ललितपुर, २३ पुष २०८०
झम्सिखेलको कबिर सन्त सत्संग मन्दिर स्थित नर्भिक फार्मेसीया प्रा.लि.ले गरेको एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविरबाट १०३ वर्षे वृद्दा लगायत १ सय ५० भन्दा बढी लाभान्वित भएका छन् ।
शनिबार ललितपुर महानगरपालिका वडा २ नर्भिक फार्मेसीया झम्सिखेलको आयोजनामा र नर्भिक इन्टरनेसनल हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त निशुल्क स्वास्थ्य शिविरमा नर्भिक इन्टरनेसनल हस्पिटलका छातीरोग विशेषज्ञ डा. सुरज गुप्ता, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. कामक्ष्या शाह, बालरोग विशेषज्ञ डा. यसा अमात्य, मुटुरोग विशेषज्ञ डा. शैलेन्द्र प्रसाद कुशुवहा, र स्त्रीरोग विशेषज्ञ डा. केनुशा देवि तिवारीले बिहान ११ बजे देखी २ बजे सम्म बिरामीहरुको स्वास्थ परिक्षण गर्नु दिनुभएको नर्भिक फार्मेसीयाका अध्यक्ष श्री गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त निशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई निशुल्क रुपमा ई.सी.जि., सुगरको जांच र औषधि बितरण गरिएको थियो ।