभित्र स्नातकोत्तर सकिसकेका नर्सहरुले आउँदो फागुन १ गतेदेखि चैत मसान्तभित्र सम्पूर्ण प्रमाणपत्रको स्कान कपि सहित अनलाईन दर्ता गर्न पनि भनेको छ ।
ओर्जिनल कपि स्पष्ट बुझिने गरी स्कान गरी आवश्यक कागजात अपलोड गर्न काउन्सिलले सूचना जारी गरेको छ ।
परिषदमा विशेषज्ञ दर्ता गराउनका लागि नेपाली नागरिकता दुवैतर्फको, नर्सिङ परिषदको नबीकरण अद्यावधिक भएको प्रमाणपत्र दुवैतिरको, स्नातक तह उत्तिण गरेको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, स्नातकोत्तर तह उत्तिर्ण गरेको ट्रान्सक्रिप्ट, मार्कसिट,स्नातकोत्तर तह उत्तिर्ण गरेको चारित्रिक प्रमाणपत्र, हालसालै खिचेको सेतो पृष्ठभूमी भएको फोटो र बैङ्क भौचर हुनुपर्नेछ।
नेपाल नर्सिङ परिषद्को सुचना
